Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारा चाँदनीमा ‘तातो हावाको लहर कार्ययोजना’ मस्यौदामाथि सुझाव संकलन

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
जेष्ठ ६, २०८३
दोधारा चाँदनीमा ‘तातो हावाको लहर कार्ययोजना’ मस्यौदामाथि सुझाव संकलन
0
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा तातो हावाको लहरको कार्ययोजना (HEAT ACTION PLAN-2083) मस्यौदा माथी सुझाव संकलन कार्यशाला सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र मर्सीकोर नेपालको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील परियोजना’ (सिआरसी) अन्तर्गत कार्यशालाको आयोजना गरिएको हो।विशेष गरी गर्मीका कारण प्रभावित हुने विपन्न परिवार, बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरी कार्ययोजना कार्यान्वयन गरिने जनाइएको छ।

नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोकारवाला सबैको सहभागिता रहेको थियो।नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) का कार्यकारी निर्देशक अशोक विक्रम जैरुले आफूहरू दोधारा चाँदनी नगरपालिकामा तातो हावा (लु) बाट बच्न हिट एक्सन प्लान बनाउन छलफलमा रहेको र यसको ड्राफ्ट केहीदिन अगाडि तयार भएको जानकारी दिनुभयो। उक्त ड्राफ्टमा सरोकारवालाहरूको सल्लाह अनुसार केही थपघट गर्नुपर्ने र त्यसकै आधारमा नगरपालिकामा एउटा व्यवस्थित कार्ययोजना बनोस् भन्ने प्रमुख उद्देश्य रहेको उहाँले बताउनुभयो। नेपाल सरकारको विपद् व्यवस्थापनको नीति अनुसार स्थानीय पालिकाले आफ्नो क्षेत्र अन्तर्गत विभिन्न किसिमका विपद् र त्यसबाट जोगिन एक्सन प्लान बनाउनुपर्ने भएकाले सोही अनुरुप तातो हावाको लहरबाट बच्ने कार्ययोजना निर्माणको कार्य अघि बढाइएको उहाँको भनाइ रहेको छ।

त्यस्तै, समुदायका लागि जलवायु उत्थानशील (सिआरसी) परियोजनाका संयोजक महेश घिमिरेले दोधारा चाँदनी नगरपालिकामा तातो हावाको लहर सम्बन्धी कार्ययोजनाका बारेमा विस्तृत छलफल गरिएको बताउनुभयो। सिआरसी परियोजना अन्तर्गत आफूहरूले विपदको प्रतिकार्यमा निरन्तर कार्य गर्दै आइरहेको उल्लेख गर्दै उहाँले यो कार्ययोजनाले स्थानीय स्तरमा विपद् जोखिम न्यूनीकरण र पूर्वतयारी प्रणालीलाई अझ परिष्कृत र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रमका अध्यक्ष एवम् दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले भौगोलिक र वातावरणीय कारणले यो क्षेत्र तातो हावाको लहर (लु) को जोखिममा रहेको चर्चा गर्दै प्राप्त सुझावहरूलाई समेटेर यस कार्ययोजनालाई छिट्टै अन्तिम रूप दिई कार्यान्वयनमा लगिने बताउनुभयो। उहाँले नगरभित्रका नागरिक, विशेष गरी विपन्न वर्ग, बालबालिका र ज्येष्ठ नागरिकलाई गर्मीको प्रकोपबाट बचाउन र नगरको विपद् व्यवस्थापन क्षमतालाई मजबुत बनाउन यो कार्ययोजना कोशेढुङ्गा सावित हुने बताउनुभयो।

उक्त कार्यशालाबाट कार्ययोजनालाई अन्तिम रूप दिन र कार्यान्वयन प्रक्रियालाई अगाडि बढाउनका लागि एक ५ सदस्यीय कार्यदल समेत गठन गरिएको छ। कार्यक्रममा नगर उपप्रमुख गंगा जोशी, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न वडाका वडाध्यक्षहरू र विषयगत शाखाका प्रमुखहरूको समेत उपस्थिती रहेको थियो।

प्राविधिक विश्लेषण अनुसार यदि यस क्षेत्रको तापक्रम लगातार ३ दिनसम्म ३८.७ डिग्री सेल्सियस वा सोभन्दा बढी पुग्ने पूर्वानुमान भएमा त्यसलाई ‘हिट वेभ’ (तातो हावाको लहर) मानिने र सोही अनुसारका आपतकालीन सुरक्षाका उपायहरू अपनाइने व्यवस्था कार्ययोजनामा गरिएको छ।

यस कार्यक्रमले स्थानीय स्तरमा आपतकालीन व्यवस्थापन प्रणालीलाई थप बलियो बनाउने अपेक्षा गरिएको छ भने विशेष गरी गर्मीका कारण प्रभावित हुने विपन्न परिवार, बालबालिका र जेष्ठ नागरिकलाई लक्षित गरी यो कार्ययोजना कार्यान्वयन गरिने जनाइएको छ। गुड अर्थ कन्सल्टेन्सीको प्राविधिक सहयोगमा एक्सन प्लान बनिरहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

मनसुन बाहिरिने समयमा फेरि सक्रिय
फ्ल्यास हेडिङ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३
कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड
वातावरण

कञ्चनपुरमा आपत्कालीन कार्य सञ्चालन केन्द्रहरूको समन्वयात्मक बैठक: मनसुन पूर्वतयारी र पूर्वकार्यमा जोड

असार ३२, २०८३
दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

कञ्चनपुरको दैजीमा श्रावणी श्रीमद्भागवत महायज्ञ र श्रृङ्गारिक महार्ती हुने

साउन २१, २०८३
दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

दोधारा चाँदनी नगरपालिकामा बैंक तथा वित्तीय संस्थासँग समन्वय बैठक सम्पन्न

साउन २१, २०८३
शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

दुई दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

साउन २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

साउन २०, २०८३
निगमको निर्णय : आजदेखि १४.२ केजीका पूर्ण ग्यास सिलिन्डर बजारमा

ग्यास अभाव हटाउन आयल निगमले बनायो ‘क्विक रेस्पोन्स टिम’

साउन २०, २०८३
तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

साउन २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व