Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

वेदकोटको सुन्दरपुरमा ‘पुरुषोत्तम ज्ञान महायज्ञ’ जारी: स्वामी रमेशानन्द सरस्वतीद्वारा गौदान र १०८ थान गीता ग्रन्थ वितरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ १४, २०८३
वेदकोटको सुन्दरपुरमा ‘पुरुषोत्तम ज्ञान महायज्ञ’ जारी: स्वामी रमेशानन्द सरस्वतीद्वारा गौदान र १०८ थान गीता ग्रन्थ वितरण
0
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर–९ सुन्दरपुरस्थित बैजनाथ शिव मन्दिरमा जेठ ३ गतेदेखि सञ्चालित ऐतिहासिक ‘पुरुषोत्तम ज्ञान महायज्ञ’ (पुरुषोत्तममास महात्म्यम) अन्तर्गत बुधबार विशेष धार्मिक अनुष्ठानहरू सम्पन्न भएका छन्। महायज्ञ मूल आयोजक समितिको आयोजना तथा बैजनाथ धार्मिक सेवा समिति सुन्दरपुर, नयाँगाउँको सहकार्यमा सुरु भएको उक्त महायज्ञ आगामी जेठ ३१ गतेसम्म सञ्चालन हुनेछ।

व्यासाचार्य दुर्गा पन्तको संरक्षकत्व तथा स्वामी महाराज रमेशानन्द सरस्वतीको विशेष पहलमा आयोजना गरिएको महायज्ञमा चर्चित कथावाचक आचार्य घनश्याम लेखकले पुरुषोत्तममास महात्म्यमको सङ्गीतमय कथा प्रवचन गरिरहनुभएको छ।महायज्ञ अन्तर्गत आज जेठ १३ गते एकादशीको शुभ अवसरमा विशेष अनुष्ठानको आयोजना गरिएको थियो। उक्त अवसरमा सन्त स्वामी महाराज रमेशानन्द सरस्वतीद्वारा उपस्थित ब्राह्मण तथा श्रद्धालु भक्तजनहरूलाई फलफूल, प्रसाद वितरण गर्नुका साथै बृहत् भोजन ग्रहण (भण्डारा) को आयोजना गराइएको थियो। सोही अवसरमा स्वामी महाराजले विधिपूर्वक गौदान (गाईको दान) गरी पुण्य प्राप्ति गर्नुभएको छ भने महायज्ञमा उपस्थित भक्तजनहरूलाई १०८ थान ‘कोमल गीता’ धार्मिक ग्रन्थ समेत निःशुल्क प्रदान गर्नुभएको छ।

इन्द्रेणी कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज भट्टका अनुसार महायज्ञ सुरु भएदेखि नै सुन्दरपुर र आसपासका क्षेत्रबाट ठूलो संख्यामा श्रद्धालु भक्तजनहरूको उपस्थिति रहँदै आएको छ। अध्यक्ष भट्टले यस किसिमको धार्मिक अनुष्ठानले समाजमा आध्यात्मिक चेतना जगाउन र भाइचाराको सम्बन्ध मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो।

महायज्ञ मूल आयोजक समितिका संयोजक मनोज प्रसाद जोशीले महायज्ञलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न स्थानीय स्तरबाट उत्साहजनक सहयोग प्राप्त भइरहेको बताउनुभयो। उहाँले दैनिक रूपमा हुने पूजाआजा र कथा श्रवणका लागि आवश्यक सम्पूर्ण व्यवस्थापन चुस्त राखिएको जानकारी दिनुभयो। त्यस्तै बैजनाथ भजन कृतन मण्डलीका अध्यक्ष नवराज भट्टको पनि महत्त्वपूर्ण भूमिका रहेको उहाँले बताउनुभयो।

यस्तो छ महायज्ञको दैनिक तालिका

महायज्ञमा दैनिक रूपमा बिहान ६:०० देखि ८:०० बजेसम्म नित्य पूजाआजा हुने गरेको छ। त्यसैगरी, दिउँसो र बेलुकी दुई चरणमा कथा प्रवचन भइरहेको छ, जस अन्तर्गत बिहान ९:३० देखि ११:०० बजेसम्म र साँझ ३:१५ देखि ६:१५ बजेसम्म आचार्य घनश्याम लेखकले कथा वाचन गरिरहनुभएको छ।

महायज्ञको मुख्य आकर्षणको रूपमा रहेको भजनकीर्तन तथा धार्मिक झाँकी प्रदर्शन दैनिक रूपमा साँझ ८:०० बजेदेखि राति ११:०० बजेसम्म सञ्चालन भइरहेको छ। झाँकी तथा भजनकीर्तनका लागि कलाकारहरू निखिल जोशी, वसन्त पन्त, शेर बहादुर बोहरा, रमेश चौधरी र आयुश कुँवर लगायतको टोलीले आफ्नो उत्कृष्ट प्रस्तुति दिइरहेको आयोजकले जनाएको छ।

सुन्दरपुर क्षेत्रमा लामो समयपछि आयोजना गरिएको यस बृहत् धार्मिक अनुष्ठानले समग्र वेदकोट नगर क्षेत्रमा छुट्टै आध्यात्मिक रौनक थपेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मेयर्स फोरमले विद्यालयमा आइतवारको बिदा फिर्ता गर्न अनुरोध
देश/राष्ट्रिय

मेयर्स फोरमले विद्यालयमा आइतवारको बिदा फिर्ता गर्न अनुरोध

जेष्ठ १४, २०८३
मानव अधिकार सुनिश्चितताको माग गर्दै माइतीघरमा जेनजी अभियान
देश/राष्ट्रिय

मानव अधिकार सुनिश्चितताको माग गर्दै माइतीघरमा जेनजी अभियान

जेष्ठ १३, २०८३
गायक गणेश सिंहको ‘गलि परानको’ सार्वजनिक (भिडियो सहित)
देश/राष्ट्रिय

गायक गणेश सिंहको ‘गलि परानको’ सार्वजनिक (भिडियो सहित)

जेष्ठ ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

बाढीको पूर्वतयारी स्वरूप महाकाली तटीय क्षेत्रमा संयुक्त कृत्रिम नमूना अभ्यास

बाढीको पूर्वतयारी स्वरूप महाकाली तटीय क्षेत्रमा संयुक्त कृत्रिम नमूना अभ्यास

जेष्ठ १४, २०८३
एशियाली खेलकुद छनोट इन्डोनेशियामाथि जित नेपाल सेमिफाइनलमा

एशियाली खेलकुद छनोट इन्डोनेशियामाथि जित नेपाल सेमिफाइनलमा

जेष्ठ १४, २०८३
मेयर्स फोरमले विद्यालयमा आइतवारको बिदा फिर्ता गर्न अनुरोध

मेयर्स फोरमले विद्यालयमा आइतवारको बिदा फिर्ता गर्न अनुरोध

जेष्ठ १४, २०८३
एक खर्ब ८१ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

एक खर्ब ८१ अर्ब बराबरको पेट्रोलियम पदार्थ आयात

जेष्ठ १४, २०८३
उपराष्ट्रपति यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता

उपराष्ट्रपति यादव र चिनियाँ राजदूत चाङ माओमिङबीच भेटवार्ता

जेष्ठ १४, २०८३
आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।

आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।

जेष्ठ १४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व