सुनचाँदीको भाउ आज घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार ४ सय रुपैयाँले घट्दै २ लाख ८२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको भाउ तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको थियो। पछिल्ला दिनहरूमा सुनको मूल्य लगातार उतारचढावमा देखिँदै आएको छ। मंगलबारदेखि घट्न थालेको सुनको भाउ शुक्रबार र आइतबार भने बढेको थियो।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ। चाँदी आज तोलाको ४ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी ४ हजार ३ सय २५ रुपैयाँमा कारोबार भएको थियो।

बजारमा अन्तर्राष्ट्रिय आर्थिक अवस्था र माग–आपूर्तिको प्रभावले मूल्यमा निरन्तर उतारचढाव देखिएको व्यवसायीहरूको भनाइ छ।










Discussion about this post