Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

बैतडीमा ‘फट्केढुङ्गा प्रिमियर लिग (पिपिएल)’ क्रिकेट प्रतियोगिता हुने

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
अशोज २, २०८२
बैतडीमा ‘फट्केढुङ्गा प्रिमियर लिग (पिपिएल)’ क्रिकेट प्रतियोगिता हुने
0
SHARES
158
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – दशैँ तिहारको अवसर पारेर बैतडीको शिवनाथ–२, फट्केढुङ्गामा ‘फट्केढुङ्गा प्रिमियर लिग – पिपिएल’ को पहिलो सिजन आयोजना हुने भएको छ।

भुमिराज युवा क्लब, फट्केढुङ्गाले आयोजना गर्न लागेको गाउँपालिकास्तरीय खुल्ला पुरुष क्रिकेट प्रतियोगिता असोज १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगितामा सहभागी हुन चाहने इच्छुक टिमहरूले असोज १७ गते बेलुका ८ बजेभित्र आफ्नो टिम दर्ता गराउन सक्नेछन्। टिम दर्ता शुल्क ३००० रुपैयाँ तोकिएको छ।

भुमिराज युवा क्लबका सचिव अनिल सिंह साउद (एके) का अनुसार प्रतियोगिताको विजेताले २०,००० रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। त्यसैगरी, उपविजेताले १०,००० रुपैयाँ नगद सहित मेडल र प्रमाणपत्र पाउनेछ। प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ द टुर्नामेन्ट’ खेलाडीलाई १,००० रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

आयोजकले प्रतियोगितालाई मर्यादित र अनुशासित बनाउन केही नियमहरू तय गरेका छन्। प्रत्येक खेल १० ओभरको हुनेछ र सबै खेल टेनिस बलले खेलाइनेछन्। खेलाडीहरूले जर्सी र जुत्ता अनिवार्य लगाउनुपर्नेछ।


प्रतियोगिताको मुख्य उद्देश्य ‘थ्रो बल रहित खेल’ भएकाले थ्रो बल पूर्णतया निषेध गरिएको छ। अम्पायरको निर्णय अन्तिम हुनेछ र विवाद आएमा आयोजकको निर्णय नै मान्य हुनेछ। टिममा गाउँपालिकाबाहिरका अधिकतम २ जना खेलाडी राख्न पाइनेछ।

खेलहरू आईसीसीको नियमअनुसार खेलाइने भए पनि एलबी डब्लु (LBW) को नियम भने लागू हुने छैन। खेलका लागि आवश्यक परिचय खुल्ने प्रमाणपत्र अनिवार्य ल्याउनुपर्नेछ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै
खेलकुद

फिफा विश्वकप आज मध्यरातिदेखि सुरु हुँदै

जेष्ठ २८, २०८३
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको १०० खेल पूरा
खेलकुद

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा दीपेन्द्रसिंह ऐरीको १०० खेल पूरा

जेष्ठ २५, २०८३
एशियाली खेलकुद छनोट फाइनल : नेपाललाई हङकङको १८९ रनको लक्ष्य
खेलकुद

एशियाली खेलकुद छनोट फाइनल : नेपाललाई हङकङको १८९ रनको लक्ष्य

जेष्ठ २५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

कांग्रेसमा आन्तरिक एकताका लागि ७ बुँदे प्रस्ताव

जेष्ठ ३१, २०८३
भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

भारतले कडाइ गरेपछि चिया उद्योग समस्यामा : गुणस्तर परीक्षणका नाममा अलपत्र

जेष्ठ ३१, २०८३
पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

पानी पर्ने क्रम घट्यो, गर्मी फेरि बढ्न थाल्यो

जेष्ठ ३१, २०८३
असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

असारका लागि अधिकांश बैङ्कहरूको ब्याजदर स्थिर, ६ वटाले घटाए

जेष्ठ ३१, २०८३
आज विश्व रक्तदाता दिवस मनाइँदै

आज विश्व रक्तदाता दिवस मनाइँदै

जेष्ठ ३१, २०८३
लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

लोकसेवा आयोग ७६औं वर्षमा प्रवेश

जेष्ठ ३१, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व