Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ पुष २९, मंगलवार २०:४७
कञ्चनपुरको वेदकोट नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न
0
SHARES
164
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ कञ्चनपुरको वेदकोट नगरपालिकामा छैठौँ वेदकोट नगरस्तरीय तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता सम्पन्न भएको छ।

विद्यार्थीहरूबीच विभिन्न खेलकुद विधामा प्रतिस्पर्धा गराई उनीहरूमा लुकेको खेल प्रतिभा छनोट गर्ने उद्देश्यले आयोजित उक्त प्रतियोगितामा २६ स्वर्ण पदक जित्दै बैजनाथ माध्यमिक विद्यालय जडेपानी प्रथम हुन सफल भएको छ। बैजनाथ माविले लगातार तेस्रो वर्ष प्रथम स्थान हासिल गरेको छ।

त्यसैगरी, ६ स्वर्णसहित भुवनेश्वरी माध्यमिक विद्यालय सिसैया द्वितीय र ५ स्वर्णसहित उदयदेव माध्यमिक विद्यालय सुन्दरपुर तृतीय भएका छन्।

वेदकोट नगरपालिका खेलकुद समितिका अध्यक्ष प्रजापति भट्टको सभाध्यक्षतामा सम्पन्न प्रतियोगिताको समापन कार्यक्रममा नगर प्रमुख भोजराज बोहरा प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बोहराले खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकास मात्र नभई राष्ट्रको नाम विश्वभर फैलाउन मद्दत पुऱ्याउने बताउनुभयो। उहाँले नगरपालिकाले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै आगामी दिनमा उत्कृष्ट खेलाडीहरूलाई प्रोत्साहित गर्न र खेल पूर्वाधार विकासमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। नगर प्रमुख बोहराले विद्यार्थीहरू नै राष्ट्रका गहना भएकोले खेलकुदलाई अनुशासन र सफलताको माध्यम बनाउन आग्रह गर्दै विजयी खेलाडीहरूलाई बधाई तथा शुभकामना समेत दिनुभयो

भुवनेश्वरी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रवीण बोगटीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुऱ्याउने निर्णायक, शिक्षक र सहयोगी सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो।

कार्यक्रममा वडा सदस्य, कार्यपालिका सदस्य, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। नगरपालिकाले यस प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई छनोट गरी जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि नगरको तर्फबाट आधिकारिक टोली तयार गरिने जनाएको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
खेलकुद

खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट

२०८२ पुष २९, मंगलवार २०:४७
शिवनाथमा सम्पन्न राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन माविलाई
खेलकुद

शिवनाथमा सम्पन्न राष्ट्रपति शिल्ड प्रतियोगिताको उपाधि नागार्जुन माविलाई

२०८२ पुष २९, मंगलवार २०:४७
लगातार ४ पटक रनिङ शिल्ड विजेता सिद्धनाथ अमर माविलाई वडा अध्यक्ष थापाको सहयोग
खेलकुद

लगातार ४ पटक रनिङ शिल्ड विजेता सिद्धनाथ अमर माविलाई वडा अध्यक्ष थापाको सहयोग

२०८२ पुष २९, मंगलवार २०:४७

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

२०८२ पुष २९, मंगलवार २०:४७
९३ हजारभन्दा बढी नयाँ मतदाता थपिए

प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा नमुना मतपत्र पुगे

२०८२ पुष २९, मंगलवार २०:४७
निषेधको राजनितिले थिचोलेको नेपाल !

निषेधको राजनितिले थिचोलेको नेपाल !

२०८२ पुष २९, मंगलवार २०:४७
बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८२ पुष २९, मंगलवार २०:४७
जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

२०८२ पुष २९, मंगलवार २०:४७
बैतडीकी आरती महराको अवस्था गम्भीर, आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक अभाव झेल्दै बैतडीकी महरा: सहयोगका लागि परिवारको पुकार

२०८२ पुष २९, मंगलवार २०:४७

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व