Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज ८, २०८२
मन्त्रालयमै बस्न थाले शिक्षामन्त्री
0
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर : नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन मन्त्रालयमै बस्न थालेका छन्। सोमबार कार्यभार सम्हालेका मन्त्री पुनले मंगलबारदेखि मन्त्रालयमै बस्न थालेका हुन्। कार्यस्थलमै बसेर खटिए मात्र नतिजा दिन सकिने बताउने गरेका पुनका लागि मन्त्रालयभित्रै बसेर काम गर्ने व्यवस्था मिलाउन कर्मचारीहरूको दौडधुप चलेको थियो।

सिंहदरबारमा रहेको शिक्षा मन्त्रालयको भवन जेनजीको आन्दोलनमा जलेपछि हाल केशरमहलमा सारिएको छ। मन्त्रालय आफैं अवस्था नाजुक अवस्थामा रहेका बेला मन्त्रीका लागि कोठा मिलाउन मंगलबार दिनभरि कर्मचारीहरू खटिएका थिए।

मन्त्री पुनले सोमबार पद तथा गोपनीयताको शपथ लिएसँगै आफूलाई मन्त्रालयमै खाने, बस्ने र सुत्ने व्यवस्था मिलाउन सचिव चूडामणि पौडेललाई निर्देशन दिएका थिए। तदनुसार मंलबार बिहानैदेखि प्रशासन महाशाखाकी प्रमुख एवं सहसचिव अनिता निरौला मन्त्री पुनका लागि कोठा व्यवस्थापनमा जुटेकी थिइन्।

केशरमहलका कोठाहरूमध्ये हालको केशर पुस्तकालयको लेखा शाखा सबैभन्दा सुरक्षित र व्यवस्थित रहेको निष्कर्ष निकाल्दै मन्त्रालयले तत्कालका लागि मन्त्री पुनलाई सुत्न त्यही कोठा व्यवस्थापन गरिदिएको छ। ‘कुनै पनि कामको उपलब्धि चाहिने हो भने काम गर्ने ठाउँमै बसेर निरन्तर खट्नुपर्छ अनि मात्र सफलता पाइन्छ,’ नवनियुक्त शिक्षामन्त्री पुनले नागरिकसँग भने, ‘श्रीमती र एउटी छोरी पोखरामै बस्छन्। म मेरो नीतिअनुसार मन्त्रालयमै बसेर काम गर्नेछु।’

मन्त्री पुनका लागि सुरक्षित र व्यवस्थित कोठा खोज्न मन्त्रालयका हाकिम तथा कर्मचारीहरू मंगलबार बिहानैदेखि चटारोमा थिए। मंगलबार बेलैमा मन्त्रालय पुगी सचिव, सहसचिवहरू केशरमहल चहार्दै उपयुक्त कोठाको खोजीमा व्यस्त देखिन्थे। प्रशासन महाशाखाकी प्रमुख एवं सहसचिव अनिता निरौलाले मन्त्री पुन र उनको सुरक्षा गार्डसहितका लागि कोठा व्यवस्थापनमा गरिएको जनाइन्। ‘मन्त्रालय अहिले आफैं विषम परिस्थितिमा छ तर मन्त्रीज्यूले मन्त्रालयभित्रै बस्ने, खाने र सुत्ने व्यवस्था गर्नू भनेपछि हामीले उहाँका लागि सामान्य तर सुरक्षित कोठाको व्यवस्था गर्न सक्यौं। कोठा, किचेन र सुत्ने खाटसम्मको व्यवस्था गरिएको छ,’ सहसचिव निरौलाले नागरिकसँग भनिन्, ‘पिएसओ र सुरक्षा गार्डका लागि पनि एक÷एक कोठा र छुटै किचेनको व्यवस्था गरिएको छ।’

मन्त्री पुनको कार्यकक्ष केशरशमशेर बस्ने चन्दनको ढोका भएको कोठामा व्यवस्थापन गरिएको छ भने भान्छाकोठा र खाना पकाउने व्यक्तिसहित मन्त्रालयले व्यवस्था गरेको छ। ‘मन्त्रीज्यूले मंगलबार आफ्नो सबै समान गाडीमा लिएर मन्त्रालयमा आउनुभएको छ,’ उनले भनिन्, ‘आज बेलुकादेखि मन्त्रालयले उपलब्ध गराएको कोठामा नै सुत्नुहुन्छ। खाना पनि मन्त्रालयकै किचेनमा खानुहुन्छ।’

मन्त्रालयका प्रवक्ता शिव सापकोटाले सोमबार मन्त्रालय सम्हालेपछि मन्त्री पुनले मंगलबार मन्त्रालयको सांगठनिक, नीति तथा कार्यक्रम र बजेटबारे सबै महाशाखा प्रमुखहरूसँग जानकारी लिएको बताए। ‘मन्त्रालयमा मंगलबार मन्त्रीज्यूले सबै महाशाखा प्रमुखज्यूहरूसँग छलफल गर्नुभयो। संंगठनिक र बजेट तथा नीतिगत चिनारी लिनुभयो,’ प्रवक्ता सापकोटाले नागरिकसँग भने, ‘कुनै अप्ठ्यारो वा असहज अवस्था छ भने त्यसलाई तुरुन्तै फुकाउँदै अगाडि बढ्न मन्त्रीज्यूले निर्देशन दिनभयो।’

१८ वर्षदेखि मन्त्रालयमा खाजा बनाउने काम गर्दै आएका जगेश चौधरीले ६–७ वटा शिक्षामन्त्रीसँग काम गरिसकेको भए पनि आजसम्म कुनै मन्त्रीले मन्त्रालयमै बसेर काम नगरेको बताए। उनले नागरिकसँग भने, ‘अब मन्त्रीज्यूको मन्त्रालयमै बस्ने निर्णय पक्कै पनि शैक्षिक उपलब्धिकै लागि त होला जस्तो लाग्छ।’

त्यस्तै दुर्गा दाहालले मन्त्रालयमा २० वर्षभन्दा बढी बिताइसकेकी छन्। खाजा बनाउने काम गरेरै १२ जना मन्त्रीसँग काम गरेको उनले सुनाइन्। ‘मैले १२ वटा शिक्षामन्त्रीका पालामा खाजा बनाउने काम गरें हुँला तर मन्त्रालयमै कोठा लिएर मन्त्री बसेको थाहा छैन,’ उनले भनिन्।

मन्त्री पुनले विज्ञान तथा प्रविधि क्षेत्र सुधारका लागि कार्ययोजनासहित अघि बढ्न राष्ट्रिय अन्तरिक्ष तथा एरोनोटिकल सल्लाहकार समिति, राष्ट्रिय सूचना प्रविधि तथा कृत्रिम बौद्धिकता सल्लाहकार समिति, राष्ट्रिय परमाणु विज्ञान प्रविधि सल्लाहकार समिति र राष्ट्रिय जैविकि प्रविधि सल्लाहकार समिति गठन गरी अघि बढ्ने निर्णय गरेका छन्।

शिक्षामन्त्री पुनले मंगलबार देशभरिका सामुदायिक माध्यमिक विद्यालयमा एकएक जना कम्प्युटर शिक्षकको दरबन्दी अनिवार्य रूपमा थप्ने निर्णय गरेका छन्। विश्वविद्यालयलाई बढीमा तीन महिनाभित्र अनिवार्य रूपमा परीक्षाफल निकाल्न निर्देशन दिने र समयमै परीक्षाफल ननिकाल्ने विश्वविद्यालयहरूको अनुदान रोक्ने निर्णय गरेका छन्। त्यस्तै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको हाताभित्रको सुन्दर बगैंचा बनाउने निर्णय पनि उनले गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय
कानुन / न्यायपालिका

यी हुन् मन्त्रिपरिषद्का मुख्य तीन निर्णय

जेष्ठ ३०, २०८३
रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन
फ्ल्यास हेडिङ

रावल आयोगको प्रतिवेदन कार्यान्वयनका लागि आठ सदस्यीय सहजिकरण समिति गठन

जेष्ठ ३०, २०८३
नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल
फ्ल्यास हेडिङ

नेपाल-भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन सरकार प्रतिबद्ध छ: परराष्ट्रमन्त्री शिशिर खनाल

जेष्ठ २४, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुनचाँदीको भाउ सामान्य घट्यो

सुनचाँदीको भाउ सामान्य घट्यो

असार ४, २०८३
झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

झापामा हात्ती नियन्त्रणका लागि ‘स्पेसल टास्क फोर्स’ परिचालन हुने

असार ४, २०८३
चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा फलदायी : परराष्ट्रमन्त्री

असार ४, २०८३
विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

विदेशी पीआर लिएर लामो समयदेखि गायब कर्मचारीसँग स्पष्टीकरण माग

असार ४, २०८३
फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

फिफा विश्वकपमा कोलम्बियाको शानदार जित

असार ४, २०८३
गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

गुगुल्डि साहित्यिक मासिक पत्रिकाको २९ औँ वार्षिकोत्सवमा ८ जना सर्जक सम्मानित हुँदै (नामावलीसहित)

असार ३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व