Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २५, २०८३
दार्चुलाकी सपनाको आर्थिक अभावमा उपचारमा समस्या, सहयोग गरिदिन अपिल
0
SHARES
107
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ३, पास्ती (औताले) स्थायी घर भएकी २७ वर्षीया सपना टेर धामी अचानक गम्भीर बिरामी परेर काठमाडौँको ग्रीन सिटी अस्पतालमा जीवन र मरणको दोसाँधमा लडिरहनुभएको छ।

उहाँलाई अचानक मस्तिष्क रक्तस्राव (Brain Hemorrhage) हुनुका साथै निमोनिया (Severe Pneumonia) भएपछि गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएको हो। हाल उहाँको अस्पतालको सघन उपचार कक्ष (ICU) मा विशेष टोलीद्वारा उपचार भइरहेको छ।

कलिलो उमेरमै अचानक परेको यो ठूलो बज्रपातका कारण सपनाको परिवार यतिखेर गम्भीर मानसिक र आर्थिक सङ्कटमा परेको छ। अस्पतालको औषधी र दैनिक उपचार खर्च निकै महँगो भएकाले कमजोर आर्थिक अवस्था भएको परिवारलाई उपचार खर्च जुटाउन निकै सकस भइरहेको छ।

सपनाका आफन्त राजन टेरले दिएको जानकारी अनुसार डाक्टरहरूले सपनाको स्वास्थ्यमा सुधार आउने र उपचार सम्भव रहेको बताएका छन्। तर, अस्पतालको दैनिक खर्च र औषधी उपचारको रकम परिवारको पहुँचभन्दा बाहिर गइसकेको उहाँले बताउनुभयो। आफन्त टेरले भन्नुभयो, “हामीले परिवारको तर्फबाट भएसम्मको आफ्नो सम्पूर्ण बचत र सरसापट गरेर उपचारमा खर्च गरिसक्यौँ। अब अगाडिको क्रिटिकल उपचारका लागि थप रकम जुटाउन सक्ने अवस्था बिल्कुलै रहेन। तपाईं-हाम्रो सानो सहयोगले एउटा चेलीको ज्यान बच्न सक्छ, त्यसैले देश-विदेशमा रहनुहुने सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सहयोग गरिदिनुहुन म विनम्र अनुरोध गर्दछु।”

कलिलो उमेरमै ओछ्यान परेकी सपनालाई बचाउन र नयाँ जीवन दिएर घर फर्काउनका लागि परिवारले देश तथा विदेशमा रहेका सम्पूर्ण मनकारी, सहृदयी र दाता महानुभावहरूसमक्ष आर्थिक सहयोगको पुकार गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन
देश/राष्ट्रिय

चाडपर्वमा सीमा सुरक्षामा कडाइ, झापामा ड्रोन र तालिमप्राप्त कुकुर परिचालन

कार्तिक ४, २०८३
सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कञ्चनपुरका दिपेन भट्टले हासिल गरे अन्तर्राष्ट्रिय CFA चार्टर

कार्तिक ७, २०८३
साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, तापक्रम घट्ने

कार्तिक ७, २०८३
नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

नेकपाको राष्ट्रिय जागरण अभियान भोलिदेखि, सरकारका कामकारबाहीमाथि खबरदारी गर्ने

कार्तिक ७, २०८३
मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

मधेशमा प्रदेश भाषा ऐन जारी गर्न उच्च अदालतको आदेश, भाषिक अधिकार कार्यान्वयनमा जोड

कार्तिक ७, २०८३
पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

पीएचपीमा साइबर सुरक्षा कमजोरी भेटिएपछि बैंकहरू सतर्क, प्रणाली सुरक्षित बनाउने काम जारी

कार्तिक ७, २०८३
राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

राष्ट्र बैंकले वेबसाइट सुरक्षा जोखिमबारे बैंक तथा वित्तीय संस्थालाई गरायो सतर्क

कार्तिक ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व