Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

क्रिकेटद्वारा कठिन परिस्थितिमा देशलाई ऐतिहासिक उपहार

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ आश्विन १५, बुधबार १९:४४
क्रिकेटद्वारा कठिन परिस्थितिमा देशलाई ऐतिहासिक उपहार
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

नेपालमा गत भदौ २३ तथा २४ गते भएको जेन्जी आन्दोलनका सिलसिलामा ७४ जनाको दुःखद निधन हुनुका साथै हजारौं सर्वसाधारण घाइते भई मुलुकवासी नै आहत भइरहेको बेला नेपाली क्रिकेट खेलाडीहरुले थोरै भए पनि मल्हम लगाउने प्रयास गरेका छन्।

नेपाली राष्ट्रिय पुरुष क्रिकेट टिमले ऐतिहासिक जितको माध्यमबाट मुलुकको प्रतिष्ठा बढाउन योगदान गरेका छन्। विश्वमै शक्तिशाली क्रिकेट टिमका रुपमा स्थापित वेस्ट इन्डिजलाई टी(२० तीन दिवसीय क्रिकेट शृङ्खलामा पराजित गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपालको चर्चा चुलिएको छ।

संयुक्त अरब इमिरेटसको सारजहाँमा भएको दुई मुलुकबीचको त्रिदिवसीय श्रृखङ्लाअन्तर्गतका तीन खेलमध्ये लगातार दुई खेल जितेर नेपालले उपाधि हात पारेको थियो । नेपालले क्लिन स्विप त गर्न सकेन । तेस्रो खेलमा नेपाल पराजित भएको थियो ।

नेपालले पहिलो दिनकै खेलमा वेष्ट इण्डिजलाई १९ रनले पराजित गर्दै ऐतिहासिक नतिजा हासिल गरेको थियो । दोस्रो दिनको खेलमा पनि नेपालले ९० रनको फराकिलो अन्तरले विपक्षी टिमलाई पराजित गरी एक खेल बाँकी छँदै उपाधि कब्जा गर्न सफल भएको थियो । तेस्रो खेलमा भने नेपाललाई वेष्ट इण्डिजले १० विकेटले हराएको थियो ।

नेपालले पहिलोपटक अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीको पूर्ण सदस्य टिमसँग शृङ्खला प्रतियोगिता खेलेको थियो । आइसिसीको एसोसिएट सदस्य रहेको नेपालले पूर्ण सदस्य रहेको वेष्ट इन्डिजलाई शृङ्खलामै पराजित गर्न सक्नु अभूतपूर्व सफलता मान्न सकिन्छ ।

नेपालले यसअघि आइसिसीका पूर्ण सदस्य रहेका मुलुकको टिमसँग आठवटा खेल खेले पनि कुनै पनि खेल जित्न सकेको थिएन । नेपाललाई यस्तो सफलता प्राप्त गर्न धेरै समय लाग्यो । सन् २०२४ को टी ट्वान्टीको विश्वकपमा दक्षिण अफ्रिकासँग एक रन मात्रको झिनो अन्तरले पराजित पराजित भएको नेपाललाई यसपालि वेष्ट इन्डिज विरुद्धको जितले विश्वभरि दसैँको खुसियाली मनाइरहेका नेपालीहरुमा खुसीको सञ्चार गराइदिएको छ ।

एक पटक विश्वकप तथा दुईपटक टी ट्वान्टी विश्वकप जितिसकेको वेष्ट इन्डिज विरुद्धको क्रिकेट शृङ्खलामा नेपालको अविस्मरणीय जितले नेपाल क्रिकेटका अन्य शक्तिशाली मुलुकसँग प्रतिस्पर्धा गर्न तयार रहेको सन्देश दिन सफल भएको छ ।

ओमानमा छिट्टै हुने आगामी विश्वकपको छनोट चरणमा नेपाल सशक्त प्रतिस्पर्धीका रुपमा प्रस्तुत हुने सन्देश पनि सारजहाँको प्रतियोगिताले दिएको छ । सन् २०२६ मा भारत तथा श्रीलङ्कामा आयोजना हुने आइसिसी पुरुष टि ट्वान्टी विश्वकपमा नेपालले प्रवेश पाउन कुवेत तथा जापानविरुद्ध प्रतिस्पर्धा गर्दैछ।

सहिदप्रति समर्पण

नेपाली क्रिकेट खेलाडीले सारजहाँमा आफूले प्राप्त गरेको पुरस्कार नै जेन्जी आन्दोलनमा सहिद भएकाहरुप्रति समर्पण गरी आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् ।

पहिलो दिनको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्दै वेष्ट इन्डिजलाई पराजित गरेपछि कप्तान रोहित पौडेलले ‘म्यान अफ दी म्याच’ पुरस्कार प्राप्त गरेका थिए। उनले सो पुरस्कार ग्रहण गरेलगत्तै जेन्जी आन्दोलनमा भएका सहिदहरुप्रति समर्पण गरेको घोषणा गरेका थिए ।

नेपालमा जेन्जी आन्दोलन भइरहँदा नेपाली टिम काठमाडौँमै थियो । खेलाडीहरुले पनि मुलुकको पछिल्लो वास्तविक स्थितिको अनुभव गरेका थिए । मुलुकको स्थिति बिग्रँदै गएपछि भिसाको ढिलाइका कारण नेपाली क्रिकेट टिम निर्धारित समयभन्दा ढिलो सारजहाँ पुगेको थियो । खेलाडीको सहिदप्रतिको समर्पणको कदमले खेलमार्फत सकारात्मक सामाजिक सन्देश प्रवाह हुनाका साथै राष्ट्रिय एकता मजबुत बनाउन सकारात्मक दृष्टान्त प्रस्तुत गरेको छ ।

दर्शकहरुको अपार समर्थन

विगतका वर्षहरुदेखि नै विभिन्न मुलुकमा नेपाली खेलाडीहरुको क्रिकेट प्रतियोगिता भएको बेला दर्शकहरुको उपस्थिति उल्लेखनीय हुने गरेको छ । झन् सारजहाँ त क्रिकेट खेलाडी तथा समर्थकहरुका लागि कुनै नौलो रङ्गशाला होइन ।

सन् १९८४ देखि यहाँ क्रिकेटका अन्तरराष्ट्रिय प्रतियोगिताहरु हुँदै आइरहेका छन् । यस रङ्गशालामा कयौं विश्वस्तरीय प्रतियोगिताको आयोजना भइसकेका छन् ।

नेपाली टिमले यसअघि पनि यस क्रिकेट मैदानमा प्रतिस्पर्धा गर्दा नेपाली खेलप्रेमीहरुको अपार समर्थन पाउँदै आएको थियो यसपालि युनिटी कपअन्तर्गत भएका तीनवटै खेलमा अत्यधिक नेपाली दर्शकहरुले प्याराफिट भरिएको थियो । संयुक्त अरब इमिरेटस् नेपाली कामदारहरुका लागि प्रमुख गन्तव्य मानिएको छ ।

नेपाल र संयुक्त अरब इमिरेटस्बीच सन १९७७ मा कूटनैतिक सम्बन्ध स्थापना भएको थियो । यसपटकको शृङ्खलामा काममा बिदा लिएर नेपाली टिमको जर्सी लगाउँदै खेल हेर्न आएका समर्थकहरुले खेल प्रारम्भ भएदेखि अन्तिम समयसम्म निरन्तर गरेको समर्थनले खेलाडीहरुको मनोबल बढाउन ठूलो भूमिका खेलेको थियो । यसले विदेशमा रहेका नेपालीहरुको स्वदेशप्रतिको माया तथा राष्ट्रिय एकताको भावना प्रतिबिम्बित गरेको छ ।

नेपाल नै आयोजक

आगामी विश्वकप छनोटका लागि तयारी गरिरहेको नेपालले विश्व च्याम्पियन भइसकेको वेष्ट इन्डिज जस्तो टेष्ट मान्यता प्राप्त अनुभवी टिमसँग लगातार तीनवटा खेल खेल्ने अवसर पाउनाले नेपाली खेलाडीहरुलाई हौसला र अनुभव मिलेको छ ।

यसरी खेलाडीहरुलाई यस्तो अपूर्व अवसरको बन्दोबस्त नेपाल क्रिकेट सङ्घ क्यानले नै गरेको थियो । क्यानले यसरी विदेशी भूमिमा पहिलोपटक यस्तो प्रतियोगिताको आयोजना गरेको हो ।

क्यानले क्रिकेट वेष्ट इन्डिजसँगको सहकार्यमा शृङ्खलाको आयोजना गरेको थियो । संयुक्त अरब इमिरेटस्को क्रिकेट बोर्डले म्याच सञ्चालनका लागि सहजीकरण गरेको थियो ।

आयोजकहरुले नेपालमा रहेको त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानको निर्माण तथा मर्मतसम्भार कार्य जारी रहेकाले दुई देशबीचको शृङ्खलाका लागि सारजहाँलाई उपयुक्त खेल गन्तव्यका रुपमा छनोट गरेको हुनसक्ने आकलन गर्न सकिन्छ ।

दक्षिण एसियामै भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश जस्ता टिम हुँदा हुँदै वेष्ट इन्डिजले नेपालसँग शृङ्खला खेल्न सहमति जनाएर नेपालको क्रिकेटको विकासका लागि महत्वपूर्ण योगदान दिएको छ ।

सन्दीपको सन्दर्भ

यसपटकको शृङ्खलामा लेग स्पिनर सन्दीप लामिछानेको सन्दर्भमा धेरैको चासो रह्यो । नेपाली क्रिकेट टिम सारजहाँतर्फ प्रस्थान गर्ने बेलामा आफ्नो टिमका सहकर्मीहरुसँग हाँसोमज्जा गर्दै सामाजिक सञ्जाल भ्लगका लागि अन्तर्वार्ता लिइरहेको देखिएका सन्दीप पहिलो दिनको खेलमा वैकल्पिक खेलाडीको सूचीमा समेत परेनन् ।

तर उनी मुख्य प्रशिक्षक स्टुअर्ट लसँगै बसेर खेल हेरिरहेको तथा नेपालको जितपछि खुसियाली मनाइरहेका खेलाडीहरुसँग मैदान परिक्रमामै देखिएका थिए । तर दोस्रो र तेस्रो दिनको खेलमा पनि उनलाई वैकल्पिक सूचीमा नराखिएको मात्र होइन, उनी खेलाडीहरुको टिमसँगै प्रतियोगिता स्थलमै गएको समेत देखिएन ।

विश्वमै आफ्नो बेग्लै पहिचान बनाउन सफल खेलाडी सन्दीपलाई नखेलेको देखेपछि खेलप्रेमीहरुमा चासो र चिन्ता बढनु स्वभाविकै थियो । पछिल्लोपटक नेपाली टिमको अष्ट्रेलिया भ्रमणमा समेत सन्दिपको प्रदर्शन प्रशंसनीय नै थियो ।

सारजहाँ जानुअघि उनी प्रशिक्षणमा पनि सामेल भएका थिए । पहिलो दिनको खेलपछि नेपालका मुख्य प्रशिक्षक लले सन्दिपले व्यक्तिगत कारणले नखेलेको पत्रकारहरुलाई जानकारी दिएका थिए ।

यस सन्दर्भमा विभिन्न सञ्चारमाध्यममा समाचार आएका थिए । तर सन्दिपले नेपाल क्रिकेट सङ्घसम्बन्धी कुरा व्यक्तिगत विषय भएको तथा त्यसको समाधान आफैंले गरिहाल्ने धारणा आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका थिए ।

अम्पायर पनि नेपाली

नेपाली क्रिकेट खेलाडीहरुले अन्तरराष्ट्रिय रुपमा जुन सफलता हासिल गर्दै गइरहेका छन्, रेफ्री, अम्पायरलगायत अन्य अफिसियलमा पनि नेपालीहरुको पहुँच हुनु खुसीको कुरा हो । सारजहाँमा विदेशी रेफ्री तथा अम्पायरको समूहमा नेपालीहरुको पनि संलग्नता रहेको थियो ।

नेपालका तीन जना अन्तरराष्ट्रिय अम्पायर बुद्धिबहादुर प्रधान, विनयकुमार झा तथा दुर्गानाथ सुवेदीले अम्पायरको भूमिका निभाएर खेल निष्पक्ष बनाउन योगदान गरेका थिए ।

नेपाली पनि कमेन्टेटर

नेपाल र वेष्ट इन्डिजबीच भएको टी ट्वान्टी शृङ्खलामा टेलिभिजनको प्रत्यक्ष प्रसारणमा अन्तरराष्ट्रिय प्रत्यक्ष प्रसारणकर्ता अर्थात कमेन्टेटरहरु इयान बिसप, एन्ड्रु लियोनार्ड तथा कार्लोस ब्रेथ ह्वाइटको संलग्नता रहेको थियो ।

उनीहरुले क्रिकेट प्रतियोगिताको यथार्थ स्थितिको वर्णन गर्नाका साथै बेलाबेलामा नेपालको सुन्दरताको खुलेरै बयान गर्ने गरेका थिए । इयान बिसपले ढाकाटोपी लगाएर खेलको वर्णन गरिरहेको दृश्य टेलिभिजनमा देखिएको थियो ।

एन्ड्रु लियोनार्ड त दौरा सुरुवालमै सजिएका थिए । उनी नेपालका अत्यन्त ठूला प्रशंसक हुन् । धेरैपटक नेपालको खेलको प्रत्यक्ष प्रसारणमा उद्घोषण गरिसकेका उनले अन्तरराष्ट्रियजगत्मा नेपालको प्रचार गर्न योगदान गर्दै आइरहेका छन् । उनीहरुको साथमा नेपाली कमेन्टरहरु पनि संलग्न भएका थिए।

कमेन्ट्री प्यानलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान परेश लोहनीका साथै पूर्वराष्ट्रिय खेलाडी शरद् भेषावकर तथा सचिन तिमिल्सिना थिए । आगामी दिनमा नेपाली कमेन्टेटरहरुको सम्भावना अन्य अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा पनि हुन सक्ने अपेक्षा गरिएको छ ।

नेपालले वेष्ट इन्डिजलाई ऐतिहासिक रुपमा पराजित गरी हासिल गरेको युनिटी कपले आगामी विश्वकप छनोटमा यथोचित प्रदर्शनका लागि थप ऊर्जा प्रदान गरेको छ । विगत केही समयदेखि निरन्तर विश्वकपका लागि तयारीमा रहेको नेपाली टिमको मनोबल उच्च बनाउन सारजहाँको नतिजाले पक्कै सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

यही असोज २६ देखि ३१ गतेसम्म ओमानमा आइसिसी पुरुष टी ट्वान्टी विश्वकपको एसिया तथा प्रशान्त क्षेत्रको छनोट प्रतियोगिता हुँदैछ । विभिन्न नौ मुलुकको सहभागिता रहने उक्त प्रतियोगितामा नेपाल रहेको समूह दुईमा कुवेत तथा जापान रहेका छन् । तीनवटा समूहबाट उच्चतम् अङ्क हासिल गर्ने तीनवटा टिम आगामी आइसिसी टी ट्वान्टी विश्वकपका लागि छनोट हुनेछन् ।

सन् २०१४ मा पहिलोपटक विश्वकपमा प्रवेश खेलेको नेपालले सन् २०२४ मा दोस्रोपटक सहभागिता जनाएको थियो । दुईपटक टी ट्वान्टी विश्वकप जितिसकेको वेष्ट इन्डिजलाई पहिलोपटक पराजित गरेपछि नेपाल तेस्रोपटक पनि विश्वकपको ढोका खोल्न समर्थ हुने अपेक्षा गरिएको छ । डिसी नेपालबाट सभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

टी-२० विश्वकप २०२६ को उपाधी भारतलाई, न्युजिल्यान्ड ९६ रनले पराजित
खेलकुद

टी-२० विश्वकप २०२६ को उपाधी भारतलाई, न्युजिल्यान्ड ९६ रनले पराजित

२०८२ आश्विन १५, बुधबार १९:४४
टी-२० विश्वकपअन्तर्गत आज सुपर-८ चरणका दुई खेल हुँदै
खेलकुद

टी-२० विश्वकपअन्तर्गत आज सुपर-८ चरणका दुई खेल हुँदै

२०८२ आश्विन १५, बुधबार १९:४४
टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा उक्लिए
खेलकुद

टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरी चौथो स्थानमा उक्लिए

२०८२ आश्विन १५, बुधबार १९:४४

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ आश्विन १५, बुधबार १९:४४
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ आश्विन १५, बुधबार १९:४४
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ आश्विन १५, बुधबार १९:४४
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ आश्विन १५, बुधबार १९:४४
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ आश्विन १५, बुधबार १९:४४
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ आश्विन १५, बुधबार १९:४४

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व