Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्व वातावरण दिवसको अवसरमा वेदकोटमा चित्रकला र वृक्षारोपण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २२, २०८३
विश्व वातावरण दिवसको अवसरमा वेदकोटमा चित्रकला र वृक्षारोपण
0
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विश्व वातावरण दिवसको अवसरमा कञ्चनपुरको वेदकोट नगरपालिकामा जलवायु सचेतना जगाउने उद्देश्यले नगरस्तरीय चित्रकला प्रतियोगिता तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

“समृद्ध भविष्यको आधार: जलवायु एवम् प्रकृतिमैत्री विकास” भन्ने मूल नाराका साथ वेदकोट नगरपालिकाको आयोजना, नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र डीसीए नेपालको र वेदकोट नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालको समन्वय तथा सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

वातावरण संरक्षण र पर्यावरणको महत्त्वलाई कलामार्फत प्रस्तुत गर्न आयोजित प्रतियोगितामा नगरभित्रका विभिन्न विद्यालयका १९ जना विद्यार्थीहरूले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा बैजनाथ माध्यमिक विद्यालय गैलनदीकी छात्रा अनुष्का फर्सवानले प्रथम स्थान हासिल गर्दै नगद दुई हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ।

त्यसैगरी बैजनाथ माध्यमिक विद्यालय जडैपानीकी आरजु रानाले दोस्रो स्थान प्राप्त गर्दै नगद पन्ध्र सय रुपैयाँ र घटाल माध्यमिक विद्यालय सुडाकी श्रृष्टी भाटले तेस्रो स्थान हासिल गर्दै नगद पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नुभएको छ। प्रतियोगितामा सहभागी हुनुभएका अन्य सम्पूर्ण विद्यार्थीहरूलाई प्रोत्साहन स्वरूप सहभागीता प्रमाणपत्र प्रदान गरिएको थियो।

वेदकोट नगरपालिकाका नगर उपप्रमुख तुलसी जोशीले वातावरण जोगाउने जिम्मेवारी नयाँ पुस्ताको काँधमा रहेको बताउँदै विद्यालयस्तरबाटै यस्ता सचेतनामूलक कार्यक्रम गरिनु सराहनीय रहेको उल्लेख गर्नुभयो। त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत हरि दत्त भट्टले विकास र प्रकृति बीचको सन्तुलन मिलाउन वृक्षारोपण र पर्यावरण संरक्षणको ठूलो महत्व रहेको कुरामा जोड दिनुभयो।

नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का संयोजक राज कुमार सुनारले वातावरण दिवसको नारालाई व्यवहारमा उतार्न र जलवायु अनुकूलनका कार्यहरूमा युवा तथा विद्यार्थीहरूको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो।कार्यक्रमको अवसरमा नगरपालिका परिसर तथा वरपरका क्षेत्रमा वृक्षारोपण समेत गरिएको थियो।

कार्यक्रमको सञ्चालन वेदकोट नगरपालिकाका विपद् सम्पर्क व्यक्ति सुनिल चन्दले गर्नुभएको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी
फ्ल्यास हेडिङ

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चार हिमताल अति उच्च जोखिममा
फ्ल्यास हेडिङ

चार हिमताल अति उच्च जोखिममा

भदौ २९, २०८३
महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा
फ्ल्यास हेडिङ

महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा

भदौ २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व