Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मुलुकका लागि सांस्कृतिक राजा र नागरिकका लागि सुधारिएका सुसंस्कृत पार्टीहरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ कार्तिक १७, सोमबार १७:४४
मुलुकका लागि सांस्कृतिक राजा र नागरिकका लागि सुधारिएका सुसंस्कृत पार्टीहरू

ई. बिबेक पन्त

0
SHARES
93
VIEWS
Share on FacebookShare on Twitter

नेपाल अहिले राजनैतिक कुसंस्कार, पुराना दलको सत्तामोह, नया दलको अत्याधिक आकाङ्क्षा र नागरिकको अबिस्वास र चरम निराशाको भुमरीमा परेको छ। त्यसमाथि भदौ २३-२४ गतेको अप्रत्याशित र बिनासकारी आन्दोलनपछी अझै आर्थिक, भौतिक र राजनितिक रुपले सङ्कटमा परेको छ। एकातिर राज्यपक्षको दमन र केही आन्दोलनकारिको आक्रमणले ७२ जना भन्दा बढिले ज्यान गुमाएका छन भने अर्का तिर मुलुककै धरोहर सिङ्हदरवार, सर्बोच्च अदालत, संसद भवन लगायत देशभरीका हजारौ सरकारी संरचना र सम्पत्ति साथै कयौ व्यवसायिक र निजि सम्पत्ति आङ्शिक वा पुर्ण रुपमा ध्वस्त भएका छन्।

अब मुलुक राजनीतिक स्थायित्व, आर्थिक -भौतिक उन्नती , बिगतको समिक्षा र सांस्कृतिक पहिचानको खोजीमा छ। परिवर्तनका धेरै प्रयास गरिए पनि “मुलुकको आत्मा” र “राजनैतिक आचरण ” बीचको दूरी अझै घट्न नसकिरहेको अवस्था छ।

यस्तो अवस्थाले आम नागरिकका मनमा केहि प्रश्न उब्जाउँछन् :

१) के अब राष्टृय एकताको प्रतीकका रूपमा सास्कृतिक राजा (राजसंस्था) को आवस्यकता परेको छैन ?

२) के नागरिकका प्रतिनिधिका रूपमा रहेका राजनितिक दलहरुले आफुलाइ सुधार्न र सुसस्कृत पार्टीका रुपमा बदल्नु आवस्यक छैन?

दुबै प्रश्नको एउटै उत्तर छ: अब आवस्यकता होइन यी बिकल्पहरुमा जानैपर्ने बाध्यात्मक परिस्थिती सिर्जना भएको छ।

राष्ट्रको आत्माका प्रतिकका रुपमा – सास्कृतिक राजा:

नेपालको इतिहासमा राजसंस्था केवल शासन-सत्ताको संयन्त्र होइन, यो मुलुक निर्माण गर्ने, सस्कृति र परम्पराको एकता र राष्ट्रको आत्माको रुपमा एक प्रतीक बनेको थियो। पृथ्वीनारायण शाह देखि बहादुर शाह सम्मका राजाले स-साना राज्य एकीकरण गरेर विशाल नेपाल निर्माणको अभियानमा लागे, गिर्वाण बिक्रम शाहले अङ्ग्रेज सङ्ग विभिन्न स्थानमा भएका युद्दपछी सुगौली सन्धी भयो र देशको ठूलो हिस्सा गुमाउनुपर्‍यो तर नेपाल भुमी अङ्ग्रेजको अधीन हुन बाट बाच्यो। तिब्बत तिरका केही भुभाग भने नेपालमा जोडे। राजा त्रिभुवनदेखि राजा वीरेन्द्रसम्मको कालखण्डमा नेपालमा सांस्कृतिक सम्पदा, धार्मिक सहिष्णुता र राष्ट्रिय स्वाभिमानलाई जोगाउने गरेको पाइन्छ। राजा महेन्द्रले आफ्नो १० बर्षे कार्यकालमा नेपालको राष्ट्रिय पहिचान जोगाउने, भारत सङ्गको परनिर्भरता तोड्ने, नेपालको राष्ट्रिय स्वाधिनता जोगाउने, नेपाललाइ स्वतन्त्र राष्ट्रको नाममा चिनाउने, सङयुक्त राष्ट्रसंघको सदस्य बनाउने, विभिन्न देश सङ्ग कुटनितिक मित्रवत सम्बन्ध बनाउने, कल-कारखान र उधोगहरु चलाउने, बाटा तथा राजमार्ग निर्माण तथा शैक्षिक बिकास लगायतका बिकास निर्माण लगायतका कार्य अभुतपुर्ब थिए। तर नागरिकको स्वतन्त्रता र शासनको महत्वाकांक्षा सँगै राजसंस्था राजनीतिक र बैचारिक रूपमा कमजोर हुँदै गयो, जनताका अधिकार आफ्ना हातमा लिदा र भएका राजनितिक दलहरु र छिमेकी राष्ट्रहरुको साथ नपाउदा २५० बर्ष पुरानो ईतिहास बोकेको राजसस्थाको बिदाइ भयो र नेपालमा गणतन्त्रको स्थापना भयो ।

आज पनि धेरै नेपाल नागरिकहरु राजालाइ “पद” होइन “प्रतिक” का रुपमा मान्ने गर्छन भने राजगद्दी र दरवार लाई राजनीतिक होइन, सास्कृतिक र राजनितिक संरक्षणको केन्द्रका रुपमा बुझ्ने गरेका छन। त्यसैले नेपालजस्तो विविधताले भरिएको मुलुकमा एउटा “सांस्कृतिक/संबैधानिक राजा” राख्ने प्रस्तावले राष्ट्रिय एकता , धार्मिक सहिष्णुता र ऐतिहासिक निरन्तरतालाई जोगाउन सक्ने तर्क धेरै बौद्धिक बर्गहरूले गर्ने गरेका छन।

यस्तो कुरा गर्दा केही वामपन्थी बिचारधारा बोक्नेहरु गएको ईतिहास फर्किदैन यो केवल दिवा-सपना हो भन्नुहुन्छ। तर विश्व इतिहासमा राजा फालेर फेरि ल्याइएका अनेक उदाहरण छन जस्तै बेलायत , नर्वे, कम्बोडिया, ग्रीस, फ्रान्स आदि अझै स्पेनमा त दुई पल्ट गणतन्त्र घोषणा गरेपछी फेरि दोस्रोपल्ट राजसस्थाको आवस्यकता देखियो र फिर्ता ल्याइयो । के बिश्वकै बिकसित र उच्च शिक्षित, राजनितिक र समाजिक चेतना भएका नागरिक बस्ने यी मुलुकहरु प्रतिगामी नै हुन त ?

त्यसैगरी राजन्तन्त्र हटाएर अग्रगामी हुने सोचले गणतन्त्र ल्याइएका अफगानिस्थान, लिबिया, इरान, इथोपिया, इरान, इजिप्ट आदिको उदाहरण हेरौ यी गणतन्त्र स्थापना पछि झन राजनितिक अस्थिरता, सैनिक कु, बिदेशी हस्तक्षेप , आर्थिक सङ्कट, भोकमरी , नागरिकको चरम निरासाले सङ्कटग्रस्त राष्ट्र बनेका छन। यसै सुचिमा नेपालको नाम पनि समाबेश गरे अनुपयुक्त नहोला।

यस्ले के देखाउछ भने सास्कृतिक र इतिहासिक रुपले धनी राष्ट्रहरुमा पनि राजसन्स्था संस्कृति र एकताका प्रतिकका रुपमा रहने गर्दछ। यति मात्र होइन यस्ले एउटा महत्वपुर्ण फाइदा के हुन्छ भने अहिले पनि नेपालमा राजा/राजतन्त्र/राजसस्था मान्ने धेरै नागरिक/सङ्गठन/पार्टीहरु छन । यसरी राजा/राजसस्था लाई सास्कृतिक/सम्बैधानिक प्रतिकको रुपमा भुमिका दिदा ती पक्षपनी मुलधारमा आउने साथै लोकतन्त्र/गणतन्त्रवादिको जस्तो नागरिकको अधिकार र नागरिक प्रतिनिधिले सरकार चलाउने शासन व्यवस्था पनि रहन्छ। जस्ले गर्दा राजनितिक स्थिरता बनाउन मद्दत गर्दछ।

सुधारिएका सुसंस्कृत दलहरुको आवस्यकता

राजा सांस्कृतिक र राजनितिक सन्तुलनका प्रतीक रहन सक्छन्, तर मुलुकको भविष्य लोकतान्त्रिक पार्टिहरुको परिपक्वतामा र नीति मा नै टिकेको हुन्छ।
पछिल्लो समय नेपालका राजनीतिक दलहरूमा देखिएको बिचार बिमुखता, बिचारहिन प्रतिस्पर्धा, अपारदर्शीता, सत्ता मोह, चरम अवसरवाद, गुटबन्दी, भ्रष्टचार आदिले लोकतन्त्रको आधारस्तम्भलाइ नै कमजोर मात्र होइन मृत्युसैयामा पुर्‍याएको छ।
त्यसैले यस्तो विषम परिस्थिती र सङ्क्रमकालिन अवस्थामा अबको आवस्यकता:

  • नीति र नियत सहित नैतिकवान र इमानदार नेतृत्व भएका
  • सिधान्त र बिचार बिमुख नहुने
  • राजनितिक पारदर्शिता र उत्तरदायित्व भएका
  • नागरिकको मनोभाव बुझ्दै आन्तरिक शुद्दिकरण गर्नसक्ने
    -सत्ता कब्जा होइन सुशासन र सुधार गर्ने
  • प्रबिधियुक्त बिकास
  • बिकासमुखी प्रतिस्पर्धा
  • आलोचना र समालोचनालाई आत्मसात गर्ने
  • माटो र मन चिन्ने अनि मनन गर्ने

दलहरुको आवस्यकता छ। यसैलाइ भनिने छ “सुधारिएका र सुसस्कृत राजनितिक पार्टेहरु” । यी दल नया वा पुराना, बनेका वा अब बन्ने जो सुकै हुन सक्नेछन।

पुराना दलमा नया सोच आएन भने काम लाग्दैन, नया दलमा पुरानै प्रवृत्ति रहे केही परिवर्तन सम्भव हुन सक्दैन। तसर्थ आजको आवस्यकता भनेको अनुभवले खारिएको, प्रबिधिले भरिएको, नैतिकता र इमान्दारिताले सुसज्जित, नागरिकको मनोभाव बुझ्ने माटोलाइ चिन्ने र विश्व सङ्गै हिडाउन मुलुकको नेतृत्व लिनसक्ने दलका रुपमा रुपान्त्रण गर्न आवस्यक छ। र यो मतदानले मात्र होइन विवेक र राजनितिक चेतनाले मात्र सम्भव हुनेछ।

भुराजनिती र कुटनितिमा यस्को प्रभाव:

यस्तो “सास्कृतिक राजा/राजसस्था र सुसस्कृत दलहरुको अवधारणाले भुराजनितिक र कुटनितिक सन्तुलनमा महत्वपुर्ण भुमिका खेल्नेछ। नेपाल दुई बिश्वशक्ती राष्ट्रहरु भारत र चिनका बिचमा रहेको अति संबेदनशील भुराजनिति भएको मुलुक हो ।
चाहे आन्तरिक कारणले होस या बाह्य भुराजनितिक कारणले नेपालमा राजनितिक अस्थिरता भएको कुरा नकार्न सकिदैन । राजनीतिक अस्थिरताले राज्यप्रती नागरिकहरुमा अबिस्वास मात्र बढेको छैन नागरिकहरु अनेक रुपले विभाजित भैरहेका छन। नेपालको यस्तो राजनितिक अवस्थाले गर्दा नेपालको कुटनिती र परराष्ट्रनिती पनि सफल हुन सकेको छैन। नेपालको परराष्ट्रनीति त केवल प्रतिक्रियात्मक बनेको छ।

सांस्कृतिक रूपको प्रतिकात्मक नेतृत्व (राजा) ले राष्ट्रलाई पहिचान, सस्कृती , इतिहास र राजनितिक सन्तुलनको दिशानिर्देश गर्न सक्नेछ । त्यसैगरी सुधारिएका सुसस्कृत दलहरूले नागरिकको मनोभाव बमोजिम, बद्लिदो विश्व परिबेश र विश्व अर्थतन्त्र र प्रबिधी अनुशार व्यवहारिक राजनिती र कुटनिती साथै आर्थिक उन्नती सुदृढ गर्दै मुलुकलाइ अगाडि बढाउन
सक्नेछन्।

नेपाल दुइ ठुला र बिकसित देशका बिचमा भएता पनि नेपाल न त भारतको अघोषित उपनिवेश जस्तै छायाँमा बस्न सक्छ, न त चीनको प्रभावमा सधै दल-दलमा फस्न सक्छ।

अब हामीले चाहिएको छ नेपालको माटो सुहाउदो राजनितिक र कुटनितिक दृष्टिकोण, जहा संस्कृतिको सम्मान र राज्य नीतिको मर्यादा, छिमेकी र मित्र राष्ट्रहरु सङ्ग मित्रवत सम्बन्ध का साथै नागरिकको स्वतन्त्रता र सत्तामा पहुच हुनेछ। जस्ले सबै शक्तिलाइ सन्तुलित राख्न सकिनेछ।

सम्भावना :
राजनितिमा सम्भावना सधै जिवित रहन्छ। जो मैले माथी दिएका उदाहरण भएका राष्ट्रका इतिहासले प्रमाणित गराउछन। तर विश्व ईतिहास वा नेपालको ईतिहास देखाएर वा आफ्नो बिचार र दृष्टिकोण राखेर मात्र सम्भव हुदैन। “सांस्कृतिक/सम्बैधानिक राजा र सुधारिएका सास्कृतिक पार्टीहरु” यि दुवै नागरिक चेतनाबाट जन्मिन्छन र नागरिकको विवेक, निरन्तर खबरदारी र अभिमतले सम्भव हुनेछन।

नागरिक स्वयं जागरूक, सुसंस्कृत, राजनितिक चेतना र विवेकको प्रयोग भएन भने कुनै पनि प्रणाली स्थायी हुन सक्दैन। जसरी बिगतमा नेपालमा कुनै पनि व्यवस्था, कुनै पनि तन्त्र स्थायी भएका छैनन। शिक्षा, नैतिकता र नागरिक उत्तरदायित्व अनि समाजिक-राजनितिक चेतनाले मात्र लोकतन्त्रलाई सबल र स्थायि बनाउदछ।
आजको युगमा नेपाललाई युग सुहाउदो राजनितिक परिपक्वता, एकताको सङ्कल्प, फरक बिचारको सम्मान र सास्कृति रक्षा गर्ने आत्मबोध चाहिएको छ।
राजा (राजसस्था) र दलहरुबीच सन्तुलन मात्र होइन, समन्वय र सहकार्यको पनि आवस्यक छ । जहाँ राजा राष्ट्रको “संवेदना , सस्कृती र सम्बिधानका” प्रतीक हुनेछन भने दलहरू “सेवा, सुधार र सुशासन”का प्रतिनिधि हुनेछन्।

यसो भए राजाले संस्कृतिको सन्तुलन जोगाउने र दलहरूले नागरिक अधिकार र प्रगतिका बाटो खोल्ने दिशामा अग्रसर हुनेछन। राजनीति सुधार, कुटनितिक निकास र संस्कृतिको पुनरुत्थानमा एकसाथ अघि बढे मात्र नेपाल “संवेदनशील, अशान्त र सङ्कटपुर्ण राष्ट्र” बाट “सबल, सुसस्कृत र सफल राष्ट्र” मा रूपान्तरण हुनेछ।ई. बिबेक पन्त

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा
विचार/ब्लग

बालेन सरकारको १०० बुँदे कार्यसूची राष्ट्र र जनहितमा

२०८२ कार्तिक १७, सोमबार १७:४४
सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र
विचार/ब्लग

सभापति थापाको उच्चतम् राजनीतिक नैतिकता : नेता मिश्र

२०८२ कार्तिक १७, सोमबार १७:४४
लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर
विचार/ब्लग

लीयकरणको अन्त्य गरी हरेक क्षेत्र सुधार गर्न बालेन सरकारलाई ऐतिहासिक अवसर

२०८२ कार्तिक १७, सोमबार १७:४४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

‘वर्ल्ड लिङ्क बिट द स्पीड’ को तेस्रो संस्करणका लागि एन्ड्रयु लियोनार्ड महेन्द्रनगर आउँदै

२०८२ कार्तिक १७, सोमबार १७:४४
इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ कार्तिक १७, सोमबार १७:४४
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ कार्तिक १७, सोमबार १७:४४
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ कार्तिक १७, सोमबार १७:४४
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ कार्तिक १७, सोमबार १७:४४
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ कार्तिक १७, सोमबार १७:४४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व