Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
बैशाख १०, २०८३
साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
0
SHARES
35
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको वेदकोट, भीमदत्त र दोधारा चाँदनी नगरपालिकाका साना तथा लघुउद्यमीहरूका लागि बजार प्रणालीको विकास सम्बन्धी एकदिने तालिम प्रदान गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) र डिसिए नेपालद्वारा संयुक्त रूपमा सञ्चालित ‘सुदृढ परियोजना’ अन्तर्गत यो तालिम आयोजना गरिएको हो। विशेषगरी भीमदत्त र दोधारा चाँदनी नगरपालिकामा सन् २०२२ देखि परियोजनामार्फत सहयोग प्राप्त गर्दै आएका उद्यमीहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको हो।

तालिममा कृषि, सामुदायिक वनमा आधारित उद्यम, इन्टरलक ब्लक उद्योग, होमस्टे प्रवर्द्धन, अचार उद्योग, मौरी पालन र दुना टपरी उत्पादन जस्ता विभिन्न क्षेत्रमा आबद्ध व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई आफ्नो उत्पादनलाई कसरी थप प्रतिस्पर्धी बनाउने, बजारको माग र बदलिँदो वातावरण अनुसार उत्पादनमा विविधीकरण गर्ने तथा दीर्घकालीन रूपमा व्यावसायिक मुनाफा वृद्धि गर्ने विषयमा व्यवहारिक ज्ञान प्रदान गरिएको थियो।

सुदृढ परियोजनाका संयोजक राजकुमार सुनारले साना व्यवसायीहरूको व्यावसायिक क्षमता विकास गरी उनीहरूलाई तालिम बनाउन र स्थानीय अर्थतन्त्रमा टेवा पुर्‍याउन तालिम आयोजना गरिएको बताउनुभयो। उहाँले स्थानीय स्तरमा साना लगानीबाट सुरु भएका व्यवसायहरूलाई दिगो र मर्यादित बनाउनु नै परियोजनाको मुख्य लक्ष्य रहेको उल्लेख गर्दै यस किसिमको प्रशिक्षणले उद्यमीहरूको आत्मविश्वास बढाउनुका साथै व्यवसाय विस्तारमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

तालिममा व्यावसायिक वृद्धिका साथै जोखिम व्यवस्थापनको पक्षलाई पनि विशेष प्राथमिकता दिइएको छ। विभिन्न समयमा आउने प्राकृतिक तथा अन्य विपद्हरूबाट व्यवसायमा हुन सक्ने सम्भावित क्षतिलाई कम गर्न र लगानी जोगाउन व्यवसायीहरूलाई बीमाको महत्त्व र प्रक्रिया सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ। लघुउद्यमीहरूले आफ्नो व्यवसायलाई बीमा प्रणालीमा आवद्ध गराउन सके विपद्को समयमा ठूलो आर्थिक संकटबाट बच्न सकिने विषयमा सहभागीहरूलाई सचेत गराइएको थियो।

तालिममा सहभागी उद्यमीहरूले यस किसिमको व्यवहारिक र समयसापेक्ष प्रशिक्षणबाट आफूहरू निकै लाभान्वित भएको बताएका छन्। सहभागी उद्यमीहरूले अब आफ्ना उत्पादनलाई व्यवस्थित रूपमा बजारसम्म लैजाने र विपद् जोखिमबाट बच्न बीमा प्रक्रियालाई पनि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक
वातावरण

भीमदत्त नगरपालिकामा आपतकालीन पूर्वतयारी तथा प्रतिकार्य योजना अध्यावधिक बैठक

असार २, २०८३
दोधारा चाँदनीमा बाढी पूर्वकार्य सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन
वातावरण

दोधारा चाँदनीमा बाढी पूर्वकार्य सम्बन्धी सचेतनामूलक सडक नाटक प्रदर्शन

असार २, २०८३
लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने
वातावरण

लुम्बिनी र सुदूरपश्चिमका तराईमा अझै केही दिन तातो दिन कायम रहने

असार १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व