Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साफ यू-१७ च्याम्पियनसिप स् सेमिफाइनलमा भारतको सामना गर्दै नेपाल

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ९, २०८२
साफ यू-१७ च्याम्पियनसिप स् सेमिफाइनलमा भारतको सामना गर्दै नेपाल
0
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर। श्रीलंकामा भइरहेको साफ यू-१७ च्याम्पियनसिपमा आज सेमिफाइनल खेल हुँदैछ । जहाँ नेपालले साविक विजेता भारतको सामना गर्दैछ ।

नेपाल र भारतबीचको खेल कोलोम्बो रेसकोर्समा नेपाली समय अनुसार बेलुका ७स्४५ बजे सुरु हुनेछ ।

त्यसअघि बंगलादेश र पाकिस्तानबीच दिउँसो ३:४५ बजे पहिलो सेमिफाइनल हुनेछ ।

नेपाल समूह ए को उपविजेता तथा भारत समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो ।

तीन टोली मात्र रहेको समूहमा मिश्रित नतिजा निकालेको नेपालले पहिलो खेलमा श्रीलंकालाई २(० ले पराजित थियो भने दोस्रो खेलमा बंगलादेशसँग ४(० ले पराजित भएको थियो ।

उता भारतले भने समूह विजेता बन्ने क्रममा तीन वटै खेल जितेर अपराजित रह्यो । पहिलो खेलमा माल्दिभ्सलाई ६(० को फराकिलो अन्तरले हराएको भारतले त्यसपछि भुटानलाई १(० र पाकिस्तानलाई ३(२ ले पराजित गरेको थियो ।

नेपालले अहिलेसम्म जम्मा दुई गोल गर्दा ४ गोल व्यहोरेको छ । श्रीलंका विरुद्ध दुवै गोल समिर कुमारले गरेका थिए ।

अर्कोतर्फ भारतले भने १० गोल गर्दा जम्मा दुई गोल मात्र व्यहोरेको छ । भारतका डाललमुओन गाङ्गटेले ३ गोल गरेका छन् । यस्तै गुनलेइबा र राहान अहमदले समान २ गोल गरेका छन् ।

यू(१७ उमेर समूहमा अहिलेसम्म ९ संस्करण आयोजना हुँदा सर्वाधिक ६ संस्करणको विजेता भारत यस पटक पनि उपाधिको बलियो दाबेदारको रुपमा देखिएको छ । भारतले सन् २०१९ देखि यताका चार संस्करण लगातार जितेको छ ।

अर्कोतर्फ नेपालले भने अहिलेसम्म चार पटक फाइनल खेलेपनि उपाधि भने जित्न सकेको छैन । पछिल्लो पटक सन् २०२२ मा श्रीलंकामै भएको यू(१७ साफमा नेपाल फाइनल पुगेपनि भारतसँगै पराजित भएको थियो । त्यसबेला नेपालले समूह चरणमा भारतमाथि जित हात पारेपनि फाइनलमा भने त्यो लय कायम राख्न नसक्दा पराजित भएको थियो ।

सन् २०१९ यता नेपाल र भारत यस उमेर समूहमा ६ पटक भिडेका छन् । जसमा नेपालले जम्मा एक पटक मात्र भारतलाई हराउन सफल भएको छ ।

सन् २०१९ मा नेपाल भारतसँग लिग चरणमा ५(० र फाइनलमा ७(० ले पराजित भएको थियो । सन् २०२२ मा नेपालले भारतलाई समूह चरणमा ३(१ ले हराएपनि फाइनलमा ४(० ले पराजित भएको थियो । सन् २०२३ मा समूह चरणमा नेपाल भारतसँग १(० ले पराजित भएको थियो भने सन् २०२४ मा नेपाल र भारत सेमिफाइनलमै भेट हुँदा भारतले ४(२ को जित निकालेको थियो ।

यस पटक फेरि सेमिफाइनलमा नेपालले भारतको सामना गर्दा त्यो हारको बदला लिने अवसर समेत हुनेछ ।

नेपाल यू-१७ टोलीका मुख्य प्रशिक्षक सन्जित सिंहले खेलाडीहरुमा केही चोट रहेको र त्यही अनुसार सेमिफाइनलमा भारतविरुद्ध रणनीति बनाएर मैदान उत्रने बताएका छन् ।

भारत विरुद्ध बल पोसेसन राखेर खेल्ने सिंहले बताए । ‘जुन किसिमले भुटानले भारत सँग खेलेको थियो । हाङ्गी पनि बल पोसेसन बढी राखेर त्यही अनुसार खेल्छौँ ।’ उनले भनेका छन् ।

बंगलादेश विरुद्धको कमीकमजोरीपछि टिम सेट हुन पाथेन । त्यसैले सुरुमा टिम सेट गरेर भारत विरुद्ध आफ्नो पकड बनाएर खेल्ने सिंहले बताए ।

उनले फाइनल पुग्नेमा आशावादी रहेको बताए । ‘आशावादी नै छु । फुटबल हो जुन टिमले गोल गर्छ उसैले जित्छ त्यसकारणले हामीले गोल गर्नुपर्छ । खेल जित्नै फाइनल पुग्ने लक्ष्यमा छौँ ।’ सिंहले भने ।

यस्तै कप्तान प्रशान्त मोक्तानले भारत विरुद्ध उच्च मनोबल लिएर खर्ल्ने बताए । उनले भारत कठिन प्रतिद्वन्दी रहेको र जितकै लागि खेल्ने बताए ।

भारत यू-१७ का मुख्य प्रशिक्षक बिबियानो फर्नान्डेजले पाकिस्तानलाई समूह चरणमा हराउनु राम्रो भएको र महत्वपूर्ण खेलमा खेलाडीले दबाबलाई सामना गरेको खेलेको बताउँदै त्यसले सेमिफाइनलमा कन्फिडेन्स दिने बताएका छन् । उनले नेपाल विरुद्धको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा राखेका छन् । ‘उनीहरु (नेपाल) कठिन टिम हो र व्यक्तिगत क्षमतासहितका केही राम्रा खेलाडी छन् । मेरो विचारमा हामी प्रतिस्पर्धात्मक खेलको अपेक्षा राख्न सक्छौँ । हामी अर्गानइज्ड भएर आफ्नो क्षमता अनुसार खेल्नेछौँ ।’ फर्नान्डजले एआईआईएफसँग भनेका छन् ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने
खेलकुद

बंगलादेशका अलराउन्डर हसनले पोखरा एभेन्जर्सबाट एनपीएल खेल्ने

साउन ११, २०८३
आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै
खेलकुद

आज विश्वकपको उपाधिका लागि स्पेन र अर्जेन्टिनाबीच खेल हुँदै

साउन ३, २०८३
सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर
खेलकुद

सुपर ओभरमा यूएईसँग पराजित हुँदै नेपाल फाइनलबाट बाहिर

साउन १, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सडक मर्मतमा जुटे भीमदत्त–११ का वडाध्यक्ष थापा

सडक मर्मतमा जुटे भीमदत्त–११ का वडाध्यक्ष थापा

साउन २४, २०८३
गगन थापाको आरोप : ‘सरकार बरालिँदै हिँडेको छ’

गगन थापाको आरोप : ‘सरकार बरालिँदै हिँडेको छ’

साउन २४, २०८३
सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

सिठी फुकेर मात्रै सडक दुर्घटना न्यूनीकरण हुँदैन : ट्राफिक प्रहरी

साउन २४, २०८३
ब्याज अनुदान थप प्रभावकारी बनाउन सहुलियतपूर्ण कर्जा कार्यविधि संशोधन

रास्वपाका मन्त्रीलाई महिनामा एकपटक पार्टी कार्यालय पुग्न निर्देशन

साउन २४, २०८३
उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

उच्च आर्थिक वृद्धिका लागि नीतिगत सुधारसँगै लगानी विस्तार आवश्यक : गुणाकर भट्ट

साउन २४, २०८३
सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

सिंहदरबार’को नाम नै परिवर्तन गर्नुपर्छ : सांसद हरि ढकाल

साउन २४, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व