Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

इरानसँग नेपाल पराजित, इरान प्रतियोगिताको उपाधि विजेता

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
कार्तिक ८, २०८२
इरानसँग नेपाल पराजित, इरान प्रतियोगिताको उपाधि विजेता

अन्नपूर्ण

0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : नेपाल, भारत र इरान बीचको त्रिदेशीय फिफा मैत्रीपूर्ण प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानसँग पराजित भएको छ।

भारतको सिलोङस्थित जवारलाल नेहरू रङ्गशालामा भएको खेलमा नेपाल इरानसँग ३(० ले पराजित भएको हो।

नेपाललाई हराउँदै इरान लगातार दुई खेलमा जितसहित प्रतियोगिताको उपाधि जितेको छ।

खेलको एघारौँ मिनेटमा नेपालले फ्री किक मार्फत राम्रो मौका पाएको थियो। जसमा प्रीति राईले प्रहार गरेको फ्री किक बललाई कप्तान सावित्रा भण्डारीले राम्रोसँग कन्ट्रोलमा लिन सकिनन्।

खेलको ३१ औँ मिनेटमा नेपालको तर्फबाट सुनौलो अवसर गुम्यो। सविता राना मगरले हानेको बल डिफेन्डरले क्लियर गर्न नसक्दा नेपालकी मिडफिल्डर रेखा पौडेलले उक्त बल प्राप्त गरेकी थिइन्। पोष्टको ठिक अगाडि डिफेन्डरलाई बिट गर्दै पाएको बललाई उनले सदुपयोग गर्न नसक्दा बल पहिलो पोस्ट हुँदै बाहिरियो।

पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफको सुरुवातमा नै नेपालले ३ गोल बेहोर्‍यो।

खेलको ४९ औँ मिनेटमा इरानकी साराले बिमल नेपालको डिफेन्डर बिमला विक र गोलकिपर एन्जिला तुम्बापो सुब्बालाई बिट गर्दै गोल गरिन्। इरानकी गोलकिपरले फालेको लङ बललाई गोलमा परिणत गरेकी हुन्। खेलको ५२ औँ मिनेटमा इरानले दोस्रो गोल गर्‍यो। इरानका लागि कप्तान जेहरा गाबारीले डिबक्स बाहिर पाएको फ्री किकलाई दोस्रो बारमा गोल गरेकी हुन्।

खेलको ५७ औँ मिनेटमा नेपालले तेस्रो गोल बेहोर्‍यो। इरानको लागि जर्सी नम्बर ८ कि सबनामले इरानको लागि तेस्रो गोल गरिन्।

खेलको ६९ औँ मिनेटमा प्रीति राईले बिट गर्दै हानेको प्रहार पहिलो बार हुँदै बाहिरियो। ‌

खेलको ७८ औ मिनेटमा प्रीति राईले पोस्ट बाहिरबाट दिएको बललाई रश्मी कुमारी घिसिङले गरेको फाइडरलाई इरानकी गोलकिपरले दोस्रो बार बाट बाहिर पठाइदिइन्।
दोस्रो हाफमा नेपालको रक्षा पंक्ति कमजोर देखियो। जसको फलस्वरूप नेपालका प्रशिक्षक नविन न्यौपानेले रक्षा पंक्ति बलियो बनाउँदै अग्रपंक्तिमा पनि रश्मीकुमारी घिसिङ, अनिता बस्नेत थप्दै मिडफिल्डमा दिपा शाही र रक्षा पंक्तिमा मनमाया दमाई जस्ता खेलाडीलाई थपे। गोलकिपरमा एन्जिला तुम्बापो सुब्बालाई परिवर्तन गर्दै अञ्जना राना मगर मैदान प्रवेश गरिन्।

दोस्रो हाफको १२ मिनेट भित्र तीन गोल बेहोर्दा नेपाललाई त्यसपछि कमब्याक गर्न निकै गाह्रो पर्यो।

इरानको बलियो डिफेन्स नेपालको आक्रमणले केही मौका बनाए पनि सफल पनि हुन सकेन।

फिफा वरीयतामा इरान ७०औँ र नेपाल ८९औँ स्थानमा छ । यसअघि नेपाल र इरानको महिला टोलीबीच एक पटक मात्र खेल भएको छ । ६ वर्ष अगाडि नेपाल र इरानले २०१९ मा खेलेका थिए। जसमा नेपाल ३(० ले विजयी भएको थियो। आज त्यसको ठिक विपरीत भएको छ।

इरानले यस मैत्रीपूर्ण खेलको पहिलो खेलमा आयोजक भारतलाई २–० ले पराजित गरिसकेको छ।

नेपालले दोस्रो खेल आयोजक भारतसँग कार्तिक १० मा खेल्नेछ। अन्नपूर्ण

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ
खेलकुद

एसीसी प्रिमियर कपका लागि नेपाली टोलीको बिदाइ

साउन २९, २०८३
दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा
खेलकुद

दशौँ राष्ट्रिय खेलकुद मङ्सिर १६ देखि सुर्खेतमा

साउन २९, २०८३
बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३
एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

एनएनएसडब्ल्यूए-को २७ औँ वार्षीक साधारण सभा तथा सातौँ महाधिवेशन सम्पन्न, नयाँ कार्य समिति चयन

साउन ३१, २०८३
देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

देउवाकै नेतृत्वमा कांग्रेसको १५औँ महाधिवेशन गर्ने सहमति

साउन ३१, २०८३
न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

न्यायको आसनदेखि गीतको संसारसम्म : गीतकार भीमकुमार ओझाको सिर्जनायात्रा

साउन ३१, २०८३
संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

संरक्षणको पर्खाइमा ऐतिहासिक ५२ ढोके दरबार, स्थानीयद्वारा सरसफाइ

साउन ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व