Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज १३, २०८२
पाकिस्तानलाई हराउँदै भारतले जित्यो एसिया कपको उपाधि
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : पाकिस्तानलाई हराउँदै भारतले एसिया कप २०२५ को उपाधी जितेको छ। भारतले प्रतियोगिता अवधिभर अपराजित रहँदै उपाधि जितेको हो।

यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडिययमा भएको खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो।

साविक विजेता भारतले ४० वर्षको एसिया कपको इतिहासमा पहिलो पटक ‘आर्च राइभल’ मानिएको पाकिस्तानलाई हराउँदै उपाधि जित्यो। भारतको यो नवौं एसिया कपको उपाधप हो। जसमा भारतले ७ वटा एकदिवसीय फर्म्याटमा जितेको थियो। टी-२० फर्म्याटमा भारतले २०१६ मा एसिया कपको उपाधि जितेको थियो।

फाइनल खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको पाकिस्तान १९.१ ओभरमा अलआउट हुँदै १४६ रन बनाएको थियो।
पाकिस्तानले दिएको १४७ रनको विजयी लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै १५० रनसहित लक्ष्य पूरा गरेको हो।

भारतको जितमा तिलक बर्माले सार्वधिक ६९ रनको अविजित पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै भारतलाई उपाधि दिलाए। उनीसँगै रिन्कु सिंहले अन्तिम बलमा चौका प्रहार गर्दै ४ रनमा अविजित रहे।

सुरुवाती ३ विकेट पावरप्ले भित्र नै गुमाइसकेको भारतका लागि तिलक बर्माले सम्हालिएको पारी खेले। उनले सन्जु सामसनसँग ५७ रन र शिवम दुबेसँग ६० रनको साझेदारी गर्दै टिमलाई जित तर्फ लम्बाएका हुन्।

ओपनरद्वय अभिषेक शर्मा ५ र शुभ्मन गिल १२ रनमा पेभेलियन फर्किए। कप्तान सुर्य कुमार यादव खाता खोल्दै क्याच भएका थिए। सन्जु सामसनले २४ रन बनाए। शिवम् दुबेले ३३ रन बनाए।

पाकिस्तानका लागि फहिम असरफले ३ विकेट लिए। शाहिन शाह अफ्रिदी र अबर अहमदले १-१ विकेट लिए।
त्यसअघि, ब्याटिङ गरेको पाकिस्तानका लागि ओपनर ब्याटर साहिबजादा फरहानले सर्वाधिक ५७ रन बनाए। उनले ३८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। उनले पहिलो विकेटका लागि फखर जमानसँग ८४ रनको साझेदारी गरेका थिए। फखरले ३५ बलमा ४६ रन बनाए।

कोल्याप्स भएको पाकिस्तानको मिडलअर्डर
राम्रो सुरुवात पाएको पाकिस्तानको यो प्रतियोगिता अवधिभर नै मिडरअर्डर कोल्याप्सको समस्या रह्यो। आजको खेलमा पनि त्यही भयो। ११३ मा दोस्रो विकेट गुमाएको पाकिस्तानले थप २४ रन बनाउँदा ५ विकेट गुमायो। १३४ मा ७ को अवस्थामा पाकिस्तान आइपुगेको थियो।

१७.५ ओभरमा १४१ रन बनाउँदा पाकिस्तानले नवौं विकेटको रुपमा हरिश रौफलाई गुमायो। त्यसपछि १९।१ ओभरमा मोहम्मद नवाजको रुपमा पाकिस्तान अलआउट भयो। एसिया कपको फाइनलमा स्थान बनाएको पाकिस्तानको प्रतियोगिता अवधीभर नै ब्याटिङमा समस्या देखिएको थियो। फाइनलमा भारत जस्तो बलियो प्रतिस्पर्धीविरुद्ध अघिल्लो २ खेलबाट पाकिस्तानले केही सुधार गरेको देखिएन। ओपनिङमा राम्रो सुरुवात पाएको पाकिस्तानले मिडल ओभर कोल्याप्स हुँदा खेल गुमायो।

भारतका लागि बलिङमा सोचेअनुरुप नै स्पिनर हाबी भए। भारतका स्टार स्पिनर कुलदिप यादवले सर्वाधिक ४ विकेट लिए। अक्षर पटेल, वरुण चक्रवर्ती र जसप्रित बुमराहले समान २-२ विकेट लिए।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित
मुख्य समाचार

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन
मुख्य समाचार

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
पाल्पामा टिप्पर दुर्घटना, मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
फ्ल्यास हेडिङ

ट्रकको ठक्करबाट एमाले नेत्री सापकोटाको निधन

भदौ १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत

भदौ १, २०८३
विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

विद्युतमा बढाइएको भ्याट फिर्ताको माग गर्दै उज्यालो नेपाल पार्टी आन्दोलित

भदौ १, २०८३
सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

सांसदका प्रश्नको जवाफ दिन संसदमा उपस्थित हुन प्रधानमन्त्रीलाई सभामुखको निर्देशन

भदौ १, २०८३
विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

विदेशी मुद्रासहित निगमका २ कर्मचारी पक्राउ

भदौ १, २०८३
साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

साउन महिनामा सरकारको राजस्व आम्दानी बढ्यो

भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

आजदेखि देशभरका म्यानपावर कम्पनी बन्द, वैदेशिक रोजगारीका उडानसमेत रोकिँदै

भदौ १, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व