Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावितः प्रदेश प्रमुख भट्ट

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ भाद्र १३, शुक्रबार १८:३६
जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावितः प्रदेश प्रमुख भट्ट
0
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, १३ भदौ । गण्डकीका प्रदेश प्र्रमुख डिल्लीराज भट्टले जलवायु परिवर्तनबाट नेपालजस्ता विकासोन्मुख मुलुक बढी प्रभावित भएको बताउनुभएको छ । मौसम तथा जलवायु परिवर्तन र विश्व उष्णीकरणको मारमा दक्षिण एशियाली राष्ट्र परेको उहाँको भनाई छ ।

कानुनी युवा मञ्च (फ्लाई) ले आयोजना गरेको ‘दक्षिण एशियाली जलवायु न्याय फेलोशिप तथा क्याम्प २०२५’ मा बोल्दै उहाँले जलवायु परिवर्तनका असरहरुबारे विभिन्न कार्यक्रम गरेर विश्व समुदायलाई सचेत गराएपनि सोचेअनुसारको प्रगति गर्न नसकिरहेको उल्लेख गर्नुभयो ।

‘जलवायु परिवर्तनको मूल कारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर खासगरी जलवायु परिवर्तनको प्रभाव बढी पर्ने हाम्रोजस्तै विकासोन्मुख मुलुकमा हो ।’ उहाँले भन्नुभयो – ‘हाम्रा हिमालहरुमाथि सोझो चोट परेको छ । हिमताल जोखिममा छन् । वर्षा अनियमित मात्रामा भइदिनाले पहाडमा बाढी पहिरोबाट ठूलो मात्रामा जनधनको क्षति व्यहोर्नुपरेको छ । तराई डुब्दा खाद्य सङ्कट उत्पन्न भइरहेको छ ।’

अब ढिला नगरी जलवायु परिवर्तनबाट प्रमुख मार खेप्नुपरेका विकासोन्मुख मुलुकहरुले न्यूनीकरणका लागि पहल कदमीहरु चाल्नु जरुरी भइसकेको उहाँको भनाई छ । वातावरणीय प्रभाव मूल्यांकनको सीमामा रहेर दीगो विकासको अवधारणा अवलम्वन गर्न आवश्यक रहेको उहाँको भनाई छ ।

‘हामी विकास र समृद्धिको युगमा छौँ । औद्योगिक विकासका कारण हरितगृह ग्यॉस उत्सर्जन बढ्न गई पृथ्वीको औषत तापक्रम वृद्धि भएर वातावरणीय अवस्थामा असन्तुलन परिवर्तन आएको छ ।’ उहाँले थप्नुभयो – ‘सन् २०३० सम्म नेपालको तापक्रम १.७ डिग्री सेल्सियले बढ्ने अनुमान गरिएको छ । हामीले समयमै सजगता नअपनाउने हो भने ठूलो वातावरणीय समस्या निम्तिन सक्छ ।’

यो क्याम्प नेपालका लागि मात्र नभई दक्षिण एशियामा नै जलवायु परिवर्तनका कारण र असर र समाधानका लागि फलदायी बन्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । जलवायु न्यायको अवधारणा अन्वेषण, क्षेत्रीय असमानता र संवेदनशीलता, सीमा–पार जलवायु प्रभाव र साझा चुनौती, न्याय प्रवद्र्धनमा युवाको भूमिका, न्यायपूर्ण जलवायु रुपान्तरण र वित्तीय पारदर्शिता लगायतका विषय निकै महत्वपूर्ण रहेको उहाँको भनाई छ ।

कार्यक्रममा दक्षिण एशियाका ७ राष्ट्रका ४५ जना युवाहरुलाई जलवायु न्यायको पक्षमा सशक्त बनाउन विशेष छलफल र गतिविधिहरू सञ्चालन हुने भएकाले युवाहरुलाई उप्रेरित गर्न आफू उपस्थित भएको प्रदेश प्र्रमुख भट्टको भनाई छ । यस्ता क्याम्पहरु छलफल गर्ने मञ्च मात्र होइन, नीति निर्माण गर्ने र यसलाई आकार दिने अवसर पनि रहेको उहाँले बताउनुभयो ।

यो क्याम्पमा दक्षिण एसियाका युवाहरुबीच जलवायु न्यायका लागि सीमा–पार युवा एकता, आदिवासी तथा उपेक्षित आवाजलाई जलवायु शासनमा समावेश गर्ने गरी राष्ट्रिय नीति संवादमा एकीकृत गर्ने, जलवायु सम्बन्धी समसामयिक चुनौती र दक्षिण एसियाली विकल्पहरुमा युवाको ज्ञान बलियो लिने लक्ष्य लिइएको आयोजक संस्थाका चेतन जेठाराले जानकारी दिनुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

कञ्चनपुरको कृष्णपुरमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, बाढीको जोखिम कम हुने भएपछि स्थानीय हर्षित
वातावरण

कञ्चनपुरको कृष्णपुरमा जैविक तटबन्ध निर्माण कार्य तीव्र, बाढीको जोखिम कम हुने भएपछि स्थानीय हर्षित

२०८२ भाद्र १३, शुक्रबार १८:३६
वर्षाले घटेको प्रदूषण फेरि बढ्यो
वातावरण

वर्षाले घटेको प्रदूषण फेरि बढ्यो

२०८२ भाद्र १३, शुक्रबार १८:३६
काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थ
वातावरण

देशका विभिन्न भागमा वायु प्रदूषणको स्तर बढ्दै

२०८२ भाद्र १३, शुक्रबार १८:३६

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

कुवेतमा रहेका नेपाली साउदी हुँदै नेपाल फर्किन पाउने

२०८२ भाद्र १३, शुक्रबार १८:३६
कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

कञ्चनपुरमा लाञ्छना तथा भेदभाव न्यूनीकरणका लागि जिल्ला स्तरीय छलफल

२०८२ भाद्र १३, शुक्रबार १८:३६
एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

एपेक्स गोदावरी एकेडेमीको १९ औँ वार्षिकोत्सव सम्पन्न

२०८२ भाद्र १३, शुक्रबार १८:३६
संसद्को पहिलो बैठक:  बोलक्कड महावीर र मौन बालेन

संसद्को पहिलो बैठक: बोलक्कड महावीर र मौन बालेन

२०८२ भाद्र १३, शुक्रबार १८:३६
कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

कञ्चनपुरको भीमदत्त -११ द्वारा जेनजी शहीद निरज पन्तको सम्मानमा ‘निरज चोक’

२०८२ भाद्र १३, शुक्रबार १८:३६
समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

समानुपातिक सांसद छनोटका लागि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

२०८२ भाद्र १३, शुक्रबार १८:३६

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व