आज नेपाली बजारमा सुनचाँदीको भाउ फेरि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ हजार रुपैयाँले बढेर कारोबार भइरहेको छ।
आज सुनको भाउ बढेर तोलाको २ लाख ९८ हजार २ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ।
त्यस्तै, आज चाँदीको भाउ पनि तोलामा १ सय २० रुपैयाँले बढेको छ। चाँदी आज बढेर तोलाको ५ हजार १५ रुपैयाँ मा कारोबार भइरहेको छ।
यसअघि हिजो पनि सुनचाँदीको भाउ बढेको थियो। हिजो सुनको भाउ तोलामा १ हजार २ सय रुपैयाँ र चाँदीको भाउ तोलामा ५५ रुपैयाँले वृद्धि भएको थियो।
बजार विश्लेषकहरूका अनुसार पछिल्ला दिनहरूमा अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण सुनचाँदीको मूल्य निरन्तर उकालो लागिरहेको छ।










Discussion about this post