Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

फरक-फरक निर्देशनले विद्यालयमा अलमल, विद्यार्थीको पढाइ प्रभावित

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १०, २०८३
नयाँ शैक्षिक सत्र वैशाख १५ गतेदेखि सुरु गर्ने सरकारको निर्णय
0
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – नयाँ शैक्षिक सत्र सुरु गर्ने समय, भर्ना अभियान र साप्ताहिक बिदाबारे संघीय सरकार र स्थानीय तहबीच देखिएको मतभेदका कारण देशभरका विद्यालयमा अन्योल सिर्जना भएको छ । सरकारका निर्णय र निर्देशनका कारण अभिभावकदेखि विद्यार्थी, शिक्षक र विद्यालय सञ्चालकसम्म अन्योलमा परेका छन् ।

संघीय सरकारले वैशाख १५ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने, १५ देखि २१ गतेसम्म भर्ना अभियान सञ्चालन गर्ने र वैशाख २१ गतेदेखि मात्र पठनपाठन सुरु गर्ने निर्णय गरेको छ । साथै शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने व्यवस्था पनि लागू गर्न निर्देशन दिइएको छ । तर, यो निर्णय कार्यान्वयनमा देशभर एकरूपता देखिएको छैन ।

संविधानअनुसार विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहे पनि संघीय सरकारको नीतिगत निर्देशनसँग तालमेल नमिल्दा समस्या देखिएको हो । धेरै स्थानीय तहले आफ्नै शैक्षिक क्यालेण्डरअनुसार भर्ना र कक्षा सञ्चालन गरिरहेका छन् । कतिपयले वैशाख २ गतेदेखि नै भर्ना अभियान सुरु गरेका छन् भने केहीले वैशाख ७ गतेबाटै पठनपाठन थालेका छन् ।

यसैबीच, संस्थागत विद्यालयहरूले विभिन्न शीर्षकमा शुल्क लिइरहेको भन्दै अभिभावकहरूले गुनासो गरेका छन् । सरकारको निर्देशन विपरीत भर्ना शुल्क र अन्य शुल्क उठाइएको उनीहरूको आरोप छ । तर निजी विद्यालयसँग सम्बन्धित संघसंस्थाहरूले भने शुल्क कानुनअनुसार नै लिइएको दाबी गरेका छन् । उनीहरूका अनुसार शिक्षक, कर्मचारी, पूर्वाधार र सञ्चालन खर्च धान्न शुल्क अपरिहार्य छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयनमा जोड दिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यालयहरूलाई नयाँ शैक्षिक सत्रअनुसार योजना, कार्यतालिका र शिक्षक क्षमता विकास कार्यक्रम तयार गर्न निर्देशन दिएको छ ।

यस्तै, केन्द्रले विद्यार्थीहरूलाई अतिरिक्त बोझ हुने पाठ्यपुस्तक प्रयोग नगर्न र विद्यालयभित्र पोसाक तथा स्टेशनरी बिक्री–वितरण नगर्न पनि निर्देशन दिएको छ ।

नगरपालिका संघ र गाउँपालिका महासंघले भने स्थानीय तहलाई आफ्नै आवश्यकता र परिवेशअनुसार भर्ना तथा पठनपाठन सञ्चालन गर्न आग्रह गरेका छन् । उनीहरूले संविधानले दिएको अधिकारअनुसार शैक्षिक गतिविधि अघि बढाउन सर्कुलर जारी गरेका छन् ।

संघ र स्थानीय तहका फरकफरक निर्णयका कारण अभिभावकहरू सबैभन्दा बढी प्रभावित भएका छन् । भर्ना कहिले गर्ने र कक्षा कहिलेदेखि सुरु हुन्छ भन्ने स्पष्ट जानकारी नहुँदा उनीहरू अन्योलमा परेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
मुख्य समाचार

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

साउन २०, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
फ्ल्यास हेडिङ

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो
मुख्य समाचार

रोमानियामा रेल दुर्घटना हुँदा दुई नेपालीको ज्यान गयो

साउन १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

शेयर बजारमा लगातार दोस्रो दिन सुधार, नेप्से ८.७८ अङ्कले बढ्यो

दुई दिनको गिरावटपछि नेप्सेमा सामान्य सुधार

साउन २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय

साउन २०, २०८३
निगमको निर्णय : आजदेखि १४.२ केजीका पूर्ण ग्यास सिलिन्डर बजारमा

ग्यास अभाव हटाउन आयल निगमले बनायो ‘क्विक रेस्पोन्स टिम’

साउन २०, २०८३
तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत, विद्यार्थीका लागि शुल्क घटाइयो

साउन २०, २०८३
सरकारले जनविश्वास गुमाउँदै गएको कांग्रेसको आरोप

सरकारले जनविश्वास गुमाउँदै गएको कांग्रेसको आरोप

साउन २०, २०८३
राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंक नियामक मात्र होइन, आर्थिक रूपान्तरणको सहयात्री बन्नुपर्छ : अर्थमन्त्री स्वर्णीम वाग्ले

साउन २०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व