Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

विद्यार्थीलाई आत्मनिर्भर र सीपयुक्त बनाउँदै महाकाली मोडर्न स्कुल

मनिषा भट्ट by मनिषा भट्ट
साउन २९, २०८२
विद्यार्थीलाई आत्मनिर्भर र सीपयुक्त बनाउँदै महाकाली मोडर्न स्कुल
0
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर-३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलले विद्यार्थीहरूलाई पढाइका साथसाथै व्यावहारिक सीपमा पनि दक्ष बनाउने उद्देश्यले सुरु गरेको ‘बुक फ्री फ्राइडे’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ। यो कार्यक्रम अन्तर्गत प्रत्येक शुक्रबार विद्यार्थीहरूलाई किताबको बोझबाट मुक्त गरी विभिन्न सीपमूलक तालिमहरू प्रदान गरिन्छ।

विद्यालयका प्रधानाध्यापक दिजराज भट्टका अनुसार यो कार्यक्रमले विद्यार्थीहरूलाई आत्मनिर्भर बनाउनुका साथै हाम्रो मौलिक संस्कारसँग जोड्न मद्दत पुर्याएको छ। शुक्रबारका दिन विद्यार्थीहरूले दुनाटपरी बनाउने, बत्ति बाट्ने, मेहेन्दी डिजाइन गर्ने, संगीत सिक्ने, कपाल काट्ने, र पार्लरसम्बन्धी सीप सिक्ने अवसर पाउँछन्।

खासगरी, २० जना विद्यार्थीहरूले पूजापाठसम्बन्धी विधि र मन्त्र सिक्दैछन्, जसले उनीहरूलाई हाम्रो सांस्कृतिक परम्परा बुझ्न सहयोग पुग्ने विश्वास गरिएको छ। वि.सं. २०४८ सालमा स्थापना भएको यस विद्यालयमा हाल ११०० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् र उनीहरूले शैक्षिक क्षेत्रमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएका छन्। यस विद्यालयमा प्लस टुमा होटल म्यानेजमेन्ट, कम्प्युटर कमर्स र कमर्स विषयको पढाइ हुँदै आएको छ।

त्यसैगरी विद्यालयले बेलाबेलामा विद्यार्थीहरूलाई शैक्षिक भ्रमण (फिल्ड भिजिट) मा पनि लैजाने गर्छ। यसले उनीहरूलाई सैद्धान्तिक ज्ञानलाई वास्तविक जीवनसँग जोड्न सहयोग पुर्याउँछ। यसरी सिकेको ज्ञान र सीपले विद्यार्थीलाई भविष्यमा आत्मनिर्भर बन्न र समाजमा उपयोगी नागरिकका रूपमा स्थापित हुन सहयोग पुग्ने विश्वास गरिएको छ।

यो कार्यक्रमले विद्यार्थीहरूलाई किताबी ज्ञानका अतिरिक्त जीवन उपयोगी सीप सिकाएर भविष्यका लागि तयार पार्ने एक उत्कृष्ट पहल भएको र यसबाट समाजमा सकारात्मक प्रभाव परिरहेको विद्यालय प्रशासनले जनाएको छ।

मनिषा भट्ट

मनिषा भट्ट

सम्बन्धित

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता

अशोज ७, २०८३
१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

१५औँ महाधिवेशनअन्तर्गत आज कांग्रेसको पालिका अधिवेशन

अशोज ७, २०८३
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि फ्लाई दुबईको नियमित उडान

अशोज ७, २०८३
ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

ठूलो वर्षाको सम्भावना, कृषिबाली जोगाउन किसानलाई पूर्वतयारी गर्न आग्रह

अशोज ७, २०८३
कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

कोशीदेखि सुदूरपश्चिमसम्म भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

अशोज ७, २०८३
वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

वीरगञ्जमा हिन्दू स्वयंसेवक संघको जनकपुर सम्भाग बैठक सम्पन्न

अशोज ६, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व