Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ मंसिर १४, आईतवार ०६:४९
दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार
0
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । दुर्लभ रोग सामान्यीकृत पस्टुलर सोरायसिस भएकी एक महिलाको नेपाल मेडिकल कलेजमा सफल उपचार भएको छ । विगत सात–आठ वर्षदेखि पस्टुलर सोसायसिसबाट आक्रान्त नुवाकोटकी ४० वर्षीय भावना लामाको कलेजमा सफल उपचार भएको हो ।

गत कार्तिक २१ गते सामान्यीकृत पस्टुलर सोरायसिस भएर आएकी ती महिलाको सफल उपचार भएको कलेजले जनाएको छ । पस्टुलर सोरायसिस दुर्लभ रोग मध्येमा पर्दछ । कलेजको छाला रोग विभागकी विभागीय प्रमुख प्रा.डा. दिपतारा पाठकका अनुसार बिरामी कलेजको इमरजेन्सीमा आइपुग्दा उनको अवस्था अत्यन्तै गम्भीर थियो ।

‘उहाँलाई सामान्यीकृत पस्टुलर सोरायसिस भएको थियो । पूरै शरीरमा पीपयुक्त साना–साना फोकाहरू देखिन्थे, साथै एरिथ्रोडर्मा (सामान्यीकृत रातोपन र छालाको स्केलिङ) पनि थियो । यसका अलावा बिरामीमा सेप्टिक शक (पूरै शरीरमा संक्रमण फैलिएकाले रक्तचाप खस्किने गम्भीर अवस्था), मिर्गौलाले अचानक काम गर्न नसक्ने अवस्था, निमोनिया, हाइपोथाइराईडिज्म, मुटुको गडबडी, रक्त–सम्बन्धी असामान्यता, इलेक्ट्रोलाइट असन्तुलन, लो अल्बुमिन जस्ता धेरै प्रकारका समस्या थियो ।’

डा.पाठकका अनुसार बिरामीमा धेरै असमान्यता भएकोले उपचार निकै चुनौतीपूर्ण थियो । किनकि रोग रोक्न प्रयोग हुने औषधिहरूले पनि धेरै साइड–इफेक्ट दिन सक्थे । तर यति गम्भीर र उच्च मृत्यु–जोखिम भएको अवस्थामासमेत आफुहरुले बिरामीलाई सफलतापूर्वक उपचार गर्न र जीवन बचाउन सक्षम भएको उहाँको भनाई छ ।

बिरामीको अवस्थाअनुसार सुरुमा आइसियूमा राखेर उपचार गरिएको थियो, त्यसपछि वार्डमा सारियो र अन्ततः ३ हप्तापछि डिस्चार्ज गरिएको पाठकले जानकारी दिनुभयो । अस्पताल बसाइका क्रममा बिरामीलाई स्त्रीरोग, नाक कान घाँटी (कानको रोग) तथा लुकेर रहेको टीबी पनि निदान गरिएको र त्यसका लागि सम्बन्धित विभागहरूसँग परामर्श गरी उपचार सुरु गरिएको थियो ।

सामान्यीकृत पस्टुलर सोरायसिस एक दुर्लभ रोग हो जसमा पूरै शरीरभरी फोकाहरू देखा पर्छन् र बारम्बार फ्लेयर (आउन–जान) हुनसक्छ । यो एरिथ्रोडर्मासँग पनि जोडिन सक्छ । यस रोगका कारण संक्रमण, छालाको असफलता, फोक्सो, मिर्गौला, मुटु, पेट तथा मेटाबोलिक समस्याजस्ता धेरै गम्भीर जटिलताहरू हुन सक्छन्, जसले गर्दा रोग प्राण घातक समेत हुन सक्छ र मृत्यु जस्ता जोखिमहरू पनि रहन्छन् ।
लामो समयदेखि छालाको संक्रमण भोग्दै आएकी भावनालाई कार्तिक तेश्रो साता शरीर रातो हुने समस्या देखा परेको थियो ।

यो समस्या घाँटीबाट सुरु भएर ढाड र हात–खुट्टामा १–२ दिनभित्र फैलिएसँगै शरीरभरि पहेँलोपन भरिएका फोकाहरू देखा परेको बिरामीका परिवारजनले भने,‘फोका सुरुमा घाँटीमा देखियो, त्यसपछि १–२ दिनभित्र ढाड र हात–खुट्टामा नयाँ–नयाँ फोका देखियो, पछि त प्रत्येक दिन १०० भन्दा बढी फोकाहरु देखा पर्दै लगातार बान्ता समेत हुन थाल्यो ।

त्यसपछि तत्कालै त्रिवि शिक्षण अस्पताल ल्यायौं । डाक्टरले आइसियूमा राखेर उपचार गर्नुपर्छ भने तर, त्यहाँ आइसियू खाली रहेनछ । त्यसपछि तत्कालै नेपाल मेडिकल कलेजमा सम्पर्क गरेर ल्यायौं ।’ बिरामी भावनाका आफन्तले भने ।

विगत १९ दिन सम्मको लामो उपचार पछि पूर्णरुपमा निको भएकी बिरामी भावनाले नयाँ जीवन पाएकोमा उपचारमा संलग्न डाक्टर नर्सहरुलाई विशेष धन्यवाद दिइन् । ‘मलाई नवजीवन दिनुभयो । बाच्ने रहर नै मरिसकेको अवस्थामा बचाउनु भयो । हिम्मत नहार्न हौसला दिनुभयो ।’ बिहीबार अस्पतालबाट डिस्चार्ज हुँदै गर्दा भावनाले भनिन् ।

के हो सामान्यीकृत स्टुलर सोरायसिस ?

सामान्यीकृत स्टुलर सोरायसिसलाई नेपालीमा पिप भरिएका फोका आउने रोग भनिन्छ । यो सोरायसिसको एउटा गम्भीर र दुर्लभ प्रकार हो, जसमा छालामा पीप भरिएका सेता–पहेंला फोका देखिन्छन् । यो यस्तो छाला रोग हो जसमा शरीरमा धेरै संख्यामा साना–साना पीप भरिएका फोका देखिन्छन् । फोका वरिपरि छाला रातो, तातो र दुख्ने हुन्छ । कहिलेकाहीँ यी फोका छिट्टै फूटेर फेरि नयाँ फोका बन्ने क्रम जारी रहने भएकाले बिरामीलाई अत्यन्त पिडा हुने गर्दछ ।

लक्षणहरूः

छालामा धेरै सेता/पहेंला पिप भरिएका फोका आउने गर्दछ । छाला अत्यधिक रातो र सुन्निएको हुने, शरीर तातो महसुस हुने, कतिपय अवस्थामा ज्वरो आउन सक्छ । त्यस्तै, अत्यधिक दुखाई हुने, दाना/फोका एकैचोटि एक सय भन्दा बढी आउने, शरीरको ठूलो भाग ढाकिने, कहिलेकाहीँ मुख, औंला, नङमा पनि प्रभाव पर्ने हुन्छ । गम्भीर अवस्थामा पानीको कमी हुने, इलेक्ट्रोलाइट असन्तुलन हुने, सेप्सिस (रगतमा संक्रमण) को जोखिम बढ्ने हुन सक्छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन
देश/राष्ट्रिय

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८२ मंसिर १४, आईतवार ०६:४९
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न
देश/राष्ट्रिय

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ मंसिर १४, आईतवार ०६:४९
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!
देश/राष्ट्रिय

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ मंसिर १४, आईतवार ०६:४९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

कैलालीको चुरे–३ मस्यामा खोला निकाससम्बन्धी सम्भाव्यता अध्ययन

२०८२ मंसिर १४, आईतवार ०६:४९
कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

कञ्चनपुरको सार्क एजुकेसन फाउन्डेसनमा कक्षा ११ का विद्यार्थीलाई भव्य स्वागत

२०८२ मंसिर १४, आईतवार ०६:४९
धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

धनगढीमा प्रदेशस्तरीय मनसुन समिक्षा तथा हिउँदे प्रकोपको पूर्वतयारीसम्बन्धी अन्तर्क्रिया सम्पन्न

२०८२ मंसिर १४, आईतवार ०६:४९
सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

सुप म्युजिक अवार्ड : सार्वजनिक भयो मनोनयन, हेर्नुहोस को-को परे!

२०८२ मंसिर १४, आईतवार ०६:४९
विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

विपन्न, दलित र जेहेन्द्र विद्यार्थीका लागि छात्रवृत्ति: भीमदत्त–११ का अध्यक्ष प्रकाश थापाको जनमुखी पहल

२०८२ मंसिर १४, आईतवार ०६:४९
अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

अपाङ्गता भएका व्यक्तिको ३४ औँ अन्तर्राष्ट्रिय दिवस कञ्चनपुरमा विविध कार्यक्रमसहित सम्पन्न

२०८२ मंसिर १४, आईतवार ०६:४९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2025Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व