Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

दोधारामा जलवायु तथा विपद् जोखिम व्यवस्थापन रणनीति प्रमाणीकरण कार्यशाला गोष्ठी सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
पुस ५, २०८२
दोधारामा जलवायु तथा विपद् जोखिम व्यवस्थापन रणनीति प्रमाणीकरण कार्यशाला गोष्ठी सम्पन्न
0
SHARES
64
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुरः कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा जलवायु तथा विपद् जोखिम व्यवस्थापन रणनीति प्रमाणीकरणसम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र युनिसेफ नेपालको प्राविधिक सहयोग तथा दोधारा चाँदनी नगरपालिकाको आयोजनामा शुक्रबार नगरपालिकाको सभाहलमा उक्त कार्यशाला सम्पन्न भएको हो। कार्यशालाबाट जलवायु बालबालिका जोखिम सूचकांक, तीन दिने बालमैत्री पूर्वसूचना तालिम पुस्तिका र जलवायु तथा विपद् जोखिम व्यवस्थापन रणनीतिको प्रमाणीकरण गरिएको छ।
दोधारा चाँदनी नगरपालिकाका नगर प्रमुख किशोर कुमार लिम्बुले प्रमाणीकरण गरिएका यी रणनीतिहरूलाई आगामी कार्यपालिका बैठकबाट अनुमोदन गराई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले दोधारा चाँदनी नगरपालिकामा एनएनएसडब्ल्यूए लगायतका साझेदार संस्थाहरूको सहकार्यमा जलवायु तथा विपद् जोखिम व्यवस्थापनको क्षेत्रमा प्रभावकारी कार्यहरू सम्पन्न हुँदै आएको उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा जलवायु परिवर्तन अनुकुलन तथा विपद् जोखिम न्यूनीकरणमा आधारित कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो। नगर प्रमुख लिम्बुले प्रमाणीकरण गरिएका यी रणनीतिहरूले पालिकालाई लिजा अङ्कमा अग्र स्थानमा पुर्याेउन थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यसैगरी नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले दोधारा चाँदनी नगरपालिका जलवायु तथा विपद् जोखिमको दृष्टिले उच्च जोखिममा रहेको बताउनुभयो। उहाँले संस्थाले विभिन्न परियोजनाहरूमार्फत दोधारा चाँदनी नगरपालिकामा पूर्वसूचना प्रणालीको सुदृढीकरण, विपद् पूर्वकार्य तथा प्रतिकार्यका क्षेत्रमा निरन्तर रूपमा काम गर्दै आएको जानकारी दिनुभयो। साथै, आज प्रमाणीकरण गरिएका यी रणनीतिहरूलाई प्रभावकारी रूपमा कार्यान्वयनमा ल्याउन सके पालिकाले जलवायु तथा विपद् जोखिम व्यवस्थापनमा अझ सशक्त र परिणाममुखी काम गर्न सक्नेमा उहाँले जोड दिनुभयो।
कार्यशालामा जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाका प्रमुख इन्जीनियर संजय कुमार साहले पूर्वसूचना प्रणालीको वर्तमान अवस्था, दोधारा चाँदनी नगरपालिकाको जोखिमको अवस्था तथा भविष्यमा आवश्यक सुधार र तयारीबारे प्रस्तुतीकरण दिनुभएको थियो। त्यस्तै दोधारा चाँदनी नगरपालिकाको तर्फबाट विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अमृत बिकले नगरपालिकाले हालसम्म जलवायु परिवर्तन तथा विपद् व्यवस्थापनमा गरेका प्रयास, अपनाईएका नीति, चुनौती र आगामी योजनाबारे प्रस्तुतीकरण दिनुभएको थियो।
प्रस्तुतीकरणपछि भएको छलफल तथा सुझाव संकलन सत्रमा वन तथा वातावरण मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेशका प्रतिनिधिहरूबाट महत्वपूर्ण सुझाव तथा सल्लाह संकलन गरिएको थियो। सहभागीहरूले स्थानीय तहमा बालमैत्री र समावेशी विपद् व्यवस्थापन योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक बजेट, जनशक्ति र प्रविधिमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका थिए। त्यस्तै बदलिँदो जलवायुका कारण उत्पन्न जोखिम, प्राकृतिक विपद् जोखिम न्यूनीकरण तथा बालबालिकालाई केन्द्रमा राखेर सुरक्षित र पूर्वतयारीमूलक योजना निर्माण गर्न कार्यशाला महत्वपूर्ण रहेको सहभागीहरूले बताएका थिए।
कार्यक्रममा वन तथा वातावरण मन्त्रालय (संघ), संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सुदूरपश्चिम प्रदेश, युनिसेफ नेपाल, एनएनएसडब्ल्यूए, नगरपालिकाका सरोकारवाला निकाय, नगर प्रमुख, नगर उप-प्रमुख, वडा अध्यक्षहरू, विषयगत शाखाका प्रमुख तथा कर्मचारी, बालबालिका तथा युवा क्लबका प्रतिनिधि र सामुदायिक विपद् व्यवस्थापन समितिका सदस्यहरू गरी करिव ४० जनाको सहभागिता रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास
देश/राष्ट्रिय

दोधारा चाँदनीमा विपद् प्रतिकार्य योजना २०८३ को प्रभावकारी कार्यान्वयनका लागि कृत्रिम नमुना अभ्यास

असार २७, २०८३
आज यी नदी–खोलामा बाढीको जोखिम
वातावरण

आज यी नदी–खोलामा बाढीको जोखिम

असार २२, २०८३
कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता
वातावरण

कञ्चनपुरमा बाढीको जोखिम न्यूनिकरणको लागि पूर्वकार्य गर्न ३३० संकटासन्न घरधुरीलाई नगद सहायता

असार १९, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

जलवायु जोखिम न्यूनीकरणमा सरकारको जोड

असार २८, २०८३
सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

सुकुम्वासीमाथि दमन भएको भन्दै माइतीघरमा प्रदर्शन

असार २८, २०८३
समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

समता कर खारेजीको माग गर्दै निजी शैक्षिक संस्थाहरू एकजुट

असार २८, २०८३
असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असारमै २७ प्रतिशत बजेट खर्च, सुदूरपश्चिम सरकारको १२ अर्ब ५९ करोड फ्रिज

असार २८, २०८३
नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

नागढुंगा–सिस्नेखोला लिङ्क रोडमा बढ्यो मर्निङ वाक गर्नेको आकर्षण

असार २८, २०८३
सुन महँगियो, चाँदीको भाउ घट्यो

सुन महँगियो, चाँदीको भाउ घट्यो

असार २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व