Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नुपर्छः प्रदेश प्रमुख भट्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ पुष १४, सोमबार २०:२०
ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नुपर्छः प्रदेश प्रमुख भट्ट
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १४ पुस ।गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले ल्होछार तमु जातिको सामाजिक तथा सांस्कृतिक पक्षको प्रतिनिधित्व गर्ने मुख्य पर्व भएकाले यसको मौलिकता जोगाइराख्नुपर्नेमा जोड दिनुभएको छ ।

तमु धिं नेपालले महान पर्व तमु ल्होछारको अवसर पारेर पोखरामा आयोजना गरेको तमु ल्होछार महोत्सव २०८२ मा प्रमुख अतिथि भट्टले सर्प वर्ग (सप्री ल्हो) समाप्त भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा सबैमा शुभकामना पनि व्यक्त गर्नुभयो ।

‘सांस्कृतिक परम्पराको धनी मानिने नेपालका तमु जातिले सदियौंदेखि आफ्ना रीति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै आइरहेका छन् । भाषा, संस्कृति, भेषभूषा र संस्कार आआफ्नो जातीय पहिचान र मौलिक सभ्यताका आधार स्तम्भ हुन् । यस्ता विविधताको संरक्षण, प्रवद्र्धन र विकास गर्नु राज्यको दायित्व पनि हो ।’ प्रदेश प्रमुख भट्टले भन्नुभयो ।

नेपालको ग्रामीण पर्यटन प्रवर्द्धनमार्फत् आर्थिक र सामाजिक रूपमा समृद्ध मुलुक निर्माण गर्न तमु समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय रहेको बताउनुभयो ।

‘तमु जाती नेपालको गण्डक क्षेत्रमा बसोबास गर्ने एक मुलवासी भूमिपुत्र मंगोल वर्णका समुदाय हुन्। ल्होछार, ट्होंटे जस्ता पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको छ । यी महत्वपूर्ण पर्वहरूलाई जोगाउने अबको मुख्य जिम्मेवारी युवाहरूको काँधमा छ ।’ उहाँले भन्नुभयो – ‘र्‍यालीहरूमा भाङ्ग्रा र कछाड, घलेक गुन्यूचोली लगाउने किशोरकिशोरी युवा युवतीहरु पातालिँदै गएका छन् । अबको पुस्तालाई आफ्नो संस्कृति र धर्म पुस्तान्तरण गर्नु हाम्रो मुख्य जिम्मेवारी हो ।’

भाषा, संस्कृति, भेषभूषा र संस्कार आ–आफ्ना जातीय चिनारी र मौलिक सभ्यताका आधार स्तम्भ रहेको भन्दै उहाँले यस्ता विविधताको संरक्षण र विकास गर्नु हामी सबैकोको दायित्व रहेको बताउनुभयो ।

‘जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट हामीले समावेशी संघीय लोकतान्त्रिक संविधान निर्माण गरेका छौं । संघीयताको रक्षा गर्दै संविधानको स्वीकार्यता बढाएर त्यसको कार्यान्वयन गर्नु तथा हिमाल, पहाड र तराइका सबै जाति, भाषा, धर्म र समुदायको सुदृढ राष्ट्रिय एकताका बलमा आर्थिक समृद्धिको दिशामा अगाडि बढ्नु आजको राष्ट्रिय आवश्यकता हो ।’ उहाँले भन्नुभयो ।

तमु धिं नेपालका अध्यक्ष हुमबहादुर तमुको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कर्म तमु, गण्डकी प्रदेशसभा सदस्य सरस्वती तमु लगायतले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन जुनाकुमारी तमुले गर्नुभएको थियो । 

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

डिजिटल सेवा संस्थागत बनाउँदै सुदूरपश्चिममा दुई कम्पनीको एकीकरण
जीवनशैली

डिजिटल सेवा संस्थागत बनाउँदै सुदूरपश्चिममा दुई कम्पनीको एकीकरण

२०८२ पुष १४, सोमबार २०:२०
दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार
देश/राष्ट्रिय

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार

२०८२ पुष १४, सोमबार २०:२०
बिहान खाली पेटमा कफी पिउनु सही कि गलत ?
जीवनशैली

यो हो कफी पिउने उत्तम समय

२०८२ पुष १४, सोमबार २०:२०

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

पश्चिमी न्यूनचापीय प्रणाली बाहिरियो, सोमबार फेरि वर्षाको सम्भावना

२०८२ पुष १४, सोमबार २०:२०
९३ हजारभन्दा बढी नयाँ मतदाता थपिए

प्रतिनिधिसभा निर्वाचनका लागि सबै जिल्लामा नमुना मतपत्र पुगे

२०८२ पुष १४, सोमबार २०:२०
निषेधको राजनितिले थिचोलेको नेपाल !

निषेधको राजनितिले थिचोलेको नेपाल !

२०८२ पुष १४, सोमबार २०:२०
बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

बैजनाथ माध्यमिक विद्यालयको ४९औँ वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न

२०८२ पुष १४, सोमबार २०:२०
जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

जनज्योति बहुमुखी क्याम्पसमा खेलकुद सप्ताह सुरु

२०८२ पुष १४, सोमबार २०:२०
बैतडीकी आरती महराको अवस्था गम्भीर, आर्थिक सहयोगको अपिल

उपचारका लागि आर्थिक अभाव झेल्दै बैतडीकी महरा: सहयोगका लागि परिवारको पुकार

२०८२ पुष १४, सोमबार २०:२०

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व