कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले वृद्धि भएको हो।
आज सुन तोलाको २ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार सुनको भाउ तोलाको २ लाख ९२ हजार रुपैयाँ रहेको थियो।
त्यस्तै, चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेको छ। शुक्रबार तोलाको ४ हजार ८४० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ८९५ रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।










Discussion about this post