Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कृष्णपुरको नयाँबस्तीमा जैविक तटबन्ध निर्माण कार्य सुरु

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
मंसिर २७, २०८२
कृष्णपुरको नयाँबस्तीमा जैविक तटबन्ध निर्माण कार्य सुरु
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ नयाँबस्तीस्थित बन्द नदी किनारमा शुक्रबारदेखि जैविक तटबन्ध निर्माण कार्य औपचारिक रूपमा सुरु गरिएको छ। वर्षेनी बर्सातको समयमा नदी कटान, घरभित्रै पानी पस्ने र स्थानीयवासी विस्थापित हुने जोखिम बढ्दै गएको उक्त क्षेत्रमा २०० मिटरको तटबन्ध निर्माण थालिएको हो।

तटबन्ध निर्माण नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) ले मर्सीकोर नेपालसँगको साझेदारीमा सञ्चालित ‘समुदायका लागि जलवायु उत्थानशील कार्यक्रम’ अन्तर्गत, कृष्णपुर नगरपालिका र वडा नम्बर–२ संगको सहकार्यमा सुरु गरिएको हो।

स्थानिय निलम कार्कीले विगतका वर्षहरूमा नदीको बाढी घरभित्रै पसेर डुबान तथा कटानको कारण बसोबास नै संकटमा परेको बताइन्। उनले भनिन्, “वर्षात लागेपछि घरमै पानी पस्ने, कटान हुने समस्या हुन्थ्यो, अब तटबन्ध बनेपछि केही राहत मिल्ने आशा पलाएको छ।”

बन्द नदी सामुदायिक विपद् व्यवस्थापन समिति नयाँबस्तीका अध्यक्ष शिव नेपालीले पनि यस वर्षैदेखि स्थानीयस्तरमा दिगो प्रबन्धका काम देखिन थालेको उल्लेख गर्दै तटबन्धले समुदायलाई ठूलो राहत दिने बताए।

कृष्णपुर नगरपालिका–२ का वडा अध्यक्ष अर्जुनसिंह साउदले नदी कटानकै कारण अनेकौं परिवार वर्षेनी जोखिममा बस्न बाध्य भएको बताए। उनले भने, “यो नदीका कारण बर्खामा त कतिपय परिवार विस्थापित हुनुपर्ने खतरा नै हुन्थ्यो। जैविक तटबन्ध निर्माणले अब समुदाय सुरक्षित हुने अपेक्षा छ।”

यसैगरी मर्सिकोर नेपालका सुदूरपश्चिम प्रदेश संयोजक नवीनचन्द्र जोशीले कार्यक्रमले समुदायलाई दिगो र सुरक्षित बसोबासतर्फ अघि बढाउने बताए। उनका अनुसार, जैविक प्रविधिबाट तयार गरिने तटबन्ध वातावरणमैत्री, दीगो र लागत–अनुकूल हुने विशेषता राख्छ।

समुदायका लागि जलवायु उत्थानशील परियोजनाका संयोजक महेश घीमिरेले डाटा तथा स्थलगत अध्ययनपछि नयाँबस्ती क्षेत्रमा जैविक तटबन्ध अत्यावश्यक रहेको पुष्टि भएपछि काम अघि बढाइएको बताए। “स्थानीयले जनश्रमदान गर्न तयार छौं भन्ने सक्रियता देखाएपछि परियोजना, वडा कार्यालय र समुदायको सहकार्यमा निर्माण सुरु गरेका हौं,” घीमिरेले भने।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार
देश/राष्ट्रिय

प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्पसहित दिलेन्द्र प्रसाद जोशी केन्द्रीय सदस्य पदको उम्मेदवार

असार ७, २०८३
कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड
देश/राष्ट्रिय

कृष्णपुरमा बाल भेलाका कार्यक्रमहरूको प्रगति समीक्षा: बालमैत्री नगर निर्माणका लागि बजेट र योजनामा जोड

असार ५, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)
देश/राष्ट्रिय

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

हाटखोला–कटहरी खण्डमा ट्रक फस्यो, यातायात अवरुद्ध

असार ८, २०८३
अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

अमेरिका–इरान वार्ता सकारात्मक, इजरायल–लेबनान युद्ध अझै मुख्य चुनौती : मध्यस्थकर्ता

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन चितवनमा शुरू

असार ७, २०८३
रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

रास्वपा महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

असार ७, २०८३
महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

महाधिवेशनको मञ्चमा एकसाथ देखिए बालेन, रवि र गगन

असार ७, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व