Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

शेख हसिनाले यसै वर्ष बङ्गलादेश फर्किने घोषणा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १५, २०८३
शेख हसिनाले यसै वर्ष बङ्गलादेश फर्किने घोषणा
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

बङ्गलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गर्नुभएको छ। साथै उहाँले आफू अनुपस्थितिमै सुनाइएको मृत्युदण्डको फैसलालाई “गैरकानुनी, असंवैधानिक र राजनीतिक प्रतिशोधबाट प्रेरित” भन्दै अस्वीकार गर्नुभएको छ।

सन् २०२४ को अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलनपछि सत्ता गुमाएर भारतमा शरण लिनु भएकी ७८ वर्षीया हसिनाले भारतीय सञ्चारमाध्यम एनडीटीभीसँगको अन्तर्वार्तामा सबै चुनौती र षड्यन्त्र पार गर्दै आफू बङ्गलादेश फर्किने बताउनुभयो।

उहाँले मृत्युदण्डको जोखिमबारे सोधिएको प्रश्नमा आफू मृत्युबाट नडराउने प्रतिक्रिया दिनुभयो।

गएको नोभेम्बरमा ढाकाको एक अदालतले सन् २०२४ को आन्दोलनका क्रममा हत्या गराउन उक्साएको, आदेश दिएको तथा हिंसा रोक्न असफल भएको आरोपमा हसिनालाई अनुपस्थितिमै दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको थियो।

हसिनाले उक्त फैसला अस्वीकार गर्दै न्यायपालिकालाई आफ्नो पार्टी अवामी लिग समाप्त पार्न प्रयोग गरिएको राजनीतिक औजारको रूपमा प्रयोग गरिएको आरोप लगाउनुभएको छ। उहाँका अनुसार आफ्नो स्वदेश फिर्ती व्यक्तिगत महत्वाकाङ्क्षाका लागि नभई लोकतन्त्र, कानुनी शासन र सन् १९७१ को स्वतन्त्रता सङ्ग्रामको भावनालाई पुनःस्थापित गर्नका लागि हो।

उहाँले अवामी लिगमाथिको प्रतिबन्ध हटाउन, पार्टी नेतामाथिका मुद्दा फिर्ता लिन, राजनीतिक बन्दी रिहा गर्न तथा शान्तिपूर्ण राजनीतिक वातावरण सुनिश्चित गर्न वर्तमान सरकारसँग आग्रह गर्नुभएको छ।

यसैबीच प्रधानमन्त्री तारिक रहमान नेतृत्वको सरकारले भने हसिनाको शासनकालका कथित अपराधबारे जवाफदेहिता सुनिश्चित गर्न कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति
अन्तर्राष्ट्रिय राजनीति

नेपाल–भारत सीमामा ‘क्रस बोर्डर’ जग्गाको नापजाँच गर्ने सहमति

भदौ २, २०८३
बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे
अन्तर्राष्ट्रिय राजनीति

बेलायतमा राजनीतिक हलचल: प्रधानमन्त्री स्टार्मरले राजीनामा घोषणा गरे

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता
अन्तर्राष्ट्रिय राजनीति

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरमा मनाइयो विश्व मानवीय सहायता दिवस

कञ्चनपुरमा मनाइयो विश्व मानवीय सहायता दिवस

भदौ ३, २०८३
नाडा अटो शोको तयारी तीव्र, २ लाख दर्शक आउने अपेक्षा

नाडा अटो शोको तयारी तीव्र, २ लाख दर्शक आउने अपेक्षा

भदौ ३, २०८३
साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

साउनमा ७० हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा गए

भदौ ३, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

भदौ ३, २०८३
मनसुन सक्रियः यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

देशभर मौसम बदली, पाँच प्रदेशमा भारी वर्षाको जोखिम

भदौ ३, २०८३
कांग्रेसभित्र नयाँ शक्ति समीकरण, देउवाको साथ खड्कालाई कि कोइरालालाई?

कांग्रेसभित्र नयाँ शक्ति समीकरण, देउवाको साथ खड्कालाई कि कोइरालालाई?

भदौ ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व