कञ्चनपुर – तीन वर्षको अन्तरालपछि अलराउन्डर मोहम्मद आदिल आलमले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन गरेका छन्। नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिजविरुद्धको आगामी सिरिजका लागि घोषणा गरेको टोलीमा आदिलको नाम पनि समावेश छ।
नेपाल ‘ए’ टिमबाट आसामको भ्रमणमा रहँदा उत्कृष्ट प्रदर्शन गरेपछि आदिलको राष्ट्रिय टोलीमा पुनरागमन भएको हो। उनको आगमनले टोलीको क्षमता थप बलियो हुने अपेक्षा गरिएको छ।
आदिलले आगामी सिरिजमा उत्कृष्ट प्रदर्शन गर्दै देशलाई गौरवान्वित बनाउने आशाका साथ धेरैले उनलाई शुभकामना दिएका छन्।










Discussion about this post