Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

रामायणको राजनीति र नेपालको अवस्था : सत्ता लंकामा,जनता वनवासमा

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक २१, २०८२
रामायणको राजनीति र नेपालको अवस्था : सत्ता लंकामा,जनता वनवासमा
0
SHARES
155
VIEWS
Share on FacebookShare on Twitter

नेपालको राजनीतिक कथा आज रामायणसँग असाधारण समानता राख्छ — पात्र फरक छन्, तर कथा उस्तै छ। एकातिर जनताको आशा, आदर्श र निष्ठास अर्कातिर सत्ताको लोभ, स्वार्थ र अहंकार।
२०४६ सालपछि मुलुकले प्राप्त गरेको लोकतन्त्र अयोध्याजस्तै आदर्श राज्यको कल्पनासँग जन्मिएको थियो। न्याय, समानता र उत्तरदायित्वमा आधारित ‘रामराज्य’को सपना थियो त्यो। तर तीन दशकपछि देश त्यही आशाबाट टाढा पुगेको छ। राजनीतिक दलहरू सत्ताको अंकगणितमा अल्झिएका छन्, जनताको चाहना भने निर्वासित छ।

अयोध्याको विभ्रम र वर्तमान दशरथहरू

रामायणका राजा दशरथ वचन र परिवारबीचको द्वन्द्वमा परेका थिए।
आजका नेपाली नेताहरू पनि उस्तै द्वन्द्वमा छन् — जनताको चाहनाभन्दा पार्टीको आदेश र गठबन्धनको दबाबमा निर्णय लिइरहेका छन्।
सत्ताको ‘कैकेयी’हरू प्रभावशाली बनेका छन्, जबकि ‘राम’ जस्ता सच्चा जननेता हराइसकेका छन्।
राजनीति अब नेतृत्वको होइन, सम्झौता र समीकरणको खेल बनेको छ।

जनताको वनवास र अधुरो सपना

राम वनमा गए धर्म र प्रतिज्ञा निभाउन। तर नेपालका जनता वनवासमा गएका छैनन् — उनीहरूलाई वनवास पठाइएको छ।
समृद्धिको वाचा, न्यायको भाषण र परिवर्तनको प्रतिज्ञा सुनिरहेका जनतालाई अहिले बेरोजगारी, मूल्यवृद्धि, असमानता र भ्रष्टाचारको दलदलले घेरेको छ।
लोकतन्त्रको मन्दिरमा जनताको विश्वास कमजोर हुँदै गएको छ, किनभने त्यहाँ धर्मभन्दा बढी स्वार्थको बलिदान भइरहेको छ।

रावणहरूको उदय र सत्ताको लंका

रामायणको रावण विद्वान् थियो, तर अहंकारले उसलाई पतन गरायो। नेपालको राजनीतिमा पनि त्यस्ता ‘रावणहरू’ प्रशस्त छन् — विद्वान्, अनुभवी र चतुर नेताहरू, तर सत्ताको अहंकार र लोभले अन्धा बनाएका। अहिले त दश टाउकाका पनि जन्मेछन अरे।
सत्ता आज ‘लंका’ बनेको छ — सुनले झल्किएको, तर अस्थिरता र अनैतिकताको जगमा उभिएको।
त्यहाँ न त नीति छ, न दृष्टिस छ भने केवल पद र प्रतिष्ठाको युद्ध।

हनुमानहरूको खोजी: युवाको आत्मजागरण

रामायणमा हनुमान साहस, निष्ठा र कर्मका प्रतीक थिए। नेपालमा आज हनुमानहरू युवा पुस्तामाझ जागिरहेका छन् — जसले पुरानो राजनीतिक संस्कृतिलाई प्रश्न गर्न थालेका छन्।
तर ती युवालाई अझै रामजस्तो सत्यनिष्ठ नेतृत्व चाहिएको छ — जसले सत्ताको प्रलोभनमा नपरी धर्म र जिम्मेवारीको बाटो रोजोस्।
देश परिवर्तनको शक्ति यही पुस्तामा छ, यदि उनीहरूले आफ्नो आदर्श नबिर्से भने।

दुई बाटोः धर्म वा अधर्म

राम र रावणबीचको युद्ध धर्म र अधर्मको संघर्ष थियो।
नेपाल पनि अहिले त्यही दोबाटोमा उभिएको छ ।
एकातिर पारदर्शिता, जवाफदेहिता र जनमुखी शासनस
अर्कातिर स्वार्थ, भ्रष्टाचार र सत्ता साटासाटको राजनीति।
चुनौती यही हो हामी कुन पक्षमा उभिन्छौंरु

निष्कर्षः रामायणको सन्देश, नेपालको चेतावनी

रामायणले सिकाउँछ सत्ताको अर्थ शासन होइन, जिम्मेवारी हो।
नेतृत्वको सार अधिकार होइन, धर्म र सत्यप्रति प्रतिबद्धता हो।
नेपालका नेताहरूले यो पाठ बिर्सँदा देशको यात्रा पुनः संकटतर्फ मोडिन्छ।
यदि अहिलेका ‘राम’हरूले आफ्ना ‘रावण’हरूलाई परास्त गर्न सकेनन् भने, नेपालका जनताले अझै लामो वनवास बस्नपर्नेछ।

लेखक सुनिल चन्द वेदकोट नगरपालिकाका सुचना प्रविधि अधिकृत हुन ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?
विचार/ब्लग

स्थानीय सरकार: दलीय भागबन्डा कि जनसेवाको केन्द्र?

भदौ २५, २०८३
आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने
विचार/ब्लग

आचार्य कृष्णबहादुरको सपना: दलित कर्मकाण्ड पाठशाला’ स्थापना गर्ने

भदौ २, २०८३
रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी
विचार/ब्लग

रूपान्तरणको दिशामा सुदूरपश्चिम विश्वविद्यालय: अवसर, चुनौती र साझा जिम्मेवारी

साउन २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व