नेपाली बजारमा आज सुनचाँदीको भाउ उल्लेख्य रूपमा बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेर २ लाख ९० हजार ७०० रुपैयाँ पुगेको छ।
सुनको भाउ हिजो पनि तोलामा ६ हजार २०० रुपैयाँले बढेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। लगातार दोस्रो दिनको वृद्धिसँगै सुनको मूल्य नयाँ उचाइमा पुगेको हो।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य तोलामा १६५ रुपैयाँले वृद्धि भई ४ हजार ६२५ रुपैयाँ पुगेको छ।
हिजो चाँदीको मूल्य पनि तोलामा १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो। लगातार दुई दिनको मूल्यवृद्धिले सुनसँगै चाँदीको बजार पनि उकालो लागेको छ।










Discussion about this post