Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विदेशी पर्यटकसँगै नेपालमा तारे होटल र रिसोर्टमा लगानी बढ्दै

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १९, २०८३
विदेशी पर्यटकसँगै नेपालमा तारे होटल र रिसोर्टमा लगानी बढ्दै
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा विदेशी पर्यटकको आगमन बढ्दै जाँदा तारेस्तरका होटल तथा रिसोर्टमा लगानी पनि उल्लेख्य रूपमा विस्तार भएको छ।

पर्यटन विभागका अनुसार हाल देशभर ३५० वटा तारेस्तरका होटल तथा रिसोर्ट सञ्चालनमा छन्। यो संख्या गत वर्षको ३३५ को तुलनामा बढेको हो। सञ्चालनमा रहेका होटलमध्ये २९ वटा पाँचतारे होटल रहेका छन्।

हाल सञ्चालनमा रहेका तारे होटल तथा रिसोर्टमा १६ हजार ६१३ कोठा र २६ हजार २८५ शय्याको व्यवस्था रहेको विभागले जनाएको छ। काठमाडौं, पोखरा, चितवन, लुम्बिनी, भैरहवा, नेपालगञ्ज र भद्रपुरलगायत प्रमुख पर्यटकीय गन्तव्यमा स्वदेशी तथा विदेशी लगानीमा नयाँ होटल तथा रिसोर्ट खुल्ने क्रम बढिरहेको छ।

पर्यटन विभागले अन्तर्राष्ट्रिय मापदण्ड र इको–टुरिजमलाई समेट्दै होटल वर्गीकरण मापदण्ड परिमार्जनको काम अन्तिम चरणमा पुगेको जनाएको छ। परिमार्जित मस्यौदा यही असार मसान्तभित्र मन्त्रालयमा बुझाइने तयारी गरिएको छ।

होटल सङ्घ नेपाल (हान) का अध्यक्ष विनायक शाहले तारे होटलको संख्या बढ्नु नेपालप्रति विदेशी पर्यटकको आकर्षण र लगानीकर्ताको विश्वास बढेको संकेत भएको बताउनुभयो। उहाँका अनुसार भारतीय पर्यटकको बढ्दो आगमन, पर्यटनमैत्री वातावरण र अन्तर्राष्ट्रिय विमानस्थलको प्रभावकारी सञ्चालनले पर्यटन उद्योग अझ विस्तार हुने अपेक्षा गरिएको छ।

होटल व्यवसायीहरूका अनुसार बढ्दो लगानीले रोजगारी सिर्जना, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउनुका साथै पर्यटन पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्‍याएको छ। अन्तर्राष्ट्रिय होटल ब्रान्डको प्रवेशसँगै नेपाली होटल उद्योगको प्रतिस्पर्धात्मक क्षमता पनि थप सुदृढ बन्दै गएको उनीहरूको भनाइ छ।

कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्र पुनः लयमा फर्किएको छ। सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ र सन् २०२५ मा ११ लाख ५८ हजार ४५९ विदेशी पर्यटक नेपाल आएका थिए। चालु वर्षको जुनसम्म पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिसकेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो
अर्थ/ब्यापार

लगातार दुई दिन बढेको शेयर बजार आज घट्यो

असार १९, २०८३
आज सुनचाँदीको भाउ बढ्यो
अर्थ/ब्यापार

सुनचाँदीको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

असार १९, २०८३
रसुवागढी नाकाको मितेरी पुलबाट गाडी सञ्चालन
अर्थ/ब्यापार

रसुवागढी नाकाको मितेरी पुलबाट गाडी सञ्चालन

असार १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

असार १९, २०८३
सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा

सिंहदरबारभित्र निजामती कर्मचारी अस्पतालको सेवा सञ्चालनमा

असार १९, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

लगातार दुई दिन बढेको शेयर बजार आज घट्यो

असार १९, २०८३
सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको

सरकारको १०० दिनमा जनताले महसुस हुने उपलब्धि कमजोर भएको : हर्क साम्पाङको

असार १९, २०८३
रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै

रास्वपाले सांसदलाई ‘पल्स आरएसपी’ डिजिटल प्लेटफर्मबारे जानकारी दिँदै

असार १९, २०८३
आज सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ तोलाको २ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार

असार १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व