काठमाडौं । बडादसैँको टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ। विजयादशमीका दिन टीका लगाउन नभ्याएकाहरू आफन्त तथा मान्यजनको घरमा पुगेर टीका र आशीर्वाद लिइरहेका छन्।
नेपाली परम्पराअनुसार दसैँमा टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म चल्ने गर्दछ। दसैँले टाढिएका आफन्त तथा परिवारजनलाई भेटघाट र पुनर्मिलनको अवसर प्रदान गर्नुका साथै आपसी सद्भाव, विश्वास र भाइचारा बढाउन मद्दत गर्ने विश्वास गरिन्छ।
टीका र आशीर्वाद ग्रहण गर्न जानेहरूको चहलपहल बढेसँगै सडक तथा बजारमा सर्वसाधारणको आवागमन पनि बढेको छ। यसैबीच, दसैँ मनाउन सहरबाट गाउँ गएकाहरू बिस्तारै आ–आफ्नो गन्तव्यतर्फ फर्कन थालेका छन्।










Discussion about this post