कञ्चनपुर । आज सुनचाँदीको भाउमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो पनि सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले घटेको थियो । यसरी पछिल्ला दुई दिनमा सुनको मूल्यमा लगातार गिरावट देखिएको छ ।
त्यसैगरी, आज चाँदीको भाउ पनि तोलामा १०५ रुपैयाँले घटेको छ । आज चाँदी ४ हजार ४८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजो चाँदीको भाउ तोलाको ४ हजार ५९० रुपैयाँ थियो ।










Discussion about this post