Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

आइसिसी मेन्स टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २३, २०८२
आइसिसी मेन्स टी–२० विश्वकप छनोटमा नेपालको विजयी सुरुवात
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – आइसिसी मेन्स टी–२० विश्वकप एसिया एन्ड इएपी छनोटमा नेपालले विजयी सुरुवात गरेको छ। बुधबार सम्पन्न खेलमा नेपालले कुवेतमाथि ५८ रनको सानदार जित दर्ता गरेको हो।

पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा १४१ रनको प्रतिस्पर्धात्मक योगफल तयार पारेको थियो। जवाफमा कुवेतको टोली १८.१ ओभरमै ८३ रनमा अलआउट भयो।

कुवेतका लागि ओपनर क्लिन्टो अन्तोले २६ रन, यसिन पटेलले १९ रन र मीत भाश्वरले ११ रन जोड्न सके भने अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन्। नेपालका तर्फबाट ललित राजवंशी, सन्दीप लामिछाने र रोहित पौडेलले समान २–२ विकेट लिँदै उत्कृष्ट बलिङ प्रदर्शन गरे। यस्तै सोमपाल कामी, नन्दन यादव र कुशल भुर्तेलले समान १–१ विकेट जोडे।

भुर्तेलको अर्धशतक, अन्तिम ओभरमा धुवाँधार ब्याटिङ
नेपालका लागि ओपनर कुशल भुर्तेलले उत्कृष्ट प्रदर्शन गर्दै अर्धशतक प्रहार गरे। अन्तिम ओभरको पाँचौं बलमा आउट हुनुअघि उनले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन जोडे। नेपालले सुस्त सुरुवात गरेको थियो। अर्का ओपनर आसिफ शेख २ रनमा आउट भए भने कुशल मल्ल (४ रन) र कप्तान रोहित पौडेल (१६ रन) पनि लामो टिक्न सकेनन्।

१२ ओभरसम्म ४ विकेट गुमाएर ६३ रनमा सीमित रहेको नेपालले अन्तिम चरणमा आक्रामक ब्याटिङ गर्‍यो। दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए पनि १९औँ ओभरमा कुशल भुर्तेल र गुल्सन झाले शानदार प्रदर्शन गरे।

नवीनराज राजेन्द्रनको ओभरमा भुर्तेलले दुई चौका र झाले तीन छक्का प्रहार गर्दै सो ओभरमै २७ रन जोडे। गुल्सनले ६ बलमा ३ छक्कासहित २० रन बनाएका थिए। बलिङतर्फ कुवेतका नवीनराजले ४ ओभरमा ४० रन खर्चेर २ विकेट लिँदा अनुदिप चेन्थामाराले अन्तिम ओभरमा २ विकेट हात पारे।

सुपर–६ को दिशामा नेपाल
नेपाल समूह २ मा रहेको छ, जसमा कुवेत र जापान छन्। शुक्रबार नेपालले आफ्नो दोस्रो खेल जापानसँग खेल्नेछ।

समूहको शीर्ष दुई टोली सुपर–६ मा पुग्नेछ, जहाँ प्रत्येक समूहका शीर्ष दुई टोली (मोट ६) बीच प्रतिस्पर्धा हुनेछ। सुपर–६ मा आफ्नै समूहको टोलीसँग पुनः खेल नहुने भएकाले समूह चरणको जित पनि सुपर–६ चरणका लागि अत्यन्त महत्वपूर्ण हुनेछ। सुपर–६ को अन्त्यमा शीर्ष तीन टोलीले आइसिसी टी–२० विश्वकप २०२६ का लागि छनोट पाउनेछन्। नेपाल यसअघि दुई पटक (२०१४ र २०२४) विश्वकपमा पुगेको थियो। यस पटक सुपर–६ चरणमा उत्कृष्ट प्रदर्शन गर्दै नेपाल लगातार दोस्रो पटक र समग्रमा तेस्रो पटक विश्वकपमा स्थान बनाउन चाहन्छ।

समूहहरू
समूह १: युएई, मलेसिया, कतार
समूह २: नेपाल, कुवेत, जापान
समूह ३: ओमान, पिएनजी, सामोआ

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

पूर्वानुमानमा आधारित पूर्वकार्य राष्ट्रिय कार्यढाँचाको स्थानीयकरणका लागि सुदूरपश्चिममा प्रदेश स्तरीय संवाद सम्पन्न; ११ बुँदे सामूहिक प्रतिबद्धता पत्र जारी

साउन २३, २०८३
विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

विपद् जोखिमयुक्त घरधुरीलाई ‘कागजपत्र सुरक्षा फाइल’ वितरण सुरु

साउन २२, २०८३
सामान्य घट्यो शेयर बजार, कारोबार रकम वैशाख १५ यताकै उच्च

नेप्से कारोबार ३ अर्ब ७७ करोडमा सीमित

साउन २२, २०८३
प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

प्रधानमन्त्रीले भेटका लागि समय नदिएको भन्दै सांसद भरतकुमार स्वाँरको आपत्ति

साउन २२, २०८३
डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

डिल्ली हरिजनको जीवन रक्षासहित माग पूरा गर्न सरकारलाई आग्रह

साउन २२, २०८३
प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

प्रधानमन्त्री कार्यालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

साउन २२, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व