कञ्चनपुर । न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले हाल नेपालमा मनसुन कमजोर छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफा देखि आंशिक बदली छ।
बागमती प्रदेशका पहाडी भूभागका केही स्थानमा मध्यम वर्षा तथा कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।
दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका थोरै स्थानमा र तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ।
बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।










Discussion about this post