Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विश्व वातावरण दिवसको अवसरमा रेडियन्ट माध्यमिक विद्यालयद्वारा सरसफाई तथा वृक्षारोपण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २२, २०८३
विश्व वातावरण दिवसको अवसरमा रेडियन्ट माध्यमिक विद्यालयद्वारा सरसफाई तथा वृक्षारोपण
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगर स्थित रेडियन्ट माध्यमिक विद्यालयले ५४ औँ विश्व वातावरण दिवसको अवसर पारेर विद्यालय क्षेत्र तथा महेन्द्रनगर बजार क्षेत्रमा रहेका धार्मिक स्थलहरुको सरसफाई गर्नुका साथै विद्यालय परिसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

वातावरण संरक्षणप्रतिको सामूहिक दायित्व बोध गराउने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।विद्यालयका प्रिन्सिपल सूर्य बहादुर चन्दको नेतृत्वमा भएको मन्दिर सरसफाई कार्यक्रममा विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक शिक्षक लोकेन्द्र भट्टसहित विद्यालयमा क्रियाशिल रहेका ‘इको क्लब’ र ‘बाल क्लब’ मा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

सरसफाई अभियान अन्तर्गत विद्यार्थीहरूको टोलीले महेन्द्रनगर बजार क्षेत्रमा रहेका प्रसिद्ध धार्मिक स्थलहरू बैजनाथ धाम मन्दिर र शिवनाथ धाम मन्दिर परिसरको सरसफाई गरेका छन् । धार्मिक र ऐतिहासिक महत्व बोकेका उक्त स्थलहरूको सरसफाई गरिँदा स्थानीय स्तरमा समेत पर्यावरण सफा राख्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह भएको विद्यालयका प्रधानाध्यापक सूर्य बहादुर चन्दले बताउनुभयो । उहाँका अनुसार विद्यार्थीहरूलाई सैद्धान्तिक ज्ञान मात्रै नभई वातावरण संरक्षणको महत्व र यसको प्रभावबारे जानकारी र अनुभव प्रदान गर्नका लागि विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा सरसफाई र वृक्षारोपण कार्यक्रममा सहभागि गराईएको बताउनुभयो । साथै उहाँले यस प्रकारका कार्यक्रमहरु मार्फत विद्यार्थीहरूमा वातावरणीय चेतनाको विकास गराउने र विद्यालय परिसरलाई हराभरा, स्वच्छ एवं आकर्षक बनाउन सहयोग पुग्ने बताउनुभयो ।

दिवसकै अवसरमा विद्यार्थीहरूले विद्यालय परिसरमा पनि सरसफाई कार्यक्रम गर्नुका साथै आ-आफ्नो घरबाट ल्याएका विभिन्न प्रजातिका फलफूल तथा बोटबिरुवाहरू विद्यालय प्राङ्गणमा रोपेर वृक्षारोपण समेत गरेका छन् । यस्ता रचनात्मक कार्यहरूको माध्यमद्वारा विद्यार्थीहरुले सानै उमेरदेखि पर्यावरण संरक्षणको महत्त्व बुझ्ने र विद्यालयको वातावरणलाई अझ बढी आकर्षक र वातावरणमैत्री बनाउन मद्दत पुग्ने अतिरिक्त क्रियाकलाप संयोजक लोकेन्द्र भट्टले बताउनुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी
फ्ल्यास हेडिङ

घरपझोङमा ४९ बुँदे जलवायु घोषणापत्र जारी

अशोज १, २०८३
चार हिमताल अति उच्च जोखिममा
फ्ल्यास हेडिङ

चार हिमताल अति उच्च जोखिममा

भदौ २९, २०८३
महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा
फ्ल्यास हेडिङ

महासभामा प्रधानमन्त्री शाहले उठाउनेछन् जलवायु न्यायको मुद्दा

भदौ २९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३
बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

बाढी प्रभावितलाई रोजगारी र आयआर्जनमा जोड्ने बागमती सरकारको योजना

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व