Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १५, २०८३
Private: भीमदत्तमा सामुदायिक विपद् व्यवस्थापन समितिलाई अभिमुखीकरण, विपद् पूर्वतयारीका सामग्री वितरण
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा सामुदायिक विपद् व्यवस्थापन समितिका पदाधिकारीहरूको लागि १ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ। भीमदत्त नगरपालिकाको आयोजना तथा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपालद्वारा सञ्चालित ‘सुदृढ’ परियोजनाको प्राविधिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रममा भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले स्थानीय स्तरमा विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि सामुदायिक विपद् व्यवस्थापन समितिहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले विपद्को समयमा समुदाय नै पहिलो उद्धारकर्ता हुने भएकाले यस्ता अभिमुखीकरण कार्यक्रमले पदाधिकारीहरूको क्षमता विकास भई कार्यक्षेत्रमा थप प्रभावकारिता आउने बताउनुभयो।

त्यस्तै भीमदत्त नगरपालिका वन, वातावरण, फोहोरमैला तथा विपद् व्यवस्थापन समितिका संयोजक प्रकाश थापाले पालिकाभित्र वातावरणीय चुनौती र विपद्को जोखिम बढ्दै गएकाले यसप्रति सबै सरोकारवाला सजग हुनुपर्नेमा जोड दिनुभयो। उहाँले स्थानीय तह र समुदायको सहकार्यबाट मात्रै विपद् व्यवस्थापनलाई दिगो र प्रभावकारी बनाउन सकिने बताउनुभयो।

त्यसै गरी सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले आगामी दिनमा पनि पालिका र समुदायको साझेदारीमा विपद् पूर्वकार्य र जोखिम न्यूनीकरणका कार्यक्रमहरूलाई निरन्तरता दिइने बताउनुभयो। समुदायको नेतृत्व बलियो भए मात्रै आपत्कालीन अवस्थामा हुने क्षतिलाई न्यूनीकरण गर्न सकिने हुनाले आगामी दिनमा पनि समितिहरूको क्षमता विकासका लागि प्राविधिक सहयोगलाई निरन्तरता दिइने उहाँले बताउनुभयो।

कार्यक्रममा २१ वटा सामुदायिक विपद् व्यवस्थापन समितिहरूलाई आपत्कालीन पूर्वतयारी स्वरूप प्रतिसमिति २ थान टर्च र २ थान त्रिपाल वितरण गरिएको भीमदत्त नगरपालिकाका विपद् सम्पर्क व्यक्ति मनोज प्रसाद भट्टले बताउनुभयो। उहाँका अनुसार नगरपालिकाले वितरण गरेको उक्त सामग्रीहरूले विपद्को समयमा तत्काल उद्धार र राहत कार्यमा प्रारम्भिक सहयोग पुर्‍याउनेछ।

अभिमुखीकरण कार्यक्रममा सहजकर्ता प्रभु नीति पन्तले विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र समितिहरूको काम, कर्तव्य तथा जिम्मेवारीका विषयमा प्रस्तुतीकरण दिनुभएको थियो। कार्यक्रममा विभिन्न वडाका सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मनसुन सक्रिय, देशभर वर्षा; केही दिन मुसलधारे पानी र हावाहुरीको सम्भावना
वातावरण

मनसुन सक्रिय, देशभर वर्षा; केही दिन मुसलधारे पानी र हावाहुरीको सम्भावना

असार १५, २०८३
आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
वातावरण

आगामी ३ दिन चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

असार १४, २०८३
मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु
वातावरण

मछेली नदीको कटान नियन्त्रणका लागि खल्लगोठमा जैविक तटबन्ध निर्माण सुरु

असार १४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पार्टी फुटाउने कुनै रहर छैन : झलनाथ खनाल

पार्टी फुटाउने कुनै रहर छैन : झलनाथ खनाल

असार १५, २०८३
विश्वकप ‘राउन्ड अफ ३२’ मा आज ब्राजिल–जापान आमनेसामने

विश्वकप ‘राउन्ड अफ ३२’ मा आज ब्राजिल–जापान आमनेसामने

असार १५, २०८३
मधेशमा असार १५ सम्म ४.३६ प्रतिशत मात्रै धान रोपाइँ

मधेशमा असार १५ सम्म ४.३६ प्रतिशत मात्रै धान रोपाइँ

असार १५, २०८३
सांसदहरू जिम्मेवार, अध्ययनशील र प्रविधिमैत्री बन्न सभामुख अर्यालको आग्रह

सांसदहरू जिम्मेवार, अध्ययनशील र प्रविधिमैत्री बन्न सभामुख अर्यालको आग्रह

असार १५, २०८३
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

असार १५, २०८३
भरतपुर अस्पताल देशकै उत्कृष्ट

भरतपुर अस्पताल देशकै उत्कृष्ट

असार १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व