काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज लक्ष्मीपूजा र बुधबार भाइटीकाको दिन खेल नहुने भएको छ।
नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको खेल तालिकाअनुसार यी दुई दिन प्रतियोगितामा विश्राम दिइएको हो।
भोलि हुने खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्स तथा चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। त्यस्तै, मंगलबार जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्।
भाइटीकाको भोलिपल्ट बिहीबार पनि दुई खेल हुनेछन्। पहिलो खेलमा विराटनगर किङ्स र पोखरा एभेन्जर्स तथा दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स भिड्नेछन्।
यसअघि शनिबार भएको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो।










Discussion about this post