Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

मनिषा भट्ट by मनिषा भट्ट
माघ १३, २०८२
बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । वेदकोट नगरपालिका वडा नम्बर–२ जडेपानीस्थित श्री बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस समारोह सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेशबहादुर सिंहको अध्यक्षता तथा वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहराको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा वेदकोट नगरपालिकाकी उपप्रमुख तुलसी जोशी विशिष्ट अतिथिरहनुभएको थियो।

समारोहका अवसरमा विद्यालयमा विज्ञान प्रदर्शनी तथा फुड फेस्टिवल समेत आयोजना गरिएको थियो। विद्यार्थीहरूले तयार पारेका विज्ञानसम्बन्धी सामग्रीहरूले अभिभावक तथा अतिथिहरूको ध्यान आकर्षित गरेको थियो भने फुड फेस्टिवलले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

कार्यक्रममा विद्यालयका उत्कृष्ट विद्यार्थीहरू, कक्षा १० र १२ मा उत्कृष्ट नतिजा ल्याउन सफल शिक्षकहरू, उत्कृष्ट अभिभावक, दीर्घ सेवा गर्ने शिक्षकहरू, साथै विद्यालयका पूर्व प्रधानाध्यापक र पूर्व शिक्षकहरूलाई सम्मान गरिएको थियो। यसका साथै समाजसेवी तथा बुद्धिजीवी व्यक्तित्वहरूलाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ।

समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो, जसमा विद्यार्थीहरूको नृत्य, गीत तथा प्रस्तुतीहरूले कार्यक्रमलाई जीवन्त बनाएको थियो।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक नवराज पन्तले विद्यालयको वार्षिक प्रतिवेदन तथा आगामी योजनाहरू प्रस्तुत गर्नुभयो। त्यस्तै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरेशबहादुर सिंहले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक संरचना विकास तथा भावी नीतिहरू बारे धारणा राख्दै सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।

प्रमुख अतिथि नगर प्रमुख भोजराज बोहराले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै नगरपालिकाबाट शिक्षा क्षेत्रलाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उपप्रमुख तुलसी जोशीले सामुदायिक विद्यालयको सुदृढीकरणमा अभिभावक, शिक्षक र स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।

विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षा, अनुशासित वातावरण र विद्यार्थीमैत्री कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

भायानेटको वाईफाई ६ र ViaTv अफर
देश/राष्ट्रिय

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री
देश/राष्ट्रिय

भैंसी पालनबाट लोभलाग्दो आम्दानी, दैनिक ३५ लिटर दूध बिक्री

जेष्ठ २७, २०८३
लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित
society

लुम्बिनी युवा मञ्चको अध्यक्षमा पहिलो पटक तेस्रोलिंगी प्रतिनिधि वर्षा ठकुरी निर्वाचित

जेष्ठ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भायानेटको वाईफाई ६ र ViaTv अफर

भायानेटको वाईफाई ६ र ViaTv अफर

जेष्ठ ३०, २०८३
रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

रास्वपा सुदूरपश्चिमको प्रथम प्रदेश अधिवेशन: सभापति पदमा चन्दको उम्मेदवारी घोषणा

जेष्ठ ३०, २०८३
कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

कञ्चनपुरको भीमदत्त -१३ मा बाढीमा आधारित कृत्रिम नमुना अभ्यास

जेष्ठ ३०, २०८३
यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

वायुसेवा निगमको सञ्चालक समिति नियुक्ति सर्वोच्चद्वारा बदर

जेष्ठ ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व