असार महिनाका लागि अधिकांश वाणिज्य बैंकहरूले व्यक्तिगत निक्षेप (मुद्दती) को ब्याजदर स्थिर राखेका छन्।
सञ्चालनमा रहेका २० मध्ये १७ वाणिज्य बैंकले सार्वजनिक गरेको ब्याजदर विवरणअनुसार ११ बैंकले व्यक्तिगत निक्षेपमा दिने अधिकतम ब्याजदर यथावत राखेका छन् भने ६ बैंकले ब्याजदर घटाएका छन्।
ब्याजदर घटाउने बैंकहरूमा Laxmi Sunrise Bank, NIC Asia Bank, Standard Chartered Bank Nepal, Prabhu Bank, Himalayan Bank Limited र NMB Bank रहेका छन्।
असार महिनामा वाणिज्य बैंकहरूबाट व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ४.७५ प्रतिशत ब्याज पाइने भएको छ। सबैभन्दा बढी ब्याजदर दिने बैंकका रूपमा NMB Bank र Rastriya Banijya Bank रहेका छन्।
जेठ महिनामा औसत ब्याजदर ४.३४ प्रतिशत रहेकोमा असारमा यो घटेर ४.२७ प्रतिशतमा झरेको छ। सबैभन्दा कम ब्याजदर ३.९५ प्रतिशत Standard Chartered Bank Nepal ले दिएको छ।
यता Nabil Bank, Kumari Bank र Nepal SBI Bank ले असार महिनाको ब्याजदर विवरण सार्वजनिक गरेका छैनन्।










Discussion about this post