Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

हिन्दु परम्परामा गंगाको महत्व र बैतडीको ईश्वरी गंगा तीर्थधाम

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस २३, २०८२
हिन्दु परम्परामा गंगाको महत्व र बैतडीको ईश्वरी गंगा तीर्थधाम
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

बैतडी । हिन्दु धर्म सम्प्रदायमा गंगालाई अत्यन्तै पवित्र र मोक्षदायिनी नदीका रूपमा लिइन्छ। गंगा स्नान तथा गंगाको पूजा–अर्चनाले जन्मजन्मान्तरका पाप नष्ट भई आत्मिक शुद्धि प्राप्त हुने धार्मिक विश्वास रहिआएको छ। यही कारणले हिन्दु परम्परामा गंगाको महत्वलाई वेद–पुराणदेखि लोक संस्कृतिसम्म मुक्तकण्ठले प्रशंसा गरिएको पाइन्छ।

हिन्दु सम्प्रदायमा नित्य गंगा स्नानलाई विशेष महत्वका साथ हेरिन्छ। यद्यपि भौगोलिक कठिनाइ तथा विभिन्न असहजताका कारण सबैले दैनिक गंगा स्नान गर्न नसके पनि हिन्दु संस्कार, संस्कृति तथा धार्मिक अनुष्ठानहरूमा गंगा स्नान अनिवार्यजस्तै मानिन्छ। डोट्याली लोक समुदायमा समेत विशेष पूजा, मनोकामना पूर्ति तथा धार्मिक लाभका लागि गंगाजल ल्याई मन्दिरको गर्भगृहमा रहेका प्राकृतिक शिला तथा मूर्तिमा जल चढाउने परम्परा रहिआएको छ।

विशेषगरी श्रावण र माघ महिनामा गंगा स्नान तथा अभिषेकको अत्यधिक धार्मिक महत्व रहेको छ। राज्याभिषेक, वास्तु पूजा, गृहप्रवेश जस्ता संस्कारहरूमा गंगाजलको प्रयोग गरिन्छ। नातक र सुतक शुद्धिका लागि गंगा स्नान गर्ने परम्परा पनि हिन्दु समाजमा प्रचलित छ। मृत्युसंस्कारमा समेत गंगाजलको विशेष महत्व रहेको छ।

अस्तु विसर्जन, चिना विसर्जन, वार्षिक श्राद्ध, तीर्थ श्राद्ध तथा पितृ मुक्तिका लागि गंगा स्नान र पिण्डदानलाई अनिवार्य धार्मिक कर्मका रूपमा लिइन्छ। धार्मिक मात्र होइन, वैज्ञानिक दृष्टिले पनि गंगाको महत्व उत्तिकै रहेको मानिन्छ। जल बिना जीवन सम्भव नहुने भएकाले गंगाको महत्व जीवनसँग प्रत्यक्ष जोडिएको छ।

हिन्दु समुदायमा हरिद्वार, पुष्कर, गया, गंगोत्री, गोदावरी, बद्रीनाथ, रामेश्वरम जस्ता प्रसिद्ध तीर्थस्थलहरूमा स्नानका लागि लाखौँ श्रद्धालु पुग्ने गर्छन्। यस्ता तीर्थस्थलहरू भारतमा मात्र नभई नेपालमा पनि प्रशस्त छन्। बागमती, देवघाट, गोदावरी, मूलपानी, महाकालीलगायत नदीहरूमा गंगा स्नान गर्ने परम्परा रहिआएको छ।

नेपालका यस्ता महत्वपूर्ण तीर्थस्थलहरूमध्ये बैतडी जिल्लामा अवस्थित ईश्वरी गंगा तीर्थधाम विशेष धार्मिक महत्व बोकेको स्थल हो। बैतडी सदरमुकामको तलपट्टि रहेको ईश्वरी गंगालाई परापूर्वकालदेखि नै पवित्र तीर्थस्थलका रूपमा मानिँदै आएको छ। यहाँ पहाडको शुद्ध जल बग्ने भएकाले विभिन्न धार्मिक अवसरमा श्रद्धालुहरू स्नान तथा पूजापाठका लागि ईश्वरी गंगामा जाने गर्दछन्।

सुन्दर प्राकृतिक परिवेशमा अवस्थित यस तीर्थस्थलमा शिवस्वरूप जगन्नाथको गुफा समेत रहेको छ। ईश्वरी गंगामा स्नान गर्नाले जन्मजन्मान्तरका पाप नाश हुने जनविश्वास रहेको छ। यहाँको जल आसपासका देवी–देवताका पूजामा प्रयोग गरिने गरिएको छ भने विभिन्न शुद्धिकर्मका लागि पनि यही गंगाको जल उपयोग गरिन्छ। विशेषगरी श्रावण र माघ महिनामा यहाँ स्नान गर्ने भक्तजनहरूको ठूलो भीड लाग्ने गर्दछ।

पहाडको ओरालो बग्ने ईश्वरी गंगा, त्यसको किनारमा अवस्थित भव्य मन्दिर र गुफाले यस स्थानको धार्मिक तथा प्राकृतिक सौन्दर्यलाई अझै आकर्षक बनाएको छ। यहाँ विवाह, व्रतबन्धजस्ता संस्कारहरू पनि सम्पन्न गरिन्छ। सङ्क्रान्ति, पूर्णिमा, नवरात्रि, शिवरात्रि जस्ता पर्वहरूमा विशेष पूजा–अर्चना हुने गर्दछ भने रुद्री, अभिषेक, नवाह, सप्ताह, शिवपुराणजस्ता धार्मिक अनुष्ठानहरू समेत आयोजना गरिन्छन्।

धर्म केवल आस्था मात्र होइन, राष्ट्रिय पहिचान पनि हो। धार्मिक कर्मकाण्ड गर्दा आफ्नै क्षेत्रका तीर्थस्थलहरूको उपयोग गर्दै धार्मिक लाभ लिन सक्नु आवश्यक छ। हाम्रै गाउँ–घरमा रहेका यस्ता पवित्र तीर्थस्थल हुँदाहुँदै धार्मिक प्रयोजनका लागि टाढा जानु अनिवार्य छैन। त्यसैले ईश्वरी गंगा जस्ता ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका तीर्थस्थलहरूको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार गरी धार्मिकसँगै पर्यटकीय लाभ लिनु आजको आवश्यकता र हाम्रो सामूहिक कर्तव्य हो।

(स्थानीय उद्धव सिहंले दिएको जानकारीको आधारमा यो समाचार तयार गरिएको हो।)

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन
देश/राष्ट्रिय

लक्ष्मीप्रसाद पौडेलको लघुकथा कृति ‘प्रश्नोत्तर’ विमोचन

भदौ ८, २०८३
कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र
देश/राष्ट्रिय

कञ्चनपुरकी बसन्ती सुनारको मुख्यमन्त्री भट्टलाई खुला–पत्र

भदौ ६, २०८३
दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग
देश/राष्ट्रिय

दोदा जलाधार संरक्षणका लागि सुदूरपश्चिम प्रदेश सरकारसमक्ष १० बुँदे माग

भदौ २, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा

भदौ १०, २०८३
मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

मोहन आचार्यको आग्रह : बाढीपीडितको तत्काल उद्धारमा जुटौँ

भदौ १०, २०८३
भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भोटेकोशी बाढीपीडितको उद्धारमा सरकार र प्रतिपक्ष सँगसँगै

भदौ १०, २०८३
बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

बाढी प्रभावित क्षेत्रमा सेना परिचालन, हेलिकोप्टरसहित उद्धार टोली खटाइयो

भदौ १०, २०८३
रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

रसुवामा बाढीको वितण्डा, त्रिशूली किनारका बासिन्दालाई सुरक्षित रहन आग्रह

भदौ १०, २०८३
देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

देशभर बदली, चार प्रदेशमा वर्षाको सम्भावना

भदौ १०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व