कञ्चनपुर । कृष्ण जन्माष्टमीको अवसर पारेर सुदूरपश्चिममा पहिलो पटक ‘मट्का फोड’ प्रतियोगिताको आयोजना हुने भएको छ। महेन्द्रनगरको खुला मञ्चमा साउन ३१ गते शनिबार यो प्रतियोगिता आयोजना हुँदैछ।

‘पावर अफ युथ’ ले आयोजना गर्न लागेको यस प्रतियोगितामा चार टोली सहभागी हुनेछन्। प्रत्येक टोलीमा १५ जना सदस्य रहनेछन्। प्रतियोगितामा भाग लिन चाहने टोलीहरूले (आज) साउन ३० गतेसम्म सांझसम्म दर्ता गर्न सक्नेछन्।
पावर अफ युथका सदस्य हेमु भट्टका अनुसार यो प्रतियोगिताले मनोरञ्जनका साथै संस्कृति जगेर्नामा पनि सहयोग पुर्याउनेछ। प्रतियोगिताको सहजीकरणमा लायन्स क्लबले पनि साथ दिने आयोजकले जनाएको छ।











Discussion about this post