कञ्चनपुर । कञ्चनपुरमा शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ । दोधारा चाँदनी नगरपालिका -८ जर्काटोलमा जलसतह बढ्दै गएपछि डुबानको जोखिम कायमै रहेको भन्दै रातिमा जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गरी पाँच परिवारलाई सुरक्षित आश्रयस्थलमा सारिएको छ ।
ट्वाल्ट्वाले टोल सामुदायिक विपद् व्यवस्थापन समितिले पाँच परिवारलाई पूर्णरूपमा तथा अन्य परिवारका गर्भवती र अपाङ्गता भएका व्यक्तिलाई जनज्योति स्कुलमा रहेको सुरक्षित आश्रयस्थलमा ल्याएर राखेको हो ।
यसैगरी भीमदत्त नगरपालिका -१३ स्थित नमुना बस्तीमा केशव दमाईको चार जनाको परिवारलाई तत्कालका लागि नमुना बस्तीमै रहेको खाली घरमा सारिएको छ । सोनापुर टोल विपद् व्यवस्थापन समिति र वडा कार्यालयले परिवारका लागि त्रिपाल, टर्च तथा खाद्यान्नको व्यवस्था गरेको नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) का पूर्वसूचना तथा पूर्वकार्य अधिकृत भोजराज भट्टले बताउनुभयो ।










Discussion about this post