Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

चाडपर्वमा स्वदेशी उत्पादनको प्रयोग गर्न उद्योग मन्त्री भण्डारीको आह्वान

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन २२, २०८२
चाडपर्वमा स्वदेशी उत्पादनको प्रयोग गर्न उद्योग मन्त्री भण्डारीको आह्वान
0
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वको अवसरमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै नेपालीलाई आग्रह गर्नुभएको छ । विशेषगरी तीजजस्ता सांस्कृतिक पर्वहरूमा नेपाली पहिरन, सामग्री र घरेलु उत्पादनको उपयोगले आत्मनिर्भर अर्थतन्त्र निर्माणमा टेवा पुग्ने उहाँको भनाइ छ ।

तीजको पूर्व सन्ध्यामा आयोजीत २२औं श्रृजनशील उद्यमी मेला–२०८२ को उद्घाटन गर्दै मन्त्री भण्डारीले नेपाली महिलाहरूको उद्यमशीलता, सिर्जनशीलता र श्रम देशको आर्थिक परिवर्तनको मेरुदण्ड बन्ने उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “अब हङकङको साडी होइन, आफ्नै देशमा उत्पादन भएको पहिरन प्रयोग गर्नुस् । यसले तपाईंको सौन्दर्य मात्र बढाउँदैन, देशको अर्थतन्त्र पनि मजबुत हुन्छ ।” उहाँले व्युटी पार्लरले मात्रै नभई सिर्जनशील उद्यमहरूले मान्छेलाई सुन्दर देखाउने उल्लेख गर्नुभयो ।

विदेशी वस्तुको अन्धाधुन्द प्रयोगले स्वदेशी उद्योगमा परेको असरप्रति चिन्ता व्यक्त गर्दै उहाँले गार्मेन्ट लगायतका विभिन्न उद्योगहरुमा विदेशी डिजाईन र श्रमिक प्रयोग हुनु आत्मनिर्भरताको विरोधाभास भएको उहाँले टिप्पणी छ ।

महिला उद्यमशीलतालाई आर्थिक समृद्धिको प्रमुख साधनका रूपमा हेर्नुपर्नेमा जोड दिँदै मन्त्री भण्डारीले सरकारबाट महिलामैत्री कार्यक्रमहरू—जस्तै सहुलियतपूर्ण कर्जा, डिजिटल साक्षरता अभियान र ‘मेड इन नेपाल’ अभियान प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।

उहाँले महिला सिर्जनशील केन्द्रद्वारा सञ्चालन हुँदै आएका व्यावसायिक तालिम, सीप विकास कार्यक्रम र व्यावसायिक सहायताको खुलेर प्रशंसा गर्नुभयो । निजी क्षेत्र, सामाजिक संस्था र सरकारी निकायबीचको सहकार्यले उद्यमशील वातावरण सिर्जना गर्न सकिने उहाँको भनाई छ ।
मन्त्री भण्डारीले मेलाजस्ता कार्यक्रमहरूबाट रोजगारी सिर्जना, आत्मनिर्भरता अभिवृद्धि र आयात प्रतिस्थापनमा सहयोग पुग्ने बताउनुभयो । यस्ता अवसरहरूले महिला उद्यमीहरूलाई आफ्ना उत्पादनको प्रवद्र्धन, अनुभव साटासाट र बजार विस्तारको माध्यम बनाउने उहाँको विश्वास छ ।

मेलामा हस्तकला, ढाका कपडा, खाद्य पदार्थ, घरेलु सामग्री, सौन्दर्य प्रसोधनलगायतका विविध उत्पादनको प्रदर्शनी गरिएको छ । महिला उद्यमीहरूबीच नेटवर्किङ, नवप्रवर्तन र व्यापारिक सहकार्यको राम्रो अवसरका रूपमा मेलालाई लिइएको छ ।

स्वदेशी उत्पादनमा मौलिकता, गुणस्तर र ब्रान्डिङको खाँचो औंल्याउँदै मन्त्री भण्डारीले नेपाली उत्पादनप्रति उपभोक्ता विश्वास बढाउनका लागि सरकार सधैं सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । साथै, महिला उद्यमीहरूको उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पु–याउन आवश्यक रणनीति बनाइने समेत उहाँले स्पष्ट पार्नुभयो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति
देश/राष्ट्रिय

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो
society

कञ्चनपुरमा विपद् जोखिम न्यूनीकरण दिवस मनाइयो

अशोज २७, २०८३
सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित
देश/राष्ट्रिय

सहकारी पत्रकारिता पुरस्कारबाट पत्रकार महादेव अवस्थी सम्मानित

अशोज २३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

सञ्चार क्षेत्रको बजेट कटौतीप्रति पत्रकार महासंघ कञ्चनपुरको आपत्ति

अशोज २८, २०८३
भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

भजन साँझमा महाकाली मोडर्नका विद्यार्थीको आकर्षक प्रस्तुति, दर्शक मन्त्रमुग्ध

अशोज २८, २०८३
नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

नेपालबाट मनसुन पूर्ण रूपमा बाहिरियो, सरदरभन्दा १२ दिन ढिलो

अशोज २८, २०८३
एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

एसियन गेम्सका पदक विजेता खेलाडीले पाए सरकारी पुरस्कार

अशोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ स्थगित

अशोज २८, २०८३
प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

प्रधानमन्त्री बालेनद्वारा पलाञ्चोक भगवती मन्दिरमा पूजाआजा

अशोज २८, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व