Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरमा बुटिक तालिम सम्पन्न, १३ महिला उद्यमी तयार

प्रकाश कलौनी (स्वराडी) by प्रकाश कलौनी (स्वराडी)
साउन २३, २०८२
कञ्चनपुरमा बुटिक तालिम सम्पन्न, १३ महिला उद्यमी तयार
0
SHARES
99
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको व्यवसाय परामर्श तथा प्रशिक्षण केन्द्र (बि.सि.टि.सी.) मा ३ महिने बुटिक तालिम सम्पन्न भएको छ। तालिममा १३ जना महिलाहरूको सहभागिता रहेको थियो।

सि.टि.इ.भि.टी. बाट सम्बन्धन प्राप्त बि.सि.टि.सि.प्रा.लि.ले कञ्चनपुरमा पहिलो पटक सञ्चालन गरेको यस तालिम वैशाख १५ गतेबाट सुरु भई साउन १४ गते सम्पन्न भएको थियो।

कार्यकारी निर्देशक केदार प्रसाद भट्टका अनुसार, कम्तीमा ३ महिनाको कटाई सिलाई तालिम लिई व्यवसाय गरिरहेका १० जना महिला उद्यमीलाई लक्षित गरी तालिम सञ्चालन गरिएको थियो। २५ जनाले आवेदन दिएकोमा १३ जनालाई मात्रै प्रशिक्षण गराइएको थियो।

तालिमका प्रशिक्षक मोहन दमाईले सहभागीहरूले बजारमा माग भएका विभिन्न प्रकारका बुटिकका कामहरू सिकेको बताए।

तालिममा सहभागी शारदा भाट कार्कीले बुटिक तालिमका लागि यसअघि धनगढी वा काठमाण्डौँ जानुपर्ने बाध्यता रहेकोमा अहिले आफ्नै सहरमा सिक्न पाउँदा खुसी व्यक्त गरिन्।

झलारीबाट आएकी अर्की सहभागी खगेश्वरी कुमारी घिमिरेले पनि आफ्नो सानो कपडा सिउने व्यवसायमा बुटिकको माग बढेकाले यस तालिममा सहभागी भएको र अब बुटिकको काम गर्न आफू दक्ष भएको बताइन्।

२०७२ सालमा यसै संस्थाबाट कटाई सिलाई तालिम लिएकी र अहिले सुडामा आफ्नै व्यवसाय गरिरहेकी सम्झना चौधरीले धेरै पर्खाइपछि बुटिक तालिममा सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै अब यस संस्थाले फेसन डिजाइनसम्बन्धी तालिम पनि सञ्चालन गर्ने आशा व्यक्त गरिन्।

२०६५ सालमा विधिवत रूपमा दर्ता भएको बि.सि.टि.सि.प्रा.लि.ले हालसम्म हजारौँलाई दक्ष कामदार बनाएर देश तथा विदेशमा रोजगारीको अवसर दिइसकेको कार्यकारी निर्देशक भट्टले बताए। उनले अब महेन्द्रनगरमा कुनै पनि तालिम सञ्चालन गर्दा बाहिरबाट प्रशिक्षक ल्याउनु नपर्ने गरी दक्ष प्रशिक्षकहरू पनि उत्पादन गरिसकेको जानकारी दिए।

प्रकाश कलौनी (स्वराडी)

प्रकाश कलौनी (स्वराडी)

सम्बन्धित

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन
देश/राष्ट्रिय

सार्कको ‘रिसर्च कन्फरेन्स’ : विद्यार्थीले देखाउनेछन् अनुसन्धान र नवप्रवर्तन

अशोज १, २०८३
सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स
देश/राष्ट्रिय

सुरुङभित्र जीवनको सम्भावना अझै छ : अर्नोल्ड डिक्स

भदौ २९, २०८३
भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग
देश/राष्ट्रिय

भायानेटद्वारा बाढीपीडितका लागि २० लाख सहयोग

भदौ २७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

जलवायुजन्य जोखिम हस्तान्तरणका उपायबारे कार्यशाला

अशोज ५, २०८३
निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

निड्स नेपालको २७ औँ वार्षीक साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रम सम्पन्न

अशोज ५, २०८३
सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

सार्क राष्ट्रिय अनुसन्धान सम्मेलन सम्पन्न

अशोज ५, २०८३
ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

ट्रम्प–सी भेटअघि अमेरिका–चीनबीच आर्थिक वार्ता

अशोज ५, २०८३
प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

प्रिमियर लिगमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी, युनाइटेड बराबरीमा

अशोज ५, २०८३
८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

८१औँ राष्ट्रसङ्घीय महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल न्युयोर्क प्रस्थान

अशोज ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व