कञ्चनपुर – नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप जोराले एक वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन्। उनलाई वेस्ट इन्डिजविरुद्धको आगामी सिरिजका लागि घोषणा गरिएको टोलीमा समावेश गरिएको छ।
जोराले पछिल्लो पटक सन् २०२४ को पुरुष टी-२० विश्वकपमा बंगलादेशविरुद्ध नेपालका लागि खेलेका थिए। त्यसयता उनी राष्ट्रिय टोली बाहिर रहेका थिए।
हालै नेपाल ‘ए’ टोलीबाट असम भ्रमणमा रहँदा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए, जसको फलस्वरुप उनको राष्ट्रिय टोलीमा पुनरागमन भएको हो।
क्रिकेट समर्थकहरूले उनलाई आगामी सिरिजका लागि शुभकामना दिँदै देशलाई गौरव दिलाउने अपेक्षा गरेका छन्।










Discussion about this post