कञ्चनपुर । आईसीसी टी–२० एशिया तथा इस्ट एशिया–प्यासिफिक छनोटको उपाधि जितेर नेपालले ऐतिहासिक सफलता हात पारेको छ। अपराजित यात्रासहित च्याम्पियन बनेको खुसीयालीमा नेपाली क्रिकेट टोलीका स्टार स्पिनर सन्दीप लामिछानेले सामाजिक सञ्जालमा देश र जनताप्रति समर्पित एक भावुक सन्देश पोष्ट गरेका छन्।
सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्:
“यो अनुभूतिलाई शब्दमा व्यक्त गर्न सकिँदैन। 🇳🇵 प्रत्येक पटक हामी मैदानमा उत्रँदा सपना मात्र होइन, एउटा राष्ट्रको मुटु बोकेका हुन्छौं। हामी नेपालका लागि, झण्डाका लागि, र हामीमा विश्वास गर्ने हरेक व्यक्तिका लागि खेल्छौं। यो यात्रा माया, त्याग र हाम्रो जनताको अटुट भावनामा आधारित छ। मेरो परिवार, टिमका साथीहरू, र विश्वास गर्न कहिल्यै नछाड्ने शुभचिन्तकहरूप्रति धेरै आभारी छु — यो क्षण तपाईंहरू सबैको हो। हामीले सँगै इतिहास बनाएका छौं र यात्रा जारी छ। टी–२० विश्वकप, हामी आउँदैछौं! “
नेपालले छनोट प्रतियोगितामा आफ्नो अपराजित यात्रा कायम राख्दै सुपर–सिक्समा ५ खेलमा १० अङ्कसहित शीर्ष स्थानमा रहेर उपाधि जित्यो। नेपाल, ओमान (८ अङ्क) र यूएई (६ अङ्क) सुपर–सिक्सको शीर्ष तीनमा रहँदै अर्को वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकपका लागि छनोट भएका छन्। सन्दीप लामिछानेको यो सन्देशले नेपाली क्रिकेटको सफलतामा जनताको साथ र विश्वासको महत्त्वलाई दर्शाएको छ।









Discussion about this post