Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा वेदकोट नगरपालिका जिल्लामै उत्कृष्ट, शैक्षिक र वित्तीय क्षेत्रमा उल्लेखनीय प्रगति

प्रकाश भट्ट by प्रकाश भट्ट
भदौ ७, २०८२
वेदकोट नगरपालिकाका सामुदायिक विद्यालयको नतिजामा उल्लेख्य सुधार
0
SHARES
402
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) प्रतिवेदनमा कञ्चनपुरका नौवटै स्थानीय तहमध्ये वेदकोट नगरपालिका ८३.२५ अंकसहित जिल्लामै उत्कृष्ट बनेको छ।

स्थानीय तहको कार्यसम्पादन मापन गर्ने लिसा प्रतिवेदनमा शासकीय प्रबन्ध, बजेट तथा योजना व्यवस्थापन, वित्तीय अनुशासन, सेवा प्रवाह, सामाजिक समावेशीकरण, पूर्वाधार विकास, र वातावरण तथा विपद् व्यवस्थापनलगायत नौवटा सूचकका आधारमा मूल्याङ्कन गरिन्छ। यस नतिजाले कञ्चनपुरका स्थानीय तहहरूले सुशासन र विकासका विभिन्न क्षेत्रमा उल्लेख्य प्रगति गरिरहेको देखाएको छ।

लिसा प्रतिवेदनअनुसार, वेदकोट नगरपालिकापछि बेलौरी नगरपालिका ८२.५०, भीमदत्त नगरपालिका ८१.२५, लालझाडी गाउँपालिका ८१.७५, पुनर्वास नगरपालिका ८१.००, बेल्डाँडी गाउँपालिका ८१.७५ र शुक्लाफाँटा नगरपालिका ८०.०० अंकसहित उत्कृष्ट सूचीमा परेका छन्। यस्तै, कृष्णपुर नगरपालिकाले ७३.२५ र दोधारा–चाँदनी नगरपालिकाले ७१.५० अंक प्राप्त गरेका छन्।

वेदकोट नगरपालिकाले लिसामा मात्रै होइन, शैक्षिक र वित्तीय क्षेत्रमा पनि प्रभावशाली प्रगति गरेको छ। कुनै समय शैक्षिक गुणस्तरमा निकै पछाडि रहेको यस नगरपालिकाका सामुदायिक विद्यालयले पछिल्ला तीन वर्षमा शैक्षिक नतिजामा ऐतिहासिक सुधार गरेका छन्। चार वर्षअघि कक्षा १२ को नतिजा पाँच प्रतिशत मात्र रहेकोमा अहिले बढेर ५१ प्रतिशत पुगेको छ।

त्यस्तै, महालेखापरीक्षकको बासट्टिऔं वार्षिक प्रतिवेदन २०८२ अनुसार आर्थिक वर्ष २०८०/८१ मा वेदकोट नगरपालिकाले उत्साहजनक आर्थिक अनुशासन कायम गरेको पाइएको छ। कुल १७ लाख ३२ हजार २ सय ६९ रुपैयाँको लेखापरीक्षण रकममध्ये बेरुजु रकम मात्र ८ हजार २ सय ७६ रुपैयाँ रहेको छ, जुन कुल रकमको ०.४८ प्रतिशत मात्र हो। यस तथ्यांकले नगरपालिकाले वित्तीय कारोबारमा उच्च सतर्कता अपनाएको स्पष्ट हुन्छ।

वेदकोट नगरपालिकाको यो सफलताले संस्थागत क्षमता, शैक्षिक सुधार, सेवा प्रवाह, पूर्वाधार विकास र सुशासनका क्षेत्रमा स्थानीय तहहरूले गरेको प्रयास सार्थक भएको पुष्टि भएको सरोकारवालाहरूको भनाइ रहेको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड
कन्चनपुर

रेडियन्टको पहिलो अभिभावक भेला: विद्यार्थीको सर्वाङ्गीण विकासका लागि त्रिकोणात्मक सम्बन्धमा जोड

साउन १८, २०८३
वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’
देश/राष्ट्रिय

वातावरण ऐन संशोधनको तयारीप्रति वातावरण समाजको गम्भीर ध्यानाकर्षण: ‘वातावरणीय सुशासन र दक्ष जनशक्तिको भूमिका कमजोर नबनाइयोस्’

साउन १८, २०८३
छोरीको जन्मदिन अनाथ बालबालिकासँग
देश/राष्ट्रिय

छोरीको जन्मदिन अनाथ बालबालिकासँग

साउन १७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

राष्ट्र बैंकको संरचना बारम्बार फेरबदल नगर्न अर्थमन्त्री वाग्लेको सुझाव

साउन १९, २०८३
राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

राष्ट्र बैंकको सञ्चालक समिति सात सदस्यीय नै राख्न अर्थ मन्त्रालयको प्रस्ताव

साउन १९, २०८३
सुनचाँदीको भाउ सामान्य घट्यो

आज सुनचाँदीको मूल्य सामान्य घट्यो

साउन १९, २०८३
आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभा आज बस्दै, भूमिहीन र सुकुमवासीको पुनःस्थापनाबारे जरुरी प्रस्तावमाथि छलफल हुने

साउन १९, २०८३
महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

महाकाली मोडर्न पब्लिक स्कुलकी छात्राद्वारा इमान्दारिताको प्रेरणादायी उदाहरण

साउन १९, २०८३
वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

वेदकोटमा रोजगार, सीप तथा उद्यमशीलता प्रवर्द्धनका लागि निजी क्षेत्रसँग अन्तरक्रिया

साउन १९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व