Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २, २०८३
‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन-३’ सम्पन्न
0
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित फ्लोरिडा इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको आयोजनामा सञ्चालित ‘फिब्स ब्रेन पावर क्विज प्रतियोगिता सिजन–३’ सम्पन्न भएको छ। भीमदत्त नगरपालिकाको सभाहलमा आयोजित एक समारोहका बीच प्रतियोगिताको फाइनल चरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो।

भीमदत्त नगरपालिकाका शिक्षा शाखा प्रमुख हरी दत्त जोशीको प्रमुख आतिथ्यता तथा फ्लोरिडा इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल जयराज ओझाको सभापतित्वमा कार्यक्रम सम्पन्न गरिएको हो।

विद्यालयका प्रिन्सिपल जयराज ओझाले विद्यार्थीहरूको चौतर्फी विकासका लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै यस्ता अतिरिक्त क्रियाकलाप र बौद्धिक प्रतियोगिताहरूले उनीहरूको तार्किक क्षमता र आत्मविश्वास बढाउने उल्लेख गर्नुभयो। उहाँले आगामी दिनमा पनि विद्यालयले यस्ता रचनात्मक र प्रविधिमैत्री शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

विद्यार्थीहरूको बौद्धिक क्षमता, तार्किक सोच, सामान्य ज्ञान र आत्मविश्वासको मूल्याङ्कन तथा विकास गर्ने मुख्य उद्देश्यका साथ यो प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। निष्पक्षता कायम गर्न आयोजक फ्लोरिडा इन्टरनेशनल स्कुल आफैँले भने प्रतियोगितामा सहभागिता जनाएको थिएन।

यस वर्षको प्रतियोगितामा भीमदत्त नगरपालिका भित्रका कुल १६ वटा विद्यालयहरूले प्रतिस्पर्धा गरेका थिए। फ्लोरिडा इन्टरनेशनल बोर्डिङ स्कुलको परिसरमा सम्पन्न प्रारम्भिक (क्वालिफाइङ) चरणबाट उत्कृष्ट प्रदर्शन गर्दै लिटल बुद्ध एकेडेमी, इन्टरनेशनल पब्लिक स्कुल, मेधावी सेकेन्डरी स्कुल, महेन्द्र माध्यमिक विद्यालय (साधारण) र प्रभात विद्या निकेतन फाइनल चरणमा प्रवेश गर्न सफल भएका थिए।

फाइनलको प्रतिस्पर्धामा लिटल बुद्ध एकेडेमी प्रथम हुन सफल भएको छ। त्यस्तै, इन्टरनेशनल पब्लिक स्कुल द्वितीय र प्रभात विद्या निकेतनले तृतीय स्थान हासिल गरेका छन्। विजेता टोलीहरूले क्रमशः १० हजार, ६ हजार र ४ हजार रुपैयाँ नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।

कुल ६ चरणमा सञ्चालन गरिएको यस प्रतियोगिताको फाइनलमा जनरल राउन्ड, केबीसी राउन्ड, अडियो भिजुअल राउन्ड, र्‍यापिड फायर राउन्ड र सेक्रेट राउन्ड समावेश गरिएको थियो। प्रतियोगिताको मुख्य आकर्षणको रूपमा रहेको केबीसी राउन्ड विद्यालयका हेड अफ लेभल इन्चार्ज राज भट्टले सञ्चालन गरेका थिए भने सम्पूर्ण कार्यक्रमको सञ्चालन शिक्षिका रिजोइस राईले आकर्षक शैलीमा गरेकी थिइन्।

विशेष गरी प्रविधिमैत्री र आधुनिक रूपमा डिजाइन गरिएको यस प्रतियोगिताका पाँचवटा राउन्डहरू फ्लोरिडाका कम्प्युटर शिक्षक रोहित पालले पूर्ण रूपमा कम्प्युटराइज्ड प्रणालीमा तयार पारेका थिए। कार्यक्रमका डिजाइन तथा प्राविधिक संयोजक पालले यस्ता शैक्षिक एवम् बौद्धिक प्रतियोगिताहरूले विद्यार्थीहरूको चौतर्फी क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने भएकाले सबै विद्यालयले नियमित रूपमा यस्ता कार्यक्रमहरू आयोजना गर्न आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन
फ्ल्यास हेडिङ

रसुवा बाढी प्रभावितका लागि वेदकोटका युवाद्वारा राहत सामग्री संकलन

भदौ २०, २०८३
भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब
कन्चनपुर

भीमदत्तका १९ वटै वडामा सरसफाइ अभियान सञ्चालन गर्दै शिक्षा युवा क्लब

साउन ३१, २०८३
कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता
कन्चनपुर

कोड फेस्ट सम्पन्न, टेम्पेस्ट ट्रान्जिस्टर्स विजेता

साउन ३१, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु

महाकाली मोडर्न प्रिमियर लिगको तेस्रो संस्करण सुरु

अशोज ३, २०८३
प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

प्रहरी कार्यालय पुगेर महाकाली मोडर्नका विद्यार्थीले लिए प्रहरी सेवाबारे जानकारी

अशोज ३, २०८३
क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

क्यानडा–ईयू सहकार्य प्रस्तावमा ट्रम्पको भन्सार चेतावनी

अशोज २, २०८३
सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

सफ्ट टेनिसमा नेपाल दक्षिण कोरियासँग ३–० ले पराजित

अशोज २, २०८३
बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

बटलरले बनाए टी–२० क्रिकेटमा १५ हजार रनको कीर्तिमान

अशोज २, २०८३
प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच समसामयिक विषयमा छलफल

अशोज २, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व