Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १७, २०८३
दाइजो र सुनका गरगहनाबिनै वैवाहिक बन्धनमा बाँधिए भोजराज र सिर्जना
0
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरका भोजराज भट्ट र धनगढीकी सिर्जना भट्टले दाइजो तथा सुनका गरगहनाबिनै विवाह सम्पन्न गरेका छन्। कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ७ हल्दुखालका भोजराज र धनगढीकी सिर्जना भट्टको असार १५ गते विवाह भएको हो।

विवाहलाई भड्किलो प्रतिस्पर्धा र आर्थिक प्रदर्शनको माध्यम बनाउनुभन्दा आपसी विश्वास, समझदारी र मानवीय मूल्यमा आधारित बनाउनुपर्छ भन्ने सन्देश दिन यो कदम चालिएको बेहुलाका दाई गोकर्ण भट्टले बताउनुभयो। प्रेम, सम्मान, समानता र सामाजिक उत्तरदायित्वलाई जीवनको मुख्य आधार मान्दै नवदम्पतीले कुनै पनि प्रकारको दाइजो र सुनका गरगहना नलिई वैवाहिक बन्धनमा बाँधिने निर्णय गरेको उहाँको भनाइ रहेको छ।

दुलाहा भोजराज भट्टको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका भए पनि हाल उनी भीमदत्त नगरपालिका–७, हल्दुखाल, कञ्चनपुरमा बसोबास गर्दै आइरहनु भएको छ भने दुलही सिर्जना भट्टको पुर्ख्यौली घर पनि बैतडी नै भई हाल उहाँ धनगढीमा बसोबास गर्दै आउनुभएको छ।

धार्मिक परम्पराअनुसार सम्पन्न विवाह समारोहमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरू, समाजसेवी, शुभेच्छुक तथा आफन्तजनको उपस्थिति रहेको थियो। समारोहमा उपस्थित अतिथिहरूले नवदम्पतीलाई सफल दाम्पत्य जीवनको शुभकामना व्यक्त गर्दै यो दाइजोमुक्त विवाहको खुलेर प्रशंसा गरेका छन्।

समाजमा बढ्दो तडकभडक, दाइजो प्रथा र अनावश्यक खर्चको प्रवृत्तिबीच भोजराज र सिर्जनाले अपनाएको यो निर्णयलाई युवापुस्ताका लागि अनुकरणीय कदमका रूपमा हेरिएको छ। यसले दाइजोमुक्त समाज निर्माण, लैङ्गिक समानताको प्रवर्द्धन तथा सरल, सभ्य र जिम्मेवार विवाह संस्कृतिको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देश/राष्ट्रिय

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

कार्तिक ४, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कार्तिक ७, २०८३
साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

कार्तिक ७, २०८३
नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

कार्तिक ७, २०८३
मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

कार्तिक ७, २०८३
पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

कार्तिक ७, २०८३
राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

कार्तिक ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व