Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १९, २०८३
कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा सम्भावित बाढी तथा अन्य जलवायुजन्य विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि ३३० घरधुरीलाई रू ५ हजारका दरले नगद सहायता प्रदान गरिएको छ। जिल्लाको लालझाडी गाउँपालिकाका १५६ तथा पुनर्वास नगरपालिकाका १७४ गरी जम्मा ३३० संकटासन्न घरधुरीलाई बाढीको जोखिम न्यूनीकरणका लागि पूर्वकार्य अन्तर्गत नगद सहायता प्रदान गरिएको हो। गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण दुवै स्थानीय तहमा पूर्वनिर्धारित ट्रिगर पूरा भएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जानकारी गराई सम्भावित बाढी तथा अन्य जलवायुजन्य विपद्‌बाट हुने क्षति न्यूनीकरणका लागि यी घरधुरीलाई राहत एप मार्फत व्यक्तिगत खातामा नगद वितरण गरिएको हो।

मर्सिकोर नेपालद्वारा स्थानीय पालिकाहरूको समन्वयमा समुदाय स्तरमा बाढीजन्य सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वकार्यहरू प्रभावकारी रूपमा सञ्चालन गर्न समुदाय स्तरमा नगद सहायता प्रदान गरिएको हो। यस कार्यमा नेपाल राष्ट्रिय समाज कल्याण संघद्वारा सञ्चालित सान परियोजना तथा सेवक नेपालद्वारा सञ्चालित एमरेड परियोजनाको समन्वय र सहकार्य रहेको थियो।

पुनर्वास नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति ओमनाथ ढकालले गत बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण दोदा नदीको जलस्तर उच्च भई आसपासका समुदायहरू बाढी तथा डुबानको उच्च जोखिममा रहेकाले उनीहरूलाई पूर्वकार्यका लागि प्रति परिवार रू ५ हजारका दरले नगद सहायता प्रदान गरिएको बताउनुभयो। उहाँले यस नगद सहायताले समुदायका व्यक्तिहरूले आवश्यक खाद्यान्न, औषधि, पशुचौपायाको दाना, सुरक्षित स्थानमा बसाइँसराई तथा अन्य अत्यावश्यक तयारी गर्न सहजता हुने जानकारी दिनुभयो।

नगद सहायता प्राप्त गरेपछि पुनर्वास नगरपालिकाका स्थानीय बासिन्दा राम अवतार रानाले बाढी आउनु अगावै प्राप्त भएको यस नगद सहयोगले आफूहरूलाई खाद्यान्न तथा अन्य अत्यावश्यक सामग्रीको पूर्वतयारी गर्न र सुरक्षित स्थानमा जानका लागि ठूलो राहत मिलेको बताउनुभयो। संकटको घडीमा विपद् आउनु पूर्व नै हातमा रकम पर्दा क्षति कम गर्न र परिवारको जिउज्यान जोगाउन यसले एउटा बलियो सहाराको रूपमा काम गरेको भन्दै रानाले खुसी समेत व्यक्त गर्नुभयो।

स्थानीय सरकार र दातृ निकायको यस्तो पूर्वतयारी तथा आपसी समन्वयले विपद्को समयमा समुदायको सुरक्षा सुनिश्चित गर्नुका साथै जोखिम न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भीमदत्त नगरपालिकाका दुई वडामा भेटिभर रोपण
वातावरण

भीमदत्त नगरपालिकाका दुई वडामा भेटिभर रोपण

असार १६, २०८३
मनसुन सक्रिय, देशभर वर्षा; केही दिन मुसलधारे पानी र हावाहुरीको सम्भावना
वातावरण

मनसुन सक्रिय, देशभर वर्षा; केही दिन मुसलधारे पानी र हावाहुरीको सम्भावना

असार १५, २०८३
Private: भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण
वातावरण

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

असार १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

असार १९, २०८३
सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा

सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा

असार १९, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

लगातार दुई दिन बढेको शेयर बजार आज घट्यो

असार १९, २०८३
सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको

सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको

असार १९, २०८३
रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै

रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै

असार १९, २०८३
आज सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

असार १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व