Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सार्क एजुकेसन फाउण्डेसनद्वारा ‘म्याथमेटिक्स फर माइन्ड एन्ड फ्युचर’ विषयमा प्यानल छलफल

प्रकाश भट्ट by प्रकाश भट्ट
पुस ७, २०८२
सार्क एजुकेसन फाउण्डेसनद्वारा ‘म्याथमेटिक्स फर माइन्ड एन्ड फ्युचर’ विषयमा प्यानल छलफल
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरमा रहेको सार्क एजुकेसन फाउण्डेसनले ‘म्याथमेटिक्स फर माइन्ड एन्ड फ्युचर’ विषयमा प्यानल छलफल कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा विद्यालय तहका प्लस टुमा अध्ययनरत विद्यार्थीहरूले गणितका विज्ञ तथा टिप्पणीकारहरूसँग प्रत्यक्ष संवाद गर्दै गणितको प्रयोग, महत्व र भविष्यका अवसरबारे छलफल गरेका थिए।

प्यानलमा कक्षा १२ मा अध्ययनरत सुरज पन्त र अस्मिता जोशी तथा कक्षा ११ मा अध्ययनरत शुशान्त महरा, स्वस्तिका जोशी र भुवनेश्वरी लावड सहभागी थिए। उनीहरूले गणित पढाइका चुनौती, व्यवहारिक प्रयोग, करियर सम्भावना र प्रविधिसँगको सम्बन्धबारे जिज्ञासा राखेका थिए।

गणित विशेषज्ञ तथा टिप्पणीकारका रूपमा त्रिभुवन विश्वविद्यालयका प्रा.डा. चुडामणी जोशी, सुदूरपश्चिम विश्वविद्यालयका प्रोफेसर कुम्भ बहादुर चन्द, जनज्योती बहुमुखी क्याम्पसका उपप्राध्यापक धर्मेन्द्र गिरी र सार्क एजुकेसन फाउण्डेसनका एकेडेमिक डाइरेक्टर दिपेन्द्र जोशी सहभागी थिए। उनीहरूले गणितले तार्किक सोच विकास गर्नुका साथै विज्ञान, प्रविधि, इन्जिनियरिङ र अर्थतन्त्रमा खेल्ने भूमिकाबारे धारणा राखेका थिए।

सार्क एजुकेसन फाउण्डेसनका कार्यकारी निर्देशक डा. लक्ष्मण बस्नेतले विद्यार्थीको बौद्धिक विकासका लागि गणित शिक्षा अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले गणितले विद्यार्थीमा विश्लेषणात्मक सोच, तर्कशक्ति तथा समस्या समाधान गर्ने क्षमताको विकास गराउने उल्लेख गर्दै यस विषयलाई व्यवहारिक, रुचिकर र जीवनसँग जोडेर पढाउन आवश्यक रहेको बताए।

डा. बस्नेतले आजको प्रतिस्पर्धात्मक र प्रविधिमैत्री युगमा गणितको ज्ञान बिना विज्ञान, प्रविधि, इन्जिनियरिङ, अर्थशास्त्र तथा डाटा आधारित क्षेत्रहरूमा सफल हुन कठिन हुने बताए। त्यसैले विद्यालय तहदेखि नै विद्यार्थीमा गणितप्रतिको डर हटाई उत्सुकता र आत्मविश्वास जगाउने खालका कार्यक्रम र छलफल आवश्यक रहेको उनले बताए।

सार्क स्कुलका प्रिन्सिपल सुर्य घिमिरेले यस्ता किसिमका छलफल कार्यक्रमले विद्यार्थीलाई विषयप्रति रुचि बढाउनुका साथै आलोचनात्मक सोच र आत्मविश्वास विकास गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे। उनले कक्षा कोठामा सीमित पाठ्यक्रमभन्दा बाहिर निस्केर विज्ञहरूसँग प्रत्यक्ष संवाद गर्न पाउँदा विद्यार्थीले विषयको व्यवहारिक महत्व बुझ्ने अवसर पाउने बताए।

सार्क एजुकेसन फाउण्डेसनको शिक्षण दृष्टिकोण तथा शिक्षण पद्धति अन्तर्गत आयोजना गरिएको यस प्यानल छलफलले संस्थाको नवीन शैक्षिक सोचलाई स्पष्ट रूपमा प्रस्तुत गरेको सहभागीहरूले बताएका छन्। कार्यक्रममा गणितजस्तो जटिल विषयलाई सरल, व्यवहारिक र दैनिक जीवनसँग जोडेर सिकाइने सार्कको शिक्षण पद्धति प्रभावकारी रूपमा उजागर भएको थियो।

कार्यक्रममा विद्यार्थीहरूले गणितलाई डरको विषय नभई सोच, विश्लेषण र जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयका रूपमा सिकिरहेको अनुभव साझा गरेका थिए। यसले विद्यार्थी केन्द्रित, गतिविधिमा आधारित तथा अवधारणात्मक सिकाइमा आधारित सार्कको शैक्षिक अभ्यास सफलतापूर्वक लागू भइरहेको पुष्टि गरेको आयोजकले जनाएको छ।

यस्ता प्यानल छलफल कार्यक्रमहरूले विद्यार्थीमा आत्मविश्वास, तर्कशक्ति तथा भविष्य उन्मुख सोचको विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गरिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

इरानविरुद्ध परमाणु हतियार नचलाउने ट्रम्पको घोषणा

अशोज ३०, २०८३
भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

भक्तपुरको नेपाल–कोरिया अस्पतालमा १५ शय्याको आधुनिक मोडुलर आईसीयू सेवा सुरु

अशोज ३०, २०८३
कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

कांग्रेसको १५औँ महाधिवेशनको मतगणना सम्पन्न, दसैंपछि नयाँ नेतृत्वले शपथ लिने

अशोज ३०, २०८३
विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

विदेशी मुद्रा सञ्चिति उच्च, तर आन्तरिक अर्थतन्त्रमा सुस्तता

अशोज ३०, २०८३
सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

सांसद खगेन्द्र सुनार प्रकरणमा रास्वपाको छानबिन तीव्र, ६ सदस्यीय समिति गठन

अशोज ३०, २०८३
गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

गगन थापासामु चुनौती : नेतृत्व परिवर्तनसँगै कांग्रेसको कार्यशैली बदल्ने

अशोज ३०, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व