Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कांग्रेसमा ३ लाख ७५ हजार क्रियाशील सदस्यको मात्रै डिजिटल अद्यावधिक

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ २१, २०८३
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै
0
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नेपाली कांग्रेसमा हालसम्म ३ लाख ७५ हजार क्रियाशील सदस्यले मात्रै आफ्नो सदस्यता डिजिटल रूपमा अद्यावधिक गरेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले सदस्यता नवीकरण गरेका कार्यकर्तालाई अनिवार्य रूपमा डिजिटल अद्यावधिक गर्न आग्रह गरेको थियो। सोही अभियानअन्तर्गत हालसम्म ३ लाख ७५ हजार सदस्यले प्रक्रिया पूरा गरेका हुन्।

समितिका सदस्य तथा सहमहामन्त्री प्रकाश स्नेही रसाइलीका अनुसार यो समाचार तयार पार्दासम्म ३ लाख ७५ हजार सदस्यले अद्यावधिक गरिसकेका छन् भने साँझसम्म यो संख्या ४ लाख पुग्ने अनुमान गरिएको छ। नेपाली कांग्रेसको १४औँ महाधिवेशनका बेला पार्टीमा ८ लाख ७० हजारभन्दा बढी क्रियाशील सदस्य थिए। अहिले डिजिटल अद्यावधिक गर्ने सदस्यको संख्या उल्लेखनीय रूपमा घटेको देखिएको छ।

सहमहामन्त्री रसाइलीका अनुसार अघिल्लो महाधिवेशनमा करिब २ लाख सरकारी कर्मचारी, शिक्षक तथा अन्य पेशागत क्षेत्रका व्यक्तिहरू सदस्य थिए। तर सरकारले सरकारी कर्मचारी र शिक्षकलाई कुनै पनि राजनीतिक दलको सदस्य बन्न नपाउने व्यवस्था गरेपछि स्वाभाविक रूपमा सदस्य संख्या घटेको हो। त्यसबाहेक पनि उल्लेख्य संख्यामा सदस्यहरूले आफ्नो सदस्यता अद्यावधिक नगरेको समितिको भनाइ छ।

गत पुस अन्तिम साता सम्पन्न विशेष महाधिवेशनपछि कांग्रेसभित्र नेतृत्व र संगठनात्मक विषयमा विवाद जारी छ। विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको थियो। सोही कार्यसमितिले गठन गरेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले १५औँ महाधिवेशनका लागि सदस्यता नवीकरण गरेका सबै सदस्यले डिजिटल अद्यावधिक गर्नुपर्ने व्यवस्था लागू गरेको छ। तर निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले उक्त प्रक्रियाप्रति असहमति जनाउँदै अद्यावधिक नगर्ने अडान कायम राखेको बताइएको छ।

विशेष महाधिवेशनअघि नै करिब ४ लाख ५० हजार सदस्यले क्रियाशील सदस्यता नवीकरण गरेका थिए। समितिका अनुसार तीमध्ये हालसम्म ३ लाख ७५ हजार सदस्यले मात्रै डिजिटल अद्यावधिक प्रक्रिया पूरा गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल
फ्ल्यास हेडिङ

भोटेकोशी बाढी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोट पुगे राष्ट्रपति पौडेल

भदौ २२, २०८३
बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा
फ्ल्यास हेडिङ

बाढीले बगाएको रसुवागढी सीमामा पुनः फहराइयो नेपालको राष्ट्रिय झण्डा

भदौ २१, २०८३
‘चाडपर्वमा मात्र होइन, वर्षैभरि बजार अनुगमन गरौँ’– सांसद कार्की
मुख्य समाचार

‘चाडपर्वमा मात्र होइन, वर्षैभरि बजार अनुगमन गरौँ’– सांसद कार्की

भदौ २०, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

अशोज २, २०८३
सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

अशोज २, २०८३
बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

अशोज २, २०८३
प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

अशोज २, २०८३
प्रि–ओपन सेसनमा नेप्से २.४६ अंकले उकालो

प्रि–ओपन सेसनमा नेप्से २.४६ अंकले उकालो

अशोज २, २०८३
अर्थमन्त्री वाग्ले र सीतारमणबीच आर्थिक विषयमा छलफल

अर्थमन्त्री वाग्ले र सीतारमणबीच आर्थिक विषयमा छलफल

अशोज २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व